समाचार

    Showing ४५१-४६० of ६,००६ items.
  • राजनीतिक व्यक्ति प्रज्ञा–प्रतिष्ठानको कुलपति अस्वीकार्यः अनुसन्धाता विरही

    इटहरी ।  लेखक तथा अनुसन्धाता केशु विरहीले राजनीतिक व्यक्तिलाई प्रज्ञा–प्रतिष्ठानजस्तो गरिमामय संस्थाको कुलपति स्वीकार गर्न नसकिने बताएका छन् । प्रदेश प्रज्ञा–प्रतिष्ठान ऐन २०७९ अन्तर्गत नै कोशी प्रदेश प्रज्ञा–प्रतिष्ठान गठन हुने कुरा बाहिर आएलगत्तै विरहीले यस्तो विचार व्यक्त गरेका हुन् ।केही दिन अघिको विराटनगरमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश–प्रज्ञा–प्रतिष्ठानको गठनको तयारी अन्तिम चरणमा पुगेको, बजेटको व्यवस्थापन भइसकेकाले अब चाँडै गठन हुने बताएका थिए ।कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्षसमेत रहेका विरहीले सोमबार सामाज

    • प्रकाशित मितिः असार ९, २०८३
    • २०४ पटक पढिएको
  • चट्याङमा परी भोजपुरका श्रेष्ठको झापामा मृत्यु

    गौरीगञ्जः झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोलमा अस्थायी रुपमा बसोबास गर्दै आएका ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् ।भोजपुरको आमचोक–९ घर भएका श्रेष्ठ स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए ।आज बिहान खेतमा आली खन्ने क्रममा उनलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ९, २०८३
    • २१० पटक पढिएको
  • इटहरीमा विवादित बालुवा प्रशोधन केन्द्र : स्थानीयको विरोध, वडाको आपत्ति र कानुनी प्रक्रिया माथि प्रश्न

    इटहरी : इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित बस्तीभित्र स्थानीयको विरोधका बाबजुद बालुवा प्रशोधन केन्द्र सञ्चालन प्रक्रिया अघि बढाइएको विषय विवादित बनेको छ।स्थानीयवासीले वातावरणीय तथा स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्दै आपत्ति जनाइरहेका बेला आवश्यक कानुनी प्रक्रिया पूरा नगरी प्रशोधन केन्द्र सञ्चालनको अनुमति दिइएको भन्दै उनीहरूले विरोध जनाएका छन्।त्रिवेणी बुढासुब्बा मल्टिपर्पोज प्रालिले सञ्चालन गरिरहेको उक्त बालुवा प्रशोधन केन्द्रका विषयमा स्थानीयवासीले समुदायसँग पर्याप्त छलफल नगरिएको, वडा कार्यालयको सिफारिस तथा सहभागिता समेत नरहेको आरोप लगाएका छन्। यसले स्थानीय सरकार सञ्चालन प्रक्रिया र व

    • प्रकाशित मितिः असार ९, २०८३
    • ६०० पटक पढिएको
  • धरान मेघा हिमालयन कलेजका ‘ए प्लस’ ल्याउने १३ विद्यार्थी सम्मानित

    धरान । सुनसरीको धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा–१२ को नतिजामा ‘ए प्लस’ ग्रेड प्राप्त गर्ने १३ जना विद्यार्थीलाई सम्मान गरेको छ ।सोमबार कलेजमा आयोजित एक कार्यक्रममा ‘ए प्लस’ प्राप्त गर्ने १३ जना विद्यार्थीमध्ये ९ जना विज्ञान संकाय, ३ जना व्यवस्थापन संकाय र १ जना होटल व्यवस्थापन संकायका रहेको कलेजले जनाएको छ । सम्मान कार्यक्रममा ‘ए प्लस’ प्राप्त गर्ने अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययन तथा इन्जिनियरिङ र चिकित्सा शिक्षाको तयारीका लागि विभिन्न स्थानमा रहेकाले उनीहरूका अभिभावक उपस्थित भएका थिए । अभिभावकहरूले आफ्ना छोराछोरीको तर्फबाट सम्मा

    • प्रकाशित मितिः असार ८, २०८३
    • २७५ पटक पढिएको
  • लेटाङ–९ को प्रशासनिक भवन उद्घाटनमा जग्गादातालाई सम्मान

    लेटाङः मोरङको लेटाङ नगरपालिका–९ नम्बर वडा कार्यालयको प्रशासनिक भवन उद्घाटनमा जग्गादातालाई सम्मान गरिएको छ ।कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, जनप्रतिनिधि, समाजसेवी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा वडा कार्यालयको प्रशासनिक भवन निर्माणका लागि जग्गा उपलब्ध गराई महत्वपूर्ण योगदान पुर्याउने ९ जना जग्गादातालाई सम्मान गरिएको थियो । भवन निर्माणका लागि जग्गादान गर्नेमा तारानाथ भण्डारी, स्वर्गीय टीकाराम तिम्सिना, स्वर्गीय गणेशबहादुर थापामगर, लाखेन्द्र थापामगर, स्वर्गीय वि

    • प्रकाशित मितिः असार ८, २०८३
    • १५९ पटक पढिएको
  • हिजोदेखि कोशी प्रदेशबाट भित्रियो मनसुन, यसपटक ६ दिन ढिलो भित्रियो मनसुन

    इटहरी ।  नेपालमा हिजोदेखि कोशी प्रदेशबाट मनसुन भित्रिएको छ ।जल तथा मौसम विज्ञान विभागले शुक्रबार नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिएको घोषणा गरेको हो ।नेपालमा सरदर जुन १३ (जेठ ३०) गते मनसुन भित्रिने गरेको थियो । प्रशान्त महासागरमा विकास भएको एल निनो प्रणालीका कारण मनसुनको आगमन ढिलो भएको बताइएको छ ।अघिल्लो वर्ष सरदरभन्दा १५ दिन अगाडि नै मनसुन भित्रिएको थियो । यसपालि मनसुनमा औसतभन्दा कम वर्षा र बढी गर्मी हुने विभागको अनुमान छ ।

    • प्रकाशित मितिः असार ६, २०८३
    • २४१ पटक पढिएको
  • प्रि–मनसुनमा हालसम्मकै बढी वर्षा

    इटहरी ।  नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा हालसम्मकै सर्वाधिक वर्षा रेकर्ड भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत २२६.३ मिलिमिटरको १४५ दशमलव ५ प्रतिशत हो ।प्रि–मनसुन समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्यधिक गर्मीका कारण प्रि–मनसुनमा अत्याधिक वर्षा भएको विभागले जनाएको छ ।विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ मा भएको ३३९.७७ मिलिमिटर वर्षा प्रि–मनसुन अवधिको सबैभन्दा बढी वर्षा हो । यसअघि सन् १९९० मा ३३१.४० मिलिमिटर वर्षा भई उच्च रेकर्ड कायम भएको थियो ।तथ्याङ्कअनुसार सन् २०००

    • प्रकाशित मितिः असार ६, २०८३
    • २२५ पटक पढिएको
  • सद्‌गुरुले रचना गर्नुभएको ध्यान गर्ने निःशुल्क एप 'मिराकल अफ माइन्ड' अब नेपाली भाषामा

    सुनसरी -अन्तर्राष्ट्रिय योग दिवस (जुन २१, २०२६) को विशेष अवसरमा, सद्‌गुरुको मार्गदर्शनमा ईशा फाउन्डेसनका स्वयंसेवकहरूद्वारा रचना गरिएको 'मिराकल अफ माइन्ड' एप नेपाली भाषामा उपलब्ध हुन गइरहेको छ । बालुवाटारस्थित T21 प्यालेसमा आयोजना हुने एक विशेष ध्यान कार्यक्रममा यसको औपचारिक शुभारम्भ हुनेछ ।'मिराकल अफ माइन्ड' सद्‌गुरुद्वारा विशेष रूपमा रचना गरिएको एक शक्तिशाली एवम् निर्देशनसहित ध्यान गर्ने एप हो, जसले मानिसहरूलाई नियमित ध्यान अभ्यासमा स्थापित गराउन मद्दत गर्दछ । एक योगी, रहस्यद्रष्टा र दूरदर्शी सद्‌गुरुले विगत चार दशकदेखि मनुष्यको चेतना माथि उठाउनका लागि  रूपान्तरणकारी अभियानको नेतृत्व गर

    • प्रकाशित मितिः असार ६, २०८३
    • ३५० पटक पढिएको
  • २४ घण्टामा तनहुँमा धेरै वर्षा, पश्चिम तराईबाहेक सबैतिर वर्षा हुने सम्भावना

    इटहरी ।  गत २४ घण्टामा तनहुँमा धेरै भारी वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार तनहुँको कोटगाउँमा १३६ मिलिमिटर वर्षा भएको छ । बन्दीपुरमा ८१ मिलिमिटर, दमौलीमा ६९ मिलिमिटर बागलुङको श्रीकांङमा ७५ मिलिमिटर, कास्कीको याङ्जाकोटमा ६४.४ मिलिमिटर र गोरखामा ५४ मिलिमिटर वर्षा भएको छ ।अन्य भूभागमा हल्कादेखि मध्यम र भारी वर्षा भएको छ ।आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात

    • प्रकाशित मितिः असार ६, २०८३
    • १८२ पटक पढिएको
  • ५० प्रतिशत अनुदानमा केराबारीले किसानलाई बाँड्यो ८ हजार कफीका बिरुवा

    केराबारीः कफी खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत केराबारी गाउँपालिकाले किसानलाई ८ हजार कफीका बिरुवाका साथमा अन्य कृषि सामग्री वितरण गरेको छ ।केराबारी गाउँपालिका वडा नम्बर ३ को फूलबारी कृषक समूह तथा सिंहदेवी, भोगटेनी, रामपुर र साईडाँडाका किसानलाई ५० प्रतिशत अनुदानमा ८ हजार कफीका बिरुवा, १६ वटा सिँचाइ ट्यांकी, १ हजार १०० मिटर सिँचाइ पाइप वितरण गरिएको हो ।सामग्री वितरण कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले गर्नुभएको थियो । ३ नं वडाका वडाअध्यक्ष रामचन्द्र शाहीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कृषि शाखा प्रमुख टेकप्रसाद बास्तोलाको पनि उपस्थिति रहेक

    • प्रकाशित मितिः असार ५, २०८३
    • २२५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल