विराटनगरः विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेसियलिटी हस्पिटलले रसुवा र नुवाकोटका बाढीपीडितहरूको सहयोगका लागि २१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।गत भदौ १० गते रसुवा र नुवाकोट जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि अस्पतालले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा २१ लाख १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।अस्पतालका अध्यक्ष एवं वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराइएको अस्पताल
विराटनगरः एशियाकै दोस्रो ठूलो रथयात्रा भनेर चिनिएको राधाकृष्ण रथयात्रा आज दिउँसो ३ बजे विराटनगरमा निकालिने भएको छ । यो ५९ औँ राधाकृष्ण रथयात्रा हो ।राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे शुरु हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको बताइएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रामा नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत गरी पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ । ठूलो संख्यामा श्रद्धालु सहभागी हुने भएकाले रथयात्रालाई व्यवस्थित बनाउन आयोजक, स्वयंसेवक र सुरक्षा निकाय सक्रिय छन् ।यसपटकको रथयात्रामा डीजे साउन्ड प्रयोग गर्न प्रतिबन्ध लगाइएको
उर्लाबारीः उर्लाबारी–७ स्थित राधाकृष्ण मन्दिरमा सञ्चालित श्रीमद्भागवत विष्णु पुराणको आज पूर्णाहुति हुने भएको छ ।श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा आयोजित पुराणको हिजो साँझको विशेष सत्रमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । नगर प्रमुख खरेलले प्राकृतिक विपत्तिको सामना गर्दै धर्म, संस्कृति र परम्पराको संरक्षणलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराई ‘भरत’ का अनुसार देशको समसामयिक र फरक परिस्थितिलाई ध्यानमा राख्दै यस वर्ष विगतका वर्षभन्दा थप परिष्कृत, मर्यादित र व्यवस्थित रूपमा पुराण आयोजना गरिए
काठमाडौंः सरकारले यस वर्ष मनाउन लागेको २३ औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ ।निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।मन्त्रालयले जारी गरेको पत्रअनुसार रसुवागढीस्थित नेपाल–चीन सीमाक्षेत्रमा आएको भीषण बाढीबाट उत्पन्न विपद्का कारण मुलुक शोकको अवस्थामा रहेको तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरू खोज, उद्धार तथा राहत कार्यमा खटिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम रद्द गरिएको हो ।सरकारले भदौ २२ गते मनाउन लागिएको २३ औँ निजामती सेवा दिवसका लागि वि
त्रिशुलीः भीषण बाढी आउँदै छ भनेर बेलैमा खबर गर्न नसकेकाले ठूलो धनजनको क्षति भइरहेको चर्चा भइरहेका बेला सरकारले रसुवाको टिमुरेमा भिस्याट क्यामरा जडान गरेको छ ।बाढी पूर्वानुमान गर्न राखिएका जलमापन केन्द्रहरूले बाढीको सूचना टिप्न नपाउँदै बगाएपछि त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई समयमै खबर गर्न नसकिएपछि पुनः त्यस्ता विपद्मा सूचना दिन सहज होस् भनेर क्यामरा जडान भएको हो ।भिस्याट क्यामरा जडान गरेपछि भोटेकोशीको नियमित निगरानी सहज भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले सोमबार नै टिमुरेमा भिस्याट क्यामरा जडान गरेर भोटेकोशीको निगरानी शुरु गरेको हो ।भोटेकोशीमा बाढी आए
नवलपरासीः भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएकामध्ये नवलपरासी जिल्लाका विभिन्न स्थानमा फेला परेका तथा भारतमा फेला परेर नवलपरासी ल्याइएका शवसमेत गरी हालसम्म २१२ वटा शव भेटिएको विवरण प्रहरीले सार्वजनिक गरेको छ । जसमध्ये ८ वटाको सनाखत भएर आफन्तले लगेका छन् । जसमध्ये अधिकांश शव ट्याटुबाट पहिचान भएका थिए ।सनाखत हुनेमा गोरखाको पालुङटार नगरपालिका–७ स्याम्ली भन्ज्याङका २८ वर्षीय समी कुमाल रहेका छन् । उनको शव भदौ १२ गते सनाखत भएको हो । परिवारका तर्फबाट उनका दाजु रमेशबहादुर कुमालले सनाखत गरेका थिए ।त्यसैगरी धादिङको गजुरी गाउँपालिका–६ मिलानटारका ३५ वर्षीय प्रकाश ग्यामी मगरको भदौ १४ गते सनाखत भएको छ ।
उदयपुरः बालबालिकासँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा उनीहरूको पहिचान, गोपनीयता, सम्मान र सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । बालअधिकारका सवाललाई समाचारमार्फत उजागर गर्दा पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्दै थप संवेदनशील र जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा सहभागीहरूले जोड दिएका हुन् ।उदयपुरको गाईघाटमा सञ्चालित बाल संवेदनशीलता तथा डिजिटल रिपोर्टिङसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिममा बालबालिकाका अधिकार तथा सवालमा पत्रकारको भूमिका, समाचार लेखनमा अपनाउनुपर्ने संवेदनशीलता र डिजिटल माध्यमबाट समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।तालिमको सम
काठमाडौंः बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनास्थलमा खोजी तथा उद्धार क्रममा ६ जनाको शव फेला परेको छ ।शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ ।आयोजनाको सुरूङमा ३०० जना फसेको आशंका छ । बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत रहेकामा हालसम्म ८७६ जनाको उद्धार गर्न सकिएको जनाइएको छ ।
विराटनगरः दक्षिण एशियाकै दोस्रो ठूलो मानिने विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाइने भएको छ ।पहिलोपटक जीपीएस ट्र्याकिङ प्रणाली प्रयोग गरी रथको वास्तविक अवस्थिति मोबाइलबाटै हेर्न सकिने व्यवस्था मिलाइएको हो । विराटनगरका स्थानीय प्रविधि प्रदायक संस्था ट्र्याकअन जीपीएस र मल्टिप्लेक्स इन्फो सिस्टमको संयुक्त सहकार्यमा रथमा जीपीएस प्रणाली जडान गरिने जनाइएको छ ।सो प्रविधि जडान भएपछि रथयात्राका क्रममा रथको वास्तविक स्थान ‘रियल टाइम’मै पहिचान गर्न सकिनेछ । सर्वसाधारण श्रद्धालु तथा भक्तजनका लागि विशेष ‘लाइभ लोकेसन लिंक’ उपलब्ध गराइनेछ, जसबाट मोबाइल व
बेलबारीः भदौ १० गतेको बाढीमा परेर बेपत्ता भएको मोरङको बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमला र उनका मामा सोमनाथ कट्टेल हालसम्म परिवारको सम्पर्कमा नआएपछि दुवै परिवारले कुशको शव बनाएर अन्त्येष्टी गरेका छन् ।मनसरोवर यात्रीको गाइडको रूपमा पहिले पनि काम गरेका कारण अनोज घरमा बस्नुभन्दा आमाको उपचार खर्च जुट्ने आशाका साथ मामा सोमनाथसँगै मानसरोवर यात्रामा गएका थिए । सोमनाथ मानसरोवर यात्रा गराउने ‘सम्राट टुर एन्ड ट्राभल्स’का म्यानेजर हुन् ।भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि भने दुवै जना बेपत्ता छन् । उनीहरु बेपत्ता भएको दशौं दिन आज शुक्रबार कुशको शव बनाएर अनोजको अन्त्येष्टि गरिएको छ ।म