समाचार

    Showing १२१-१३० of ४९० items.
  • संघीय निजामती विधेयक फेरि सच्याउने तयारी

    काठमाडौं । सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरे पनि केही विषय नमिलेको भन्दै फेरि सच्याइरहेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हतार हतारमा सो विधेयक संघीय संसद्मा पठाउने निर्णय गरेको थियो । तर, विधेयक संसद्मा पठाउने निर्णय भएको चार दिनसम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो विधेयक संसद्मा दर्ता गराउन सकेको छैन ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले विधेयकमा रातारात सच्याउने काम भइरहेको जानकारी दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले  भने– ‘केही महत्वपूर्ण विषयमा राजनीतिक तहमा सहमति ज

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • २७ पटक पढिएको
  • ललिता निवास प्रकरणमा अदालतले सबैलाई किन छाड्यो धरौटीमा ?

    काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले आरोपितलाई थुनामा राख्न नपर्नुको आधार र कारण देखाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालयले मुलुकी ऐन, २०२० किर्ते कागजको १ र २ को कसुरमा उनीहरूविरुद्ध मुद्दा चलाएको थियो । किर्तेको आरोप प्रमणित हुँदा उनीहरूमाथि बढीमा एक वर्षको सजाय हुन्थ्यो भने सरकारी कर्मचारीलाई अधिकतम दुई वर्षसम्म सजाय गर्न मिल्छ ।न्यायाधीश ढकालको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार आरोपितलाई थुनामा राख्न नपर्ने आदेश दियो । सो दफामा ‘तीन वर्षभन्दा बढी कैद सजाय हुने’ अनुस

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • ५८ पटक पढिएको
  • पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड बढी भेटी संकलन

    ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ। आर्थिक वर्ष २०७९–८० मा तीन करोड १९ लाख १६ हजार आठ सय रुपैयाँ भेटी संकलन भएको हो।नोट पैसा दुई करोड ८५ लाख ६२ हजार चार सय ९८ रुपैयाँ, सिक्का सटहीबाट आठ लाख १५ हजार छ सय रुपैयाँ, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार चार सय तीन रुपैयाँ र भेटीवापतको भारु १० लाख ८४ हजार तीन सय रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।अघिल्लो आर्थिक वर्षमा दुई करोड १४ लाख रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • ५८ पटक पढिएको
  • नागरिक समाज इटहरीले कर वृद्धि विरुद्ध दबाबमूलक कार्यक्रम गर्ने

    इटहरी । नागरिक समाज इटहरीले इटहरी उपमहानगरपालिकाले वृद्धि गरेको करको विरुद्धमा दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।मङ्गलवार नागरिक समाज इटहरीले  पत्रकार सम्मेलन मार्फत  कर वृद्धि विरुद्धका दबाबमूलक कार्यक्रमहरू भाद्र २० गते देखि चरणबद्ध रूपमा २४ गते सम्म  गर्ने   घोषणा गरेको हो । २० गते जनप्रतिनिधिहरूलाई कर वृद्धि दर घटाउने एसएमएस पठाउने, २१ गते सामाजिक सञ्जालबाट कर वृद्धिको विरोध पोस्ट गरी सेयर गर्ने, २२ गते इटहरी उपमहानगरपालिकामा मौन धर्ना दिने , २३ गते सरोकारवालाहरूसँग छलफल तथा बृहत् भेला गर्ने र २४ गते नो ट्याक्स घोषणा गर्ने कार्यक्रम तय गरेको छ ।

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • ४७ पटक पढिएको
  • आज प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौँ ।  आज प्रतिनिधिसभा बैठक बस्दै छ ।  दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ । संसद् सचिव

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • ५८ पटक पढिएको
  • आज राति कोशीलगायत यी चार प्रदेशमा भारी वर्षाको सम्भावन

    काठमाडौं । आज  देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।राति भने कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको सम्भावना समेत रहेको छ।

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • ५१ पटक पढिएको
  • पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक

    काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ।  आज (बुधबार) बिहान समाजिक सञ्जाल मार्फत उनले आफ्नो बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएको जानकारी दिएका हुन् । मन्त्री किराँतीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए। उनले लेखेका छन् ‘भखरै बुवाले धोका दिनुभयो १ आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो १ उप्रान्त बुबा आमा त रहनु भएन रह्र्यो त केवल  खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छाती भित्र । आज बाट हामी पूर्ण रूपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आ

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • १०८ पटक पढिएको
  • आज प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने, बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने लगायत सम्भावित कार्यसूची रहेको  छ । 

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • ३१ पटक पढिएको
  • श्रीमतिको हत्या गरेको आरोपमा इटहरीका दीपेन पक्राउ

    इटहरी । श्रीमतिको हत्या गरेको आरोपमा इटहरी –४ का ३९ बर्षीय दीपेन लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमति ३५ वर्षीया सीता लिम्बुलाई घरायसी विवादका क्रममा कुटपिट गरी हत्या गरेको माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा दीपेनलाई प्रहरीले पक्राउ गरेको हो ।  साउन ३२ गते इटहरी –४ स्थित टेंग्रा खोला किनारमा एक महिलाको शव फेला परेकोमा मृतक लिम्बुको माइती पक्षले ३९ वर्षीय पति दीपेनले  हत्या गरेको किटानी जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय इटहरीमा मृतक सीताका भाई २७ वर्षीय धनबहादुर लिम्बुले दिदीलाई सिताका पति दीपेन लिम्बूले हत्या गरेको किटानी जाहेरी दिएकाले सोही आधारमा

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • ६२ पटक पढिएको
  • कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    कास्की । कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी  लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।मोटरसाइकल रुपा गाउँपालिका–६ निगालझाँप्रास्थित भित्रीसडकबाट अन्दाजी ८०–९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खस्न पुगेको बताइन्छ ।दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोली

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • ५९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.