समाचार

    Showing ४६१-४७० of ६,००६ items.
  • मकैको खोस्टा बन्ने भयो उद्यमको बाटो, सुन्दरहरैंचाका महिलाले सिके पर्स, ब्याग र जुत्ता बनाउन

    विराटचोकः खेर जाने मकैको खोस्टालाई आकर्षक तथा उपयोगी हस्तकला सामग्रीमा रूपान्तरण गर्ने उद्देश्यले सुन्दरहरैंचा नगरपालिकाले सञ्चालन गरेको १५ दिने सीपमूलक तालिम सम्पन्न भएको छ ।नगरपालिकाको आयोजनामा सञ्चालित मकैको खोस्टाबाट सौन्दर्य सामग्री तथा लेडिज पर्स र ब्याग बनाउने तालिम असार ३ गते सम्पन्न भएको हो । तालिममा नगरका १५ जना महिलाको सहभागिता रहेको थियो ।तालिममा सहभागी महिलाहरूलाई उर्लाबारीस्थित नरमाया हस्तकला उद्योगकी प्रशिक्षक नरमाया दंगालले प्रशिक्षण दिनुभएको थियो । सहभागी महिलाहरूले अत्यन्त उत्साह र जिज्ञासाका साथ तालिममा सहभागिता जनाएको बताउँदै प्रशिक्षक दंगालले सीपलाई निरन्तर अभ्यासमा उतारे

    • प्रकाशित मितिः असार ५, २०८३
    • २२९ पटक पढिएको
  • युवालक्षित एआई तालिम सम्पन्न, आगामी वर्ष थप बजेट विनियोजन गर्ने नगरप्रमुखको घोषणा

    विराटचोकः युवाहरूलाई आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले आयोजित एआई तथा कन्टेन्ट क्रिएटर तालिम सम्पन्न भएको छ ।इष्ट नेटवर्क प्रालिको आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा ३० जना युवाको सहभागिता रहेको थियो । जेठ २८ गतेदेखि असार १ गतेसम्म सञ्चालन भएको तालिममा प्रशिक्षक सुरेशचन्द्र दाहालले कृत्रिम बुद्धिमत्ता, डिजिटल कन्टेन्ट निर्माण तथा एआईका विविध प्रयोगसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।तालिमका क्रममा सहभागीहरूले एआईका विभिन्न टुल्स तथा प्रविधिबारे सैद्धान्तिक ज्ञान हासिल गर्नुका साथै प्रयोगात्मक अभ्

    • प्रकाशित मितिः असार ५, २०८३
    • ३३९ पटक पढिएको
  • ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

    इटहरी ।  सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी निरीक्षक सन्तोष न्यौपाने जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले न्यौपानेलाई उनले पुर्याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै २०८३ साल जेठ महिनाको उत्कृष्ट प्रहरीको रूपमा सम्मान गरेको हो ।प्रहरी निरीक्षक न्यौपानेले मोरङमा सवारी दुर्घटना न्यूनीकरण गर्न चालक तथा सह–चालकहरूको विस्तृत स्वास्थ्य परीक्षण, लागूऔषध तथा मादक पदार्थ सेवन (लापासे\मापासे) विरुद्धको कडा जाँच र नियम उल्लङ्घन गर्नेहरू

    • प्रकाशित मितिः असार ५, २०८३
    • १७८ पटक पढिएको
  • पछिल्लो १ घण्टामा ताप्लेजुङमा धेरै वर्षा, २४ घण्टामा झापा, इलाम, पाँचथर, मोरङ र सुनसरीमा धेरै वर्षा

    इटहरी ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा ताप्लेजुङमा १७ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो २४ घन्टामा भने झापाको अनारमनी बिर्तामा २०८.८ मिलिमिटर वर्षा भएको छ ।गत २४ घण्टामा झापाको बाहुनडाँगीमा ८३.६ मिलिमिटर, इलामको माइपोखरीमा ६९.६ मिलिमिटर, पाँचथरको माझिटारमा ६७.२ मिलिमिटर, मोरङको लेटाङमा ६१.२ मिलिमिटर र सुनसरीको चतरामा ५१.४ मिलिमिटर वर्षा भएको छ ।बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घन्टामा हल्कादेखि मध्यम र भारी वर्षा भएको महाशाखाले जनाएको छ ।हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू

    • प्रकाशित मितिः असार ५, २०८३
    • १५८ पटक पढिएको
  • साढे ३ लाख तलब दिने गरी इजरायलले माग्यो २३ सय नेपाली, असार ७ सम्ममा आवेदन दिनुपर्ने

    इटहरी ।  वैदेशिक रोजगार विभागका अनुसार नेपालीहरूका लागि इजरायलमा रोजगारी खुला भएको छ । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत् नै इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न २३ सय जना नेपाली श्रमिकको माग भएको छ ।विभागका अनुसार इजरायलको दीर्घकालीन स्याहार केन्द्र (वेताबोध) का लागि केयर गिभर अर्थात् सहायक श्रमिक माग भएको छ । योग्यता पुगेकाहरूले ७ असारसम्म आवेदन दिन पाउनेछन्, जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट हुनेछन् ।छनोट भएकामध्ये पहिलो चरणमा १ हजार जनालाई तत्काल रोजगार प्रक्रियामा समावेश गराइने र बाँकी १ हजार ३ सय जनालाई भने पहिलो चरणको प्रक्रि

    • प्रकाशित मितिः असार ४, २०८३
    • २२८ पटक पढिएको
  • इटहरीको त्रिवेणी चोकमा बालुवा प्रशोधन प्लान्ट सञ्चालनको अनुमति, स्थानीयद्वारा विरोध

    इटहरी । इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी चोक क्षेत्रमा त्रिवेणी बुढासुब्बा मल्टिपर्पोज प्राइभेट लिमिटेडले बालुवा प्रशोधन (बालुवा चाल्ने) प्लान्ट स्थापना गर्ने अनुमति पाएपछि स्थानीयवासीले विरोध जनाएका छन् । सो प्लान्ट बस्ती, विद्यालय तथा मन्दिरको नजिकै पर्ने भन्दै उनीहरूले कानुनी तथा वातावरणीय मापदण्ड पूरा नभएको बताएका छन् ।इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीका अनुसार आवश्यक सबै प्रक्रिया पूरा भइसकेको र नगर प्रमुखको स्वीकृतिमा प्लान्ट सञ्चालनको अनुमति दिइएको हो । उनका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन समेत स्वीकृत भइसकेको छ ।सञ्चालक पक्ष त्रिवेणी

    • प्रकाशित मितिः असार ४, २०८३
    • १,५८३ पटक पढिएको
  • कोशी, मधेस र बागमती प्रदेशमा वर्षा, झापा, मोरङ र गोरखामा पछिल्लो २४ घण्टामा धेरै वर्षा

    इटहरी ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।आज बिहानैदेखि कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा उदयपुर गढीमा ११.६ मिलिमिटर र सिन्धुलीको दुधौलीमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ ।महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा झापाको बाहुनडाँगीमा ७१ मिलिमिटर, मोरङको लेटाङस्थित सकफरामा ६२.२ मिलिमिटर र गोरखामा ७१ मिलिमिटर वर्षा भएको छ ।आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा

    • प्रकाशित मितिः असार ४, २०८३
    • १७६ पटक पढिएको
  • निर्वाचन प्रहरीको बन्दोबस्ती सामग्री खरिद विवादः एउटै प्रक्रिया, तर प्रश्नको घेरामा नेपाल प्रहरी मात्रै किन ?

    काठमाडौं । गत वर्ष सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको बन्दोबस्ती सामग्री खरिद प्रकरण यतिबेला चर्चाको केन्द्रमा छ। निर्वाचन प्रहरीका लागि खरिद गरिएका पोसाक तथा अन्य सामग्रीमा अनियमितता भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि नेपाल प्रहरीसँग सम्बन्धित विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा लगातार समाचार प्रकाशित भइरहेका छन्।मिडिया रिपोर्टहरूमा नेपाल प्रहरीका केही उच्च अधिकारी, खरिद प्रक्रियामा संलग्न भनिएका व्यवसायी तथा उनीहरूसँग सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको दाबी गरिएको छ। यद्यपि, यही प्रकरणमा अर्को सुरक्षा निकाय सशस्त्र प्र

    • प्रकाशित मितिः असार ३, २०८३
    • २२२ पटक पढिएको
  • आज हिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षा, तराईमा गर्मी हुने

    इटहरी ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ ।जसका कारण आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको

    • प्रकाशित मितिः असार ३, २०८३
    • १५८ पटक पढिएको
  • कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    इटहरी । आज कोशी प्रदेशका पहाडी तथा तराईका भूभागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेको  छ। हाल कोशी प्रदेशको तराई भूभागमा साधारणतया बदली छ भने पहाडी तथा हिमाली क्षेत्रमा पनि बादल लागेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।कोश

    • प्रकाशित मितिः असार २, २०८३
    • १६९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल