लेटाङः इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साह २०८३ साल वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित हुनुभएको छ । साहलाई कोशी प्रदेश प्रहरी कार्यालयले बैशाख महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित गरेको हो ।प्रहरी निरीक्षक साहले विभागीय मूल्य मान्यता, आदेशनिर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ पदीय जिम्मेवारी निर्वाह गर्नुका साथै फैसला कार्यान्वयनअन्तर्गत विभिन्न मितिमा फरार प्रतिवादी पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराउनुका साथै प्रविधिमैत्री प्रहरी सेवा प्रवाहका लागि ड्रोन क्यामेरामार्फत् अपराध रोकथाम तथा अनुसन्धान कार्यलाई प्रभावकारी बनाएको जनाइएको छ ।नागरिक सहायता
विराटचोकः सुकुना बहुमुखी क्याम्पसको सभाहलमा भुल्के युवा समाजको आयोजनामा तथा आरम्भ सुधार केन्द्रको समन्वयमा लागूपदार्थ दुर्व्यसनविरुद्ध युवाहरूका लागि चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।युवाहरूलाई लागूपदार्थ दुव्र्यसनबाट टाढा राख्दै सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेर आयोजित कार्यक्रमले समाजलाई दुर्व्यसनमुक्त बनाउन सहयोग पुग्ने सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले बताउनुभयो ।कार्यक्रममा सहजकर्ता टीकाराम सिग्देलले युवाहरूलाई लागूपदार्थको असर, जोखिम तथा त्यसबाट बच्ने उपायबारे प्रभावकारी परामर्श दिनुभएको थियो ।सहजकर्ता राजीव गिरीले युवाहरूलाई
वसन्तपुरः तेह्रथुमको लालीगुराँस नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । आज र भोलि बाँदर धपाउने कार्यक्रम राखेर नगरले आज सार्वजनिक बिदा दिएर सबैलाई बाँदर धपाउने कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ ।एक्लाएक्लै आ–आफ्नो बालीनाली जोगाउने प्रयास विफल भएपछि आज र भोलि नगरभरका बासिन्दा मिलेर सामुहिक रुपमा बाँदर खेदाएर नगरको सिमाना कटाइने पालिकाले जनाएको छ । नगरले आज शुक्रबार अत्यावश्यक बाहेकका सेवा बन्द गरेर सामुहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्ने भएको हो ।बाँदरले मकै र अलैँची बालीमा धेरै क्षति पुर्याउने गरेको स्थानीय बताउँछन् । माथिल्ला तहका सरकारले बाँदर नियन्त्रणमा ध्यान नदिएकाले बाँदर धप
काठमाडौंः सरकारले वास्तविक भूमिहीन तथा सुकुम्बासीलाई स्थायी रूपमा जग्गाधनी प्रमाणपूर्जा वितरण नहुँदासम्म अस्थायी राहतस्वरूप मासिक १५ हजार रुपैयाँ घर भाडाबापत उपलब्ध गराउने तयारी गरेको छ ।राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले शहरी विकास मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै अस्थायी रूपमा भाडा सहायता उपलब्ध गराउने योजना अघि सार्नुभएको हो । काठमाडौं उपत्यकामा रहेका वास्तविक भूमिहीन परिवारलाई लक्षित गरी योजना अघि सारिएको बताइएको छ ।हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचान तथा वर्ग
काठमाडौंः विगतका वर्षमा भन्दा यस वर्ष कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण सार्वजनिक गरेको छ । अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने विभागले जनाएको छ ।विभागले गत साता एक कार्यक्रम आयोजना गरी यस वर्षको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको हो ।मौसमविदका अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना भए पनि विभिन्न भेगमा फरक–फरक छ । कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ ।उता, कर्णाली प्रदेशक
इटहरी - सुनसरीको इटहरी–३ स्थित श्री सरस्वती माध्यमिक विद्यालय मा अध्ययनरत छात्रा निमिक्षा आचार्यले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत ४ जीपीए प्राप्त गर्न सफल भएकी छन् ।विद्यालयका प्रधानाध्यापक लेखनाथ भट्टराईका अनुसार यस वर्ष एसईई परीक्षामा सहभागी ७० जना विद्यार्थीमध्ये ६४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । सीमित स्रोतसाधनका बाबजुद विद्यालयले गुणस्तरीय तथा परिणाममुखी शिक्षालाई निरन्तर प्राथमिकतामा राख्दै आएको उनले बताए ।कक्षा १ देखि १२ सम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन हुँदै आएको विद्यालयले पढाइसँगै अनुशासन, नैतिक शिक्षा तथा अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिँदै आएको जनाएको छ
इटहरी । सरकारले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्ग सञ्चालनका लागि अध्ययन गर्ने भएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।चीन र भारतसँग जोड्ने गरी रेल सञ्जालका लागि अध्ययन गरिने उहाँले बताउनुभयो ।
इटहरी । सरकारले सबै स्थानीय तहमा १२ महिना चल्ने सडक पूर्वाधार निर्माण गर्ने जनाएको छ ।सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।१२ महिना नै चल्ने र अवरोध नहुने गरी सडक बनाइने पौडेलले बताउनुभयो ।
इटहरी । सरकारले ठूला र अधुरा विकासे आयोजनाहरु छिट्टै सम्पन्न गर्ने भएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।उहाँले विगत लामो समयदेखि अधुरा रहेका विकासे आयोजनालाई सरकारले पहिलो प्राथमिकता दिने बताउनुभयो ।
इटहरी । निजामती कर्मचारीका ट्रेड युनियनमा प्रतिबन्ध लगाउने निर्णय नगर्न सर्वाेच्च अदालतले आदेश जारी गरेको छ ।सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेर सरकारको यो निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।संवैधानिक इजलाशमा रहेका पाँच न्यायाधीशमध्ये तीन जनाले अल्पकालीन अन्तरिम आदेशको राय व्यक्त गरेपछि यो आदेश आएको हो ।दुई जना न्यायाधीशले भने अन्तरिम आदेश जारी हुनु नपर्ने राय दिएका थिए ।