समाचार

    Showing १२१-१३० of ६,००६ items.
  • त्रिशुली थ्री एको सुरुङबाट अर्का व्यक्तिको पनि दशौं दिनमा भयो जीवितै उद्धार

    काठमाडौंः त्रिशुली थ्री एको सुरुङबाट अर्का एक व्यक्तिको पनि जीवितै उद्धार गरिएको छ ।कवीर महर्जनलाई उद्धार गरिएको हो । यसअघि आजै सञ्जय साहको उद्धार गरिएको थियो ।ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रुपमा कार्यरत रहेका थिए ।

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ११३ पटक पढिएको
  • दशौं दिनको दिन बाढीले थुनिएको त्रिशुलीको सुरुङबाट एक जना जीवितै फेला, सेनाले गर्याे उद्धार

    काठमाडौंः बाढीले सुरुङ पुरिएको दशौं दिनका दिन त्रिशुली–३ ‘ए’ आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ । रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साहलाई जीवितै उद्धार गरिएको हो ।न्यौपानेका अनुसार सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि जीवितै रहेको सङ्केत मिलेकाले उनीहरूको खोजी तथा उद्धारका लागि उद्धार टोलीले काम जारी राखेको छ ।यसअघि न्यौपानेले सुरुङभित्र रहेका व्यक्तिहरूसँग उद्धार टोलीको संवाद भएको जानकारी दिँदै फेसबुकमा स्टाटस राखेपछि जीवितै उद्धार हुने आशा बेपत्ता परिवारका सदस्यमा परेको थियो ।

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ९६ पटक पढिएको
  • ग्लोबल ओरियन्सका तीन जनाविरुद्ध जाहेरी, दुई जना पक्राउ

    बिर्तामोडः नेटवर्किङ व्यवसायका नाममा सर्वसाधारणलाई ठगी गरेको आरोपमा ग्लोबल ओरियन्ससँग आबद्ध तीन जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । तीमध्ये दुई जना पक्राउ परेका छन् ।बिर्तामोड–५ बुद्धनगरस्थित ग्लोबल ओरियन्सको कार्यालयका शाखा प्रमुख पिताम्बर कट्टेल, अर्जुनधारा मल्टी पर्पोजका सञ्चालक सुजन लिम्बू र सुशील थापाविरुद्ध जाहेरी परेको हो । तीमध्ये इलाम निवासी कट्टेल र लिम्बू पक्राउ परिसकेका छन् भने थापा फरार रहेको प्रहरीले जनाएको छ ।कट्टेल र लिम्बूलाई प्रहरीले बिहीबार अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । उनीहरूमाथि अवैध रूपमा स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी बिक्री–वितरण र सर्

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ८९ पटक पढिएको
  • त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आएको सांसद श्रीराम न्यौपानेको भनाइ

    काठमाडौंः सुरुङविद् एवम् सांसद श्रीराम न्यौपानेले त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आएको बताएका छन् । खोज तथा उद्धार कार्यमा संलग्न सेनाले भित्रबाट मानिसको आवाज आएको जानकारी दिएको हो ।नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको उनले बताए । सुरुङ भित्र केही मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन् ।उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ, उनले लेखेका छन्।अब आफू पैदलयात्रा गरी विदुरसम्म जनसंवाद गर्दै पुग्ने र त्यसपछि गाड

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ८५ पटक पढिएको
  • सम्पर्कविहीन भएका प्रशान्त खड्का घर फर्किएपछि गाउँमा खुशीयाली, दवाडीले लेखे यस्तो कविता

    लेटाङः भदौ ६ गतेदेखि सम्पर्कविहीन भएका लेटाङ नगरपालिका–९ जाँतेका प्रशान्त खड्का सकुशल घर फर्किएका छन् । उनलाई धरानमा फेला पारेपछि आफन्त र छरछिमेकीले घर फर्काएका थिए ।प्रशान्त सकुशल घर फर्किएको खुशीमा साहित्य कला संगम लेटाङका अध्यक्ष गणेश दवाडीले कवितामार्फत् आफ्नो खुशी यसरी व्यक्त गर्नुभएको छ ।सबै प्रिय जनहरू प्रशान्त घर आएआफन्त र छिमेकीले खुसीको गीत गाएखोजी कार्य गर्न खातिर दिनुभो समयहार्दिक हार्दिक धन्यवाद सबैको होस् जय ।।खोज कार्यमा व्यक्तिपिच्छे फरक शैली थियोव्यापक प्रचार भएपछि मूर्त रुप लियोयही कारण सकुशल प्रशान्त घर आएआमाबुबा, आफन्तले सास फेर्न पाए ।।सुरक्षाका निकायले दिए खुबै चासोआभारी

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ८४ पटक पढिएको
  • इटहरी जेसीजले बाढीपीडितलाई पठायो करिब १२ लाख रुपैयाँ बराबरको राहत सामग्री

    इटहरीः नेपाल जेसीजको आह्वानमा इटहरी जेसीजले केही दिनदेखि सङ्कलन गर्दै आएको करिब १२ लाख रुपैयाँ बराबरको राहत सामग्री रसुवा बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि पठाएको छ ।सङ्कलन गरिएको खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री सम्बन्धित पीडितसम्म पुर्याउने उद्देश्यले पठाइएको इटहरी जेसीजले जनाएको छ । राहत सामग्री सङ्कलन अभियानमा विराटनगर जेसीज, दुहबी जेसीज, बिटिएम डान्स सेन्टर, द व्यायामशाला, डाइनामिक बेबी सपलगायत दर्जनौँ संघसंस्था तथा व्यक्तिहरूले स्वतःस्फूर्त रूपमा सहयोग गरेका थिए ।इटहरी जेसीजले सहयोग गर्ने सम्पूर्ण मनकारी व्यक्ति, संघसंस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै सङ्कलित राहत

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ९९ पटक पढिएको
  • भोटेकोशी बाढीका मृतकको सम्झनामा वराहक्षेत्रमा १०८ दीप प्रज्वलन

    वराहक्षेत्रः भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको चीर शान्तिको कामना गर्दै कोकाहा (कोका) र सप्तकोशी नदीको पवित्र संगमस्थलमा १०८ दीप प्रज्वलन गरिएको छ ।दीप प्रज्वलनपश्चात् एक जोडी सेता परेवा आकाशमा उडाएर दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । सामाजिक अभियन्ता नेत्रप्रसाद चौलागाईँको नेतृत्व तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुन्दरहरैंचाका उपसभापति उज्ज्वल बन्जरासहित १० जना युवाको टोलीले यो श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो ।मृतकको सम्झनामा भएको मौनधारणपछि युवाहरूले आकाशमा परेवा उडाएका थिए ।

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • २११ पटक पढिएको
  • आज कृष्णाष्टमी

    विराटचोकः आज हिन्दू धर्मावलम्बीले भगवान् श्रीकृष्णको जन्मदिन कृष्णाष्टमी धुमधामका साथ मनाउँदैछन् । पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा वर्णित छ ।भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । भक्तजनहरूले भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई आजसम्म स्मरण गरिरहेका छन् ।आज देशभरका कृष्ण मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गर्दछ ।

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १३६ पटक पढिएको
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय

    काठमाडौंः आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुासर यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय–१. एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने ।२. रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यपार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यवसाय पुनस्र्थापन योजना अन्तर्गत राहत, कर तथा मह

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • १०४ पटक पढिएको
  • भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाइने, देशभर सार्वजनिक बिदा

    काठमाडौंः सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा आगामी भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा ज्यान गुमाएका युवाहरूको योगदान र बलिदानको स्मरण गर्दै भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको हो ।बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ११५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल