इटहरी । आफ्नो बारीमा रहेको अम्बा टिप्न आएकी ४ वर्षीया बालिकालाई इँटा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले छिमेकी ५९ वर्षीय जान मोहम्मद मन्सुरीलाई पक्राउ गरेको छ ।मोरङको सुनवर्षी नगरपालिका वडा नं. ९, डाइनिया मुस्लिम टोलमा साउन ८ गते सो घटना भएको थियो । स्थानीय जफारुल मियाँकी ४ वर्षीया छोरी कायनात खातुन घन्सी बारीमा मृत फेला परेकी थिइन् ।घटनाको प्रारम्भिक अनुसन्धान र सूक्ष्म खोजतलासका क्रममा मन्सुरीको संलग्नता देखिएपछि उनलाई साउन २० गते उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।मोहम्मदको बारीमा भुइँमा झरेका अम्बा टिप्न गएकी बालिका मोहम्मदले प्रहार गरेको इँटाले ढलेकी थिइन् । त
इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ९ भद्रटोलस्थित नन्द बिष्टको घरमा डेरा गरी बस्दै आएका जनता माध्यमिक विद्यालय, इटहरीमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणमा ४ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मृतकका बुबा, सौतेनी आमा र दुई काका रहेका छन् । उनीहरुलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सरोजलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका बुबा बुद्धिसागर न्यौपाने, सौतेनी आमा मुना न्यौपाने तथा काकाद्वय अशोक न्यौपाने र नवराज न्यौपानेविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा जाहेरी दर्ता गरी आ
इनरुवाः सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ६ ले वडाभित्रका मुख्य चोक तथा सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान अभियान शुरु गरेको छ । बढ्दो चोरीका घटना, आपराधिक गतिविधि र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सुरक्षा निगरानी प्रणाली विस्तार गरिएको वडा कार्यालयले जनाएको छ ।वडाध्यक्ष सुमन थापाका अनुसार वडावासीको धनजनको सुरक्षा सुनिश्चित गर्दै शान्तिसुरक्षा मजबुत बनाउन प्राथमिकताका साथ विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिएको हो । हाल मुख्य चोक र सार्वजनिक स्थलमा क्यामेरा सञ्चालनमा आइसकेका छन् । दशैंअघि वडाभित्र आवश्यक ठानिएका सबै स्थानमा क्यामेरा जडान गरिसक्ने लक्ष्य राखिएको वडाध्यक्ष थापा ब
विराटचोकः ट्राफिक प्रहरी पोस्ट विराटचोकले सवारी दुर्घटना न्यूनीकरण तथा रातको समयमा चालकको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले १६० जना चालकलाई रिफ्लेक्टिभ ज्याकेट वितरण गरेको छ ।सुन्दरहरैंचा उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरी, ट्राफिक प्रहरी पोस्ट विराटचोकका प्रहरी सहायक निरीक्षक गंगाबहादुर मगर, सुन्दरहरैंचा नगरपालिका वडा नं. १२ का अध्यक्ष रोशनप्रसाद ढकाल तथा सिटी सफारी चालक परिवारका अध्यक्ष लीलामणि बाराकोटी लगायतको उपस्थिति थियो ।कार्यक्
इटहरी । आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।क
विराटनगरः जिल्ला प्रशासन कार्यालय मोरङले जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई पहिचान तथा वर्गीकरणका लागि सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।साउन १८ गते सूचना जारी गर्दै प्रशासनले गत २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको चोटपटकको गम्भीरता अनुसार वर्गीकरण गर्ने, उपचारमा प्राथमिकता निर्धारण गर्ने तथा राहत र प्रतिवेदन प्रणालीलाई एकीकृत गर्ने उद्देश्यले सूचना जारी गरेको जनाएको छ ।नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारीको स
विराटनगरः कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले कोशी प्रदेश अन्तर्गतका प्रहरी कार्यालय प्रमुखहरु तथा “क” स्तर सम्मका प्रहरी इकाई प्रमुखहरुलाई आज भर्चुअल माध्यमद्वारा आवश्यक निर्देशन दिनुभएको छ ।निर्देशनको क्रममा उहाँले प्रहरीले आफ्नो पदीय दायित्व अनुसार त्रुटिरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरूलाई व्यावसायिक तवरबाट सामना गर्दै एक निर्भिक, ईमानदार र बफादार राष्ट्र सेवकको रूपमा खटिन, नागरिकको अपेक्षा बमोजिम छिटो, शिष्ट, सभ्य र पीडितमैत्री वातावरणमा प्रहरी सेवा प्रदान गर्न अनुरोध गर्नुभएको छ ।दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ–आफनो जिम्मेवार एरिया इल
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायपालिका र न्यायाधीशसम्बन्धी विषयमा प्रश्न उठाएको भन्दै तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ।बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले Amnesty International, International Commission of Jurists (आईसीजे) र Human Rights Watch ले सर्वोच्च अदालतका तीन जना न्यायाधीशलाई राजीनामा दिन दबाब दिने आशयको संयुक्त विज्ञप्ति जारी गरेको विषयमा छलफल गरेको थियो। बैठकपछि समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत ती संस्थाहरूसँग उक्त विज्ञप्तिबारे
विराटनगरः द काउन्सिल अफ जेनजीका प्रतिनिधिले मंगलबार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालसँग भेटघाट गर्दै प्रदेशको शान्ति सुरक्षा, प्रहरी–समुदाय सम्बन्ध तथा समसामयिक विषयमा छलफल गरेका छन् ।जेनजी प्रतिनिधिहरूले प्रदेश प्रहरी कार्यालय रानी पुगेर प्रदेश प्रहरी प्रमुख खनाललाई स्वागत गर्दै समसामयिक विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।उनीहरुले कानुन कार्यान्वयन र न्याय सम्पादनका क्रममा प्रहरीले व्यापारी, विशिष्ट व्यक्ति वा राजनीतिक पहुँचका आधारमा होइन, सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्ने सुझाव दिएका थिए ।भेटघाट सौहार्दपूर्ण र फलदायी भएको जनाउँदै जेनजी प्रतिनिधिहरुले प्रह
इटहरी । द भ्वाइस किड्स नेपाल सिजन ५ को प्रतियोगितामा मोरङको सुन्दरहरैंचा–७ ठडियाकी प्रतियोगी कविना राई सेमीफाइनलमा प्रवेश गरेकी छिन् ।मोरङको सुन्दरहरैँचा–७ स्थित ज्ञानज्योति इङ्लिस स्कुलमा कक्षा ६ मा अध्ययनरत कविनाले आफ्नो उत्कृष्ट गायन प्रस्तुत गर्दै आएकी छिन् ।पछिल्लो शृङ्खलाको ब्लाइन्ड अडिसनमा चारै जना प्रशिक्षकको कुर्सी घुमाउन (मन जित्न) उनी सफल भएकी थिइन् । उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै उनी अहिले सिजन ५ को सेमीफाइनलमा प्रवेश गरेकी हुन् ।राईलाई विजयी बनाउन आवश्यक पर्ने भोट सङ्कलनका लागि उनको परिवार, उनी अध्ययनरत विद्यालय तथा सुन्दरहरैंचावासी लागेका छन् ।