कैलालीः दार्चुलाको अपिहिमाल गाउँपालिका भट्टार क्षेत्रमा पहिरोले चौलानी नदी थुनेपछि बस्ती उच्च जोखिममा परेपछि १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदीमा बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा नजान र सतर्क रहन सार्वजनिक सूचना जारी गरेको हो ।पहिरोका कारण सडक तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहावसमेत प्रभावित भएको छ । पहिरोपछि नदी केहीबेर थुनिएको र अहिले खुलेको बताइएको छ ।१० परिवारलाई आफन्तको घरमा सारिएको छ । आवश्यक टेण्टलगायतका सामाग्री उपलब्ध गराइएको । पर्यटकीय पदमार्गमा ठूलो क्षति पुगेको छ । प
इटहरी । बाढी आएको ९ दिनपछि जीवितै उद्धार गरिएको घटनालाई विश्वका चर्चित मिडियाहरूले प्राथमिकताका साथ समाचार बनाएका छन् ।नेपालमा आएको विनाशकारी बाढीपछि त्रिशुली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट ९ दिनसम्म थुनिएका दुई व्यक्तिलाई उद्दार गरिएको छ ।उद्धार गरिएका व्यक्ति ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबिर महर्जन रहेका छन् । सप्तरीका साह त्रिशूली ३ ए एच.ई.पीमा फोरम्यान (मेकानिकल)का रूपमा कार्यरत थिए । महर्जन सोही हाइड्रोपावरमा अटोमेसन प्रोजेक्टमा कार्यरत मेकानिकल सुपरभाइजर हुन् ।यो घटनालाई अमेरिकी समाचार संस्था सीएनएन, एसोसिएटेड प्रेस (एपी), न्युयोर्क टाइम्स, बेलायती प्रसारण संस्था बीबीसी तथा र
कैलालीः दार्चुलाको अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा गएको पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ ।प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार नदीको बहाव आंशिक थुनिएकाले नदी किनारका बस्तीका नागरिकलाई सतर्क गराउन थालिएको छ ।अपिहिमाल, मार्मा, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाका तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित प्रहरी निकायलाई जानकारी गराइएको तथा डडेलधुरा र बैतडीका तटीय क्षेत्रका बासिन्दालाई समेत खबर गरिएको जनाइएको छ ।जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो खस्ने क्
खाँदबारीः सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुक प्रहारबाट कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार राईमाथि हिजो साँझ ७ बजे खाना खाएर चुठ्ने क्रममा बाहिर बाहिर निस्किँदा भरुवा बन्दुकबाट गोली प्रहार भएको थियो ।घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा पर्ने र घटनाबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।गोली शिक्षक राईको देब्रे कोखामा लागेको थियो ।घटनामा संलग्न भएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंः त्रिशुली ३ ‘ए’ को सुरुङभित्र एकजना मृत अवस्थामा भेटिएका छन् ।उद्धार टोलीले केही बेरअघि एकजनाको शव बाहिर निकालेको छ ।ती व्यक्तिको पहिचान भने हुन बाँकी छ ।यसअघि आज बिहान त्यहाँबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो ।
काठमाडौंः त्रिशुली थ्री एको सुरुङबाट अर्का एक व्यक्तिको पनि जीवितै उद्धार गरिएको छ ।कवीर महर्जनलाई उद्धार गरिएको हो । यसअघि आजै सञ्जय साहको उद्धार गरिएको थियो ।ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रुपमा कार्यरत रहेका थिए ।
काठमाडौंः बाढीले सुरुङ पुरिएको दशौं दिनका दिन त्रिशुली–३ ‘ए’ आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ । रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साहलाई जीवितै उद्धार गरिएको हो ।न्यौपानेका अनुसार सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि जीवितै रहेको सङ्केत मिलेकाले उनीहरूको खोजी तथा उद्धारका लागि उद्धार टोलीले काम जारी राखेको छ ।यसअघि न्यौपानेले सुरुङभित्र रहेका व्यक्तिहरूसँग उद्धार टोलीको संवाद भएको जानकारी दिँदै फेसबुकमा स्टाटस राखेपछि जीवितै उद्धार हुने आशा बेपत्ता परिवारका सदस्यमा परेको थियो ।
बिर्तामोडः नेटवर्किङ व्यवसायका नाममा सर्वसाधारणलाई ठगी गरेको आरोपमा ग्लोबल ओरियन्ससँग आबद्ध तीन जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । तीमध्ये दुई जना पक्राउ परेका छन् ।बिर्तामोड–५ बुद्धनगरस्थित ग्लोबल ओरियन्सको कार्यालयका शाखा प्रमुख पिताम्बर कट्टेल, अर्जुनधारा मल्टी पर्पोजका सञ्चालक सुजन लिम्बू र सुशील थापाविरुद्ध जाहेरी परेको हो । तीमध्ये इलाम निवासी कट्टेल र लिम्बू पक्राउ परिसकेका छन् भने थापा फरार रहेको प्रहरीले जनाएको छ ।कट्टेल र लिम्बूलाई प्रहरीले बिहीबार अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । उनीहरूमाथि अवैध रूपमा स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी बिक्री–वितरण र सर्
काठमाडौंः सुरुङविद् एवम् सांसद श्रीराम न्यौपानेले त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आएको बताएका छन् । खोज तथा उद्धार कार्यमा संलग्न सेनाले भित्रबाट मानिसको आवाज आएको जानकारी दिएको हो ।नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको उनले बताए । सुरुङ भित्र केही मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन् ।उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ, उनले लेखेका छन्।अब आफू पैदलयात्रा गरी विदुरसम्म जनसंवाद गर्दै पुग्ने र त्यसपछि गाड
लेटाङः भदौ ६ गतेदेखि सम्पर्कविहीन भएका लेटाङ नगरपालिका–९ जाँतेका प्रशान्त खड्का सकुशल घर फर्किएका छन् । उनलाई धरानमा फेला पारेपछि आफन्त र छरछिमेकीले घर फर्काएका थिए ।प्रशान्त सकुशल घर फर्किएको खुशीमा साहित्य कला संगम लेटाङका अध्यक्ष गणेश दवाडीले कवितामार्फत् आफ्नो खुशी यसरी व्यक्त गर्नुभएको छ ।सबै प्रिय जनहरू प्रशान्त घर आएआफन्त र छिमेकीले खुसीको गीत गाएखोजी कार्य गर्न खातिर दिनुभो समयहार्दिक हार्दिक धन्यवाद सबैको होस् जय ।।खोज कार्यमा व्यक्तिपिच्छे फरक शैली थियोव्यापक प्रचार भएपछि मूर्त रुप लियोयही कारण सकुशल प्रशान्त घर आएआमाबुबा, आफन्तले सास फेर्न पाए ।।सुरक्षाका निकायले दिए खुबै चासोआभारी