समाचार

    Showing ४३१-४४० of ६,००६ items.
  • सुन्दरहरैंचाका गजलकार यात्रीको ‘यात्री’ गजलसङ्ग्रहमाथि गृहनगरमा विमर्श

    सलकपुरः मोरङको सुन्दरहरैंचा नगरपालिकाका स्रष्टा राज लम्साल ‘यात्री’ को गजलसङ्ग्रह ‘यात्री’ माथि सुन्दरहरैंचाको सलकपुरमा विमर्श भएको छ ।रङ्गेली साहित्य कला समाज, मोरङका अध्यक्ष चिरञ्जीवी काफ्लेले लेखकको परिचय प्रस्तुत गरेको उक्त कार्यक्रममा साहित्यकार छवि वैरागी घिमिरेले कृतिमाथि गहिरो विमर्श प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले यात्रीका गजल समसामयिक रहेको बताउनुभयो । पूर्वाञ्चल साहित्य प्रतिष्ठान तथा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्षसमेत रहेका पोखरेलले गजलका विषयमा भइरहेका विवादको कुनै अर्थ नरहेको बताउँदै बहर मिलाएर मात्र गजल नहुने त्यसमा भाव वा शिल्प पक्

    • प्रकाशित मितिः असार १७, २०८३
    • १७५ पटक पढिएको
  • केराबारीमा फोहोर फाल्ने ठाउँमा बन्यो चिल्ड्रेन पार्क

    केराबारीः केही समयअघिसम्म फोहोर फाल्ने स्थानका रूपमा रहेको मोरङको केराबारी गाउँपालिका वडा नम्बर ८ को रोटेपिङ क्षेत्रमा अहिले आकर्षक चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।फोहोरको थुप्रोका कारण नाक थुन्दै हिँड्नुपर्ने सो क्षेत्रमा अहिले साँझ र बिहानको हावा लिन तथा दिउँसो पीपलको छहारीमा शीतलमा रमाउन स्थानीय पुग्ने गर्दछन् ।दक्षिणतर्फबाट केराबारी बजार प्रवेशद्वारमा सडक छेउमै रहेको चौतारी परिसरमा पेबल्स बिछ्याएर आकर्षक बनाइनुका साथै चिल्ड्रेन पार्क निर्माण गरिएको छ । पार्कमा चाकाचुली, पिङलगायतका खेलसामग्रीको व्यवस्था गरिएको छ । जसले गर्दा पार्कको शोभा बढेको छ र आगन्तुकलाई तान्ने गरेको छ ।

    • प्रकाशित मितिः असार १७, २०८३
    • १३२ पटक पढिएको
  • देशभर मनसुन सक्रिय, गत २४ घण्टमा बाँकेमा र गत ३ घण्टामा धादिङमा बढी वर्षा

    इटहरी ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मनसुन भित्रिएको १२ दिनपछि देशभरि फैलिएको मौसम विज्ञान विभागले जनाएको छ ।जसको प्रभावले बुधबार बिहान काठमाडौंलगायत बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा धादिङको गजुरीमा सबैभन्दा धेरै ४१.६ मिलिमिटर वर्षा भएको छ । गत २४ घण्टामा भने बाँकेको मानपुरमा १३६.६ मिलिमिटर र बर्दियाको तारातालमा १२६.६ मिलिमिटर वर्षा भएको छ ।गत चौबीस घन्टामा कोशीदेखि सुदूरपश्चिमसम्म हल्कादेखि मध्यम र भारी वर्षा भएको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ ।

    • प्रकाशित मितिः असार १७, २०८३
    • १६८ पटक पढिएको
  • सामाजिक मिलन केन्द्रमा दहीचिउरा खाँदै मनाइयो आजीवन सदस्यको जन्मदिन

    गोठगाउँः सुन्दरहरैंचामा क्रियाशील सामाजिक मिलन केन्द्र प्रतिष्ठानमा राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने पर्व मनाइएको छ ।पर्वको अवसर पारेर मोरङको सुन्दरहरैँचा–७, गोठगाउँमा रहेको सामाजिक मिलन केन्द्र प्रतिष्ठानमा ज्येष्ठ नागरिकलाई दही–चिउरा खुवाउँदै सम्मान गरिएको हो ।असार १५ गते जन्मदिन परेका प्रतिष्ठानका आजीवन सदस्यहरूको आरोग्यताको कामना गर्दै विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो । असार १५ गते जन्मदिन परेका प्रतिष्ठानका आजीवन सदस्यहरु पूर्व सांसद लोकप्रसाद संग्रौलाका साथै सरस्वती कोइराला, हरि मानन्धर, रामबहादुर खुलाल कार्की, भीमप्रसाद खतिवडा, मनमाया कार्की, सनमान विक लगायतका सदस्यहरूलाई ज्ये

    • प्रकाशित मितिः असार १७, २०८३
    • १९० पटक पढिएको
  • केराबारीका किसानलाई ७५ प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण

    केराबारीः मोरङको केराबारी गाउँपालिकाले आज पालिकाका विभिन्न वडाका किसानलाई ७५ प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण गरेको छ ।गाउँपालिका उपाध्यक्ष मनमाया मगरको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्रवक्ता नारायणप्रसाद भुजेलको आतिथ्यतामा भएको कार्यक्रममा प्रविधि प्रदान गरिएको हो ।केराबारी गाउँपालिकाको रेमी परियोजना अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई स्वदेशमै उद्यमशील बनाउन माग तथा मुल्याङ्कनमा आधारित रहेर विभिन्न वडाका किसानलाई विभिन्न कृषि, लघुउद्यम तथा पशुपालन सम्बन्धि प्रविधि वितरण गरिएको हो ।यसरी वितरण गरिएको सामग्रीमा च्यापकटर १४ थान, हाते ट्य

    • प्रकाशित मितिः असार १६, २०८३
    • १९५ पटक पढिएको
  • पीताम्बर दाहाललिखित आत्मपरक कृति ‘अतीतदेखि वर्तमानसम्म’ सार्वजनिक

    गछियाः साजीलाल माध्यमिक विद्यालय सुन्दरहरैंचामा लामो समय शिक्षण गर्नुभएका सो विद्यालयका पूर्व प्रधानाध्यापक पीताम्बर दाहालले लेख्नुभएको कृति ‘अतीतदेखि वर्तमानसम्म’ एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।आइतबार सुन्दरहरैंचा–३ लक्ष्मीनारायण मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा कृतिकारका विद्यार्थी प्रतिनिधि सभा सदस्य गुरु बराललगायतले कृतिको विमोचन गर्नुभएको हो ।विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बरालले पीताम्बर सरको क्रान्तिकारिता र दूरदर्शिताको बारेमा व्याख्या गर्नुभएको थियो । वि. सं. २०२९ सालमा सरस्वती पूजा मनाउने क्रममा पुजारी छनोट विषयमा विवाद हुँदा तत्कालीन शिक्षक

    • प्रकाशित मितिः असार १६, २०८३
    • १७८ पटक पढिएको
  • ‘रन सुन्दरहरैंचा’ सम्पन्न, धान दिवसको दिन हजारौैं निस्किए एकसाथ सडक र खेतमा

    विराटचोकः यस पटकको धान दिवसमा सुन्दरहरैंचाको सडकमा हजारौँ मानिस बिहानै एकै रङको कपडा लगाएर निस्किए । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा भएको ‘रन सुन्दरहरैंचा’ कार्यक्रममा सहभागिता जनाउन ‘रन सुन्दरहरैंचा’ लेखिएको सेतो रङको टिसर्ट लगाएर नगरवासी सडकमा र खेतमा निस्किएका हुन् ।सुन्दरहरैंचा अब सुत्दैन । नगर अब महानगरको दौडमा लम्कन्छ भन्ने सन्देश दिन कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भोलेश्वर दुलालले बताउनुभयो ।बिहान साढे ६ बजे विराटचोक–विराटनगर सडकमा भेला भएका नगरवासी ५ किलोमिटर दक्षिणमा रहेको हरैंचा बजारसम्म दौडिएका थिए । दौडमा नगरप्रमुखका

    • प्रकाशित मितिः असार १६, २०८३
    • २४६ पटक पढिएको
  • बसाइँसराइँ वृद्धिदरलाई अवसरको रूपमा लिई सुन्दरहरैंचाको विकास गर्न विज्ञको सुझाव

    विराटचोकः अवसरको खोजीमा पहाडबाट तराई क्षेत्र झर्ने क्रमसँगै उदीयमान शहरको रूपमा रहेको मोरङको ऐतिहासिक महत्त्व बोकेको सुन्दरहरैंचा नगरपालिकाको विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका भावी सम्भावनाबारे विराटचोकमा बहस भएको छ । सो बहसमा सहभागी अधिकांश वक्ताले बसाइँसराइँमार्फत् बढिरहेको जनसङ्ख्या वृद्धिलाई नगरको विकासमा लगाउन आवश्यक रहेको बताउनुभएको छ ।सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आज ‘कृषि, पर्यटन, उद्योग र व्यापारः आर्थिक समृद्धिको मूल आधार’ नारासहित आयोजना गरेको कार्यक्रममा नगरको समग्र विकासका लागि सरोकारवालाबीच खुला छलफल गरिएको थियो ।कार्यक्रममा आफ्नो धारणा राख्दै सञ्चारकर्मी टीकाराम यात

    • प्रकाशित मितिः असार १६, २०८३
    • १८७ पटक पढिएको
  • धरान– ८ मा निर्मित स्मार्ट बसपार्कको भयो उद्घाटन

    धरानः निर्माण सकिए पनि सञ्चालनमा आउन नसकेको धरान–८ स्थित धरान बस टर्मिनलको शनिबार उद्घाटन भएको छ ।धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघाले तीनकुने सुन्दरबस्ती जग्गा विकास क्षेत्रमा २४ करोड ८६ लाख ९ हजार रुपैयाँ लागतमा बनेको तीन तले टर्मिनल भवन सहितको स्मार्ट बसपार्कको उद्घाटन गर्नुभएको हो ।उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै कार्यवाहक नगरप्रमुख बेघाले बसपार्कको प्रभावकारी सञ्चालन र व्यवस्थापन भौतिक संरचना निर्माण भन्दा मुख्य चुनौती रहेको बताउनुभयो ।नवनिर्मित बसपार्कको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने केही जग्गासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उक्त क्षेत्र

    • प्रकाशित मितिः असार १६, २०८३
    • १४९ पटक पढिएको
  • पर्यटन व्यवसायी बासु बरालको कृति ‘कोशी’ माथि इटहरीमा परिचर्चा

    इटहरीः कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र पर्यटन सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य अनुभव र सम्भावना)’ पुस्तकमाथि शनिबार इटहरीमा परिचर्चा भएको छ ।संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीको आयोजनामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले कोशी प्रदेशमा पर्यटनको अपार सम्भावना रहे पनि त्यसको प्रभावकारी प्रचार–प्रसार, अध्ययन तथा प्रवर्द्धनका क्षेत्रमा अझै पर्याप्त काम हुन नसकेको बताएका थिए ।कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेश प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा स

    • प्रकाशित मितिः असार १६, २०८३
    • १६६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल