समाचार

    Showing १११-१२० of ४९० items.
  • बालबालिकाका मुद्दा १२० दिनभित्रै टुंग्याउन सर्वोच्चका परमादेश

    काठमाडौं । सर्वोच्च अदालतले बालबालिकाका मुद्दा कानुनअनुसार १२० दिनभित्रै किनारा लगाउन परमादेशको आदेश जारी गरेको छ । बालवालिकाको मुद्दा छिन्न नसक्दा पुर्पक्षमा लागि अनावश्यक रूपमा बाल सुधारगृहमा राख्न थालिएपछि निश्चित समयभित्र मुद्दा टुंगाउन जिल्ला अदालतका नाममा सर्वोच्चले आदेश जारी गरेको हो ।न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बन्दी प्रत्यक्षीकरणसम्बन्धी परेको रिट निवेदनको व्याख्या गर्दै त्यस्तो फैसल गरेको हो । मुद्दा पुर्पक्षका लागि बालसुधार गृह भक्तपुरमा राखिएका १७ वर्षीय बालकसँग सम्बन्धित मुद्दाको फैसला गर्दै सर्वोच्चले यस्तो आदेश

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ३६ पटक पढिएको
  • आज राष्ट्रिय बाल दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदै

    काठमाडौं ।  आज (शुक्रबार) राष्ट्रिय बाल दिवस बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो ।त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।बालबालिकाको हक, हित र बाल अधिकारको शंरक्षण तथा सम्बर्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धीका प्रावधान, राष्ट्रिय एबं अन्तर्राष्ट्रिय प्रतिबध्दता र नेपालको संबिधान र कानूनले प्रत्याभुत गरेका बालबालिकाको हक हितको कार्यान

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • २३ पटक पढिएको
  • झापामा डेंगुका कारण थप एक जनाको मृत्यु

    झापा । झापामा डेंगुका कारण थप एक जनाको मृत्यु भएको छ ।बिर्तामोड नगरपालिका–५ मा डेंगु सङ्क्रमणबाट एक जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।बहालमा बस्ने भारत घर भएकी करिब ३५ वर्षीया महिलाको डेंगुको सङ्क्रमणबाट मृत्यु भएको हो ।डेंगु सङ्क्रमण भएको पुष्टि भएपछि उपचारका लागि भारतको सिलगढी लैजाँदै गर्दा उनको मृत्यु भएको बताइएको छ । यससँगै बिर्तामोडमा डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जनाइएको छ ।झापामा डेंगुका झापामा ६ जनाको मृत्यु भइसकेको छ ।

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ५५ पटक पढिएको
  • कोटेश्वरको सडकमा फोहोर फाल्ने १६ जना पक्राउ, ७२ हजार जरिवाना

    काठमाडौँ । महानगरपालिकाले सडकमा पजथाभावी फोहोर फाल्ने कार्यमा संलग्न १६ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान कोटेश्वरमा फोहोर फ्याक्न पुगेका १६ जनालाई महानगर प्रहरी बलको टोलीले फोहोरसहित नियन्त्रणमा लिएको हो । फोहोर फाल्ने कार्यमा संलग्न १६ जनालाई प्रहरीले जरिवाना गराएर छोडेको छ । उनीहरुलाई जम्मा ७२ हजार रुपैयाँ जरिवाना गराइएको महानगर प्रहरी बलको जनाएको छ । फोहोमैला संकलन गर्ने गाडी प्रत्येक दिन बिहान ६ बजेपछि घरघरमा पुग्ने भएपनि बाटोमै फोहोर फालिनु गलत भएको भन्दै महानगरले कानुन पालना गर्दै सहर स्वस्थ राख्न आग्रह गरेको छ ।

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ३३ पटक पढिएको
  • स्थानीय तहमा अस्पताल खोल्न सहुलियत कर्जा

    काठमाडौँ । अब स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैंक तथा वित्तीय संस्थाले २० करोड रुपियाँसम्म सहुलियत कर्जा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्न २० करोडसम्म कर्जा दिन पाउने व्यवस्था गरिएको हो ।राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आधार दरमा बढीमा दुई प्रतिशतसम्म मात्र प्रिमियम थप गरी २० करोड रुपियाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था रहेको छ ।विकास पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा अस्पताल बनाउन कर्जा लगा

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • २८ पटक पढिएको
  • झापामा लागुऔषसहित एक युवक पक्राउ

    काठमाडौँ । झापामा प्रतिबन्धित लागुऔषसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बाह्रदशी गाउँपालिका ४ बाट मंगलबार राति २६ वर्षीय सलमान आलम पक्राउ परेका हुन् ।उनलाई प्रतिबन्धित लागुऔषध ७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ३१ पटक पढिएको
  • एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

    एजेन्सी । एप्पलले आफ्नो नयाँ आईफोनमा लाइटनिङ चार्जिङ पोर्टको सट्टा सी–टाइप चार्जिङ पोर्ट भएको पुष्टि गरेको छ । युरोपेली सङ्घको दबाबमा कम्पनीले यो कदम चालेको हो ।अहिलेसम्म, आईफोनमा अन्य फोनभन्दा छुट्टै लाइट चार्जिङ पोर्ट थियो, जुन आईफोनको पहिचान पनि थियो । तर अब एप्पलले यसलाई परिवर्तन गर्ने निर्णय गरेको छ ।मङ्गलवार आफ्नो वार्षिक लन्च कार्यक्रममा, कम्पनीले अब ‘विश्वव्यापी रूपमा स्वीकृत मानक’ युएसबी–सी केबल नै प्रयोग गरिने बताएको छ ।मङ्गलवार एप्पलले आफ्नो नयाँ सिरिजको घडी पनि सार्वजनिक गरेको छ । यसमा पहिले भन्दा धेरै उन्नत चिप हुनेछ ।यद्यपि, विश्लेषकहरू विश्वास गर्छन् कि एप्पलले यो वर्ष ल्या

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ४७ पटक पढिएको
  • बिहिबार सार्वजनिक बिदा

    काठमाडौँ । नेपाल सरकारले भदौ २८ गते बिहिबार देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । सरकारले संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि हुने दिने बिहिबारलाई  देशभर सार्वजनिक बिदा दिएको हो। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने र अन्त्यष्टि गर्ने दिन विदा दिने निर्णय गरेको थियो । नेम्वाङको  मंगलबार बिहान निधन भएको हो। श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर आज बुधबार दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिने छ । त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि उनको पार्थि

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • २५ पटक पढिएको
  • काठमाडौँ र रौतहटमा करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौँ । काठमाडौँ र रौतहटमा करेन्ट लगेर दुई जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका ३१ शान्तिनगरमा खाजा घर सञ्चालन गरी बस्ने भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बर काजी राईको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ ।खाजा घरभित्र लत्रिएको विद्युत्को तार हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।यस्तै, रौतहटको परोहा नगरपालिका ६ भेडियाही टोल बस्ने ४० वर्षीया सुनिता पटेलको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छतमा विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको परोहा अस्पतालमा उपचारको

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • ४१ पटक पढिएको
  • नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

    काठमाडौं । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । ।नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो ।सापकोटा बिहान ८ः ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छ

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • ३० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.