इटहरीः नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा मात्रिकाप्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । नेतृत्वका लागि भएको सहमतिअनुसार दुवै जनाले आलोपालो युनियनको नेतृत्व गर्ने हुनुभएको हो ।सहमतिअनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले र त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरेले नेतृत्व सम्हाल्ने हुनुभएको हो ।अधिवेशनबाट खुला उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी, समावेशी उपाध्यक्षमा वीरेन्द्र साह तथा सचिवमा संगम विष्ट चयन हुनुभएको छ ।समावेशी सहसचिवमा अजमल अन्सारी, महिला सहसचिवमा ज्योति पोखरेल र कोषाध्यक्षमा नशिम अन्सारी चयन हुनुभएको छ ।सदस्यहरूमा दीपक पुरी,
भोजपुरः भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गेधारा जडान, विश्रामस्थल, घेराबारा तथा अन्य आवश्यक संरचना निर्माण गरिएको हो ।खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सप्तधारा मुहान संरक्षण तथा मर्मतसम्भार योजनाअन्तर्गत १९ लाखको लागतमा संरक्षणको काम सम्पन्न गरिएको कार्यालय प्रमुख आशुतोषकुमार ठाकुरले जानकारी दिनुभयो ।उहाँका अनुसार मुहान संरक्षणका लागि पारदर्शी छानो निर्माण, हस्तकलाबाट निर्मित ढुङ्गेधारा जडान, धाराको भित्तामा ग्रेनाइट लगाउने, विश्रामस्थल निर्माण
इनरुवाः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको स्थलगत निरीक्षण गर्दै बाढी नियन्त्रण, नदी व्यवस्थापन र सिँचाइ विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।स्थलगत निरीक्षणपछि स्थानीयवासी तथा जनप्रतिनिधिसँग भएको छलफलमा मन्त्री श्रेष्ठले सुनसरी खोलाबाट हुने बाढीको जोखिम न्यूनीकरणसँगै सिँचाइ विस्तारका लागि तत्काल गर्न सकिने कामको पहिचान गरी कार्यान्वयन अघि बढाउन निर्देशन दिनुभयो । रणनीतिक महत्व बोकेको भोक्राहा सबस्टेशनसमेत जोखिम रहेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनबाट तत्काल क्षति न्यूनीकरणका उपाय पहिचान
इनरुवाः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाइने बताउनुभएको छ ।शुक्रबार इनरुवास्थित चार सय केभी भोक्राहा सबस्टेसनको निरीक्षण गर्दै उहाँले विद्युत् उत्पादनसँगै आन्तरिक खपत कसरी वृद्धि गर्ने भन्ने विषयमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।इनरुवालाई विद्युत ‘हब’का रूपमा विकास गर्न सकिने उल्लेख गर्दै मन्त्री श्रेष्ठले पूर्वी क्षेत्रमा देखिएका विद्युत् समस्या समाधान तथा प्रसारण प्रणालीमा सुधार गरिने र विद्युत् निर्यातसँगै देशभित्रै खपत बढाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज
काठमाडौंः आठौँ संस्करणको कथा प्रतियोगिताका लागि बाह्रखरी मिडियाले पत्रकार सम्मेलन गर्दै कथा आह्वान गरेको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले असोज ३ गतेभित्रमा कथा पठाइसक्नुपर्ने बताइएको छ ।बाह्रखरी मिडियाले आयोजना गर्ने ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता’ नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको प्रतियोगिता हो । प्रतियोगिताको नतिजा २०८३ मंसिरमा सार्वजनिक हुने जनाइएको छ ।प्रतियोगितामा पहिलो हुनेले दुई लाख रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ६० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यसबाहेक उत्कृष्ट २५ भित्र पर्ने बाँकी २२ जना कथाकारले जनही सात हजार रु
इटहरी - श्रम संस्कृति पार्टीले ‘नमुना विकास, नमुना टोल विकास’ अभियानअन्तर्गत आज इटहरी उपमहानगरपालिका–३ मा नमुना टोल विकास कमिटी गठन गरेको छ।आजको कमिटी गठनसँगै इटहरी–३ मा मात्रै श्रम संस्कृति पार्टीका नौ वटा टोल विकास कमिटी गठन भएका छन्। आज गठन गरिएको नमुना टोल कमिटी अर्जुन विश्वकर्माको संयोजकत्वमा पन्ध्र सदस्यीय रहेको छ।पार्टीले टोलस्तरबाटै विकास, श्रम र सामाजिक अभियानलाई अघि बढाउने उद्देश्यले ‘नमुना विकास, नमुना टोल विकास’ अभियान सञ्चालन गर्दै आएको जनाएको छ। कमिटी गठनसँगै इटहरी–३ मा पार्टीको स्थानीय संगठन विस्तार थप मजबुत बनेको बताइएको छ।कार्यक्रममा श्रम संस्कृतिलाई प्राथमिकता दिँदै सहभ
विराटनगरः कोशी प्रदेश सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद निरन राईले प्रदेशको आर्थिक समृद्धिका लागि गाँजा खेतीलाई वैधानिक बनाउनुपर्ने माग गर्नुभएको छ ।‘कस्तुरीले आफ्नो बास्नाको खोजीमा टाढाटाढा दौडिन्छ तर आफैँभित्रको सुगन्ध थाहा पाउँदैन’, सांसद राईले भन्नुभयो, ‘कोशी प्रदेशलाई समृद्ध बनाउन यहाँको माटो र हावापानी सुहाउँदो गाँजा खेतीलाई कानुन बनाएर खुला गरिनुपर्छ ।’वि. सं. २०३३ सालभन्दा अगाडि नेपालमा गाँजा खेती वैधानिक रहेको र त्यसबाट ठूलो राजस्व सङ्कलन हुने गरेको तथ्य स्मरण गराउनुभयो । सांसद राईले पश्चिमा देशका मानिस नेपालमा गाँजा सेवनका लागि आएर यतै बसेर खर्च गर्न थालेपछि पश्चिमा मुलुकको अनु
काठमाडाैँ। मध्य जापानको सिजुओका प्रान्तमा शुक्रबार बिहान निर्माणाधीन जहाजमा आगलागी भएपछि एक जनाको मृत्यु हुनुका साथै कम्तीमा ९ जनालाई अस्पतालमा भर्ना गरिएको स्थानीय मिडियाले जनाएका छन्।सरकारी मिडिया एनएचकेका अनुसार कामदारहरूले मुरेड जहाजमा अपरेसन गरिरहेको अवस्थामा आगलागी भएको हो सिजुओका सहरको जहाज निर्माण कम्पनीका एक कर्मचारीले आपतकालीन सेवाहरूलाई टेलिफोनमार्फत घटनाको जानकारी गराएको जनाइएको छ।प्रहरी र अग्नि अधिकारीहरूलाई उद्धृत गर्दै जारी गरीएको प्रतिवेदनमा एकजना कामदारको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा ९ जनालाई धुवाँको प्रभावलगायतका अन्य लक्षणहरू देखापरेपछि अस्पताल लगिएको जना
दमकः काँकरभिट्टा–लौकही सडक आयोजना पूर्वी खण्डका अनुसार रतुवा नदीमा निर्माण भइरहेको शैलीको आर्क पुल झापाका निन्दा, बिरिङ र कनकाई नदीमा पनि निर्माण हुने भएको छ ।एशियन हाइवेको काँकरभिट्टा–लौकही सडक आयोजनाअन्तर्गत चौथो प्याकेजमा पर्ने ३०० मिटरभन्दा लामा तीनवटा पुल निर्माणको ठेक्का कोभेक–क्रेजसी–टुन्डी जेभीले पाएको छ । तीनवटै नदीमा पुल निर्माणका लागि स्टिल संरचनाको काम शुरु भएको छ ।तीनवटै पुल निर्माणका लागि ५ अर्ब ९७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाका अनुसार तीन पुलको समग्र भौतिक प्रगति ३१ प्रतिशत पुगेको छ ।काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा सडकसँगै ठूला नदी
रामपुरः गाउँको विकास, रोजगारी, अनुदानदेखि विभिन्न कामको प्रलोभन देखाएर सङ्कलन गरिएका नागरिकताको प्रतिलिपि दुरुपयोग गरी उनीहरूकै नाममा ई–सेवा तथा बैंक खाता खोली करोडौँ रुपैयाँको कारोबार भएको घटना सार्वजनिक भएको छ ।बेलका नगरपालिका वडा नम्बर ३ र ४ का स्थानीयको नागरिकता दुरुपयोग गरी ठूलो रकमको कारोबार गरेको आरोपमा प्रहरीले बेलका–४ का रितेश खत्री र उनका बुवा प्रकाश खत्रीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।नेपाल प्रहरीको साइबर ब्युरो तथा वैदेशिक रोजगार विभागबाट अवैध कारोबारसम्बन्धी विषयमा स्थानीय केही व्यक्तिलाई बोलाइएपछि मात्रै कतिपय स्थानीयले आफ्नो नागरिकता दुरुपयोग भएको थाहा पाएका थिए ।रितेश ख