इटहरी । आज साउन महिनाको अन्तिम सोमबार । आज देशभरका शिवालयमा श्रद्धालुको भीड लागेको छ ।शिवको प्रिय महिना मानिने साउन महिनाको सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ ।बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ ।सोमप्रदोष व्रतको संयोगयसपटकको साउनको अन्तिम सोमबार सोमप्रदोष व्रतको संयोग परेको छ । सोमबारको दिन त्रयोदशी तिथि परेमा सोमप्रदोष भनिन्छ । ‘प्रदोष’ भनेको सामान्यतः सूर्यास्तअघि वा पछिको विशेष
गछियाः ३२ औँ विश्व आदिवासी दिवस विभिन्न जातजातिका मौलिक झाँकी, र्याली तथा सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा मोरङको सुन्दरहरैंचामा मनाइएको छ ।हिजो नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाको आयोजनामा सुन्दरहरैंचा नगरपालिका–७ स्थित गछिया खेलमैदानमा आयोजित कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता महासंघको सुन्दरहरैंचा अध्यक्ष सुमन याख्खाले गर्नुभएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणसँगै अधिकार सुनिश्चित गर्न राज्यका सबै तहबाट आवश्यक पहल हुनुपर्नेमा
इटहरीः इन्ट्याक्ट क्लब अफ विश्व आदर्शले शैक्षिक वर्ष २०२६\२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ । क्लबको सातौँ पदस्थापन तथा शपथग्रहण समारोहमार्फत् सिद्धान्त निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।विश्व आदर्श एकेडेमीमा आयोजित कार्यक्रममा क्षेत्र–१ का क्षेत्रीय इन्ट्याक्ट प्रतिनिधि मिङ्साङ लिम्बू प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सिद्धान्त निरौलासहित सम्पूर्ण पदाधिकारी तथा नयाँ सदस्यहरूलाई शपथ ग्रहण गराइएको थियो ।सो कार्यसमितिमा आगामी अध्यक्ष साइमा कार्की, उपाध्यक्ष दीक्षित सुवेदी, सचिव आरोशी राई, सहसचिव मनषी घिमिरे, कोषाध्यक्ष समृद्धि दुलाल, क्लब सेवा
बेलबारीः हिजो सम्पन्न कोसी साहित्य–कला परिषद् नेपालको पहिलो साधारण सभाले तदर्थ समितिका पदाधिकारीलाई नै नयाँ कार्यसमितिका लागि चयन गरेको छ । तदर्थ समितिमा रहेका केही सदस्यको स्थानमा भने नयाँ सदस्य चयन गरिएको छ ।बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा भएको साधारणसभाले केशु विरहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु भण्डारी आचार्य, सचिवमा नवराज पोखरेल ‘नवशिला’ सहसचिवमा गीता कुलुङ राई, कोषाध्यक्षमा चिरञ्जीवी काफ्लेलाई चयन गरेको छ ।त्यस्तै समितिका सदस्यहरूमा प्रिन्स प्रमोदकुमार ढकाल, खेमचन्द्र अधिकारी, मनोज विश्वकर्मा, नवीन थापा क्षेत्री, अम्बिकाप्रसाद को
दमकः साहित्यकार दुर्गा खनाल काफ्लेको नयाँ उपन्यास ‘अनुराग र वियोग’ सार्वजनिक भएको छ । साहित्य कला सङ्गम दमकले आयोजना गरेको कार्यक्रममा कृति सार्वजनिक गरिएको हो ।खनाल साहित्यकला सङ्गमकी उपाध्यक्ष हुनुहुन्छ । ‘अनुराग र वियोग’ खनालको चौथो कृति हो । यसअघि उहाँका ‘मनको विचलन’, ‘प्रेम सरोवर’ र ‘चाँदनी’ उपन्यास प्रकाशित भएका छन् ।साहित्य, कला सङ्गमका अध्यक्ष बिन्दु दाहाल ‘मूकदर्शक’को अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो । दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. गोपालप्रसाद भण्डारी विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा साहित्यकार शिव रेग्मी ‘प्
खोर्सानेः नझरेका फूलहरूले साउन महिनामा गरिरहेको नियमित शनिवारीय कार्यक्रम ‘झरी र इन्द्रेणी’को चौथो शृङ्खलामा हिजो तीन जना गजलकारले आफ्ना गजल सुनाउँदा कार्यक्रममा उपस्थित गजलप्रेमीले बारम्बार गजलका शेर गजलकारलाई दोहोर्याउन लगाए ।सुन्दरहरैंचा–१० खोर्सानेमा रहेको सृजना क्याफेमा बिहान ७ बजे उपस्थित भएका गजलप्रेमीलाई गजलकार युवराज ठकुरी, सुनिता तामाङ र राज ‘यात्री’ लम्सालले आफ्ना आधा आधा दर्जन गजल सुनाएका थिए ।सुकुना बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष सुरेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन कोसी साहित्य कला परिषद्का महासचिव नवराज पोखरेल ‘नवशिला’ले गर्नुभएको थियो ।साहित
इटहरी । आज विश्वभर विश्व आदिवासी जनजाति दिवस मनाइएको छ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूले भोग्दै आएका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।संयुक्त राष्ट्र सङ्घको महासभाले सन् १९९४ डिसेम्बर २३ मा हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मै भएकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो ।संयुक्त राष्ट्र सङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनज
लेटाङः आर.ए. डान्स क्रु स्टुडियोको आयोजनामा सञ्चालित ‘लेटाङ डान्स च्याम्पियन सिजन–२’ को ग्राण्ड फाइनल सम्पन्न भएको छ । लेटाङ–५ स्थित ग्रीन पिस पार्टी प्यालेसमा भएको ग्राण्ड फाइनलमा जुनियरतर्फ स्वस्तिका तामाङ र सिनियरतर्फ करिस्मा शिवाले सिजन–२ को उपाधि चुमेका छन् ।सिनियर समूहका विजेताहरूःप्रथमः करिस्मा शिवा (लक्ष्मी मा.वि., लेटाङ–२)दोस्रोः एन्जेल मिश्र (पूर्वाञ्चल अल्मामेटर होम, लेटाङ–४)तेस्रोः आरजु सोनाम (लेटाङ–२)जुनियर समूहका विजेताहरूःप्रथमः स्वस्तिका तामाङ (टेन्डर बर्ड स्कुल, जाँते–९)दोस्रोः सोनाहाङ राई (शान्ति भगवती मा.वि., लेटाङ–४)तेस्रोः मोरङ पाथीभरा विद्यालय (लेटाङ–२) का विद्यार्थी२०८३
इटहरीः ४१८ किलो गाँजासहित चार जनालाई प्रहरीले सुनसरीको बराहक्षेत्रबाट पक्राउ गरेको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित गुप्त बराह नजिकै बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान ५ः३० बजे बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरी राखिएको अवस्थामा ४१८ किलो गाँजा फेला परेको हो ।&nb
इटहरी । शुक्रबार बसेको कोशी प्रदेश मन्त्रीपरिषदको बैठकले मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवनको केन्द्र सार्न स्वीकृति प्रदान गरेको छ ।‘सुन्दरहरैँचा नगरपालिका मोरङको हाल रहेको केन्द्र १२ नम्बर वडामा छ । त्यसलाई ८ नम्बर वडामा लैजाने नगरपालिकाको सभाको सिफारिशलाई स्वीकृत गर्ने निर्णय भएको छ । साविक मृगौलिया ९ र हालको सुन्दरहरैंचा ८ मा प्रशासकीय भवनको केन्द्र बनाउन सहमति दिइएको कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिनुभयो ।