समाचार

    Showing ५६१-५७० of ६,००६ items.
  • पूर्वाधार विकासको ढिलाइ हटाउन एकद्वार प्रणाली लागू गरिने

    इटहरी ।  सरकारले विकास पूर्वाधार आयोजना निर्माण गर्दा हुने ढिलासुस्ती हटाउन एकद्वार प्रणाली लागू गर्ने भएको छ । जग्गाको उपयोग, वन तथा वातारणसम्वन्धी अनुमति र प्रकृयाहरु एकद्धार प्रणालीमार्फत समयमै आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ ।हिजो आर्थिक वर्ष २०८३\०८४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार विकास निर्माण गर्दा हुने ढिलासुस्ती र प्रक्रियागत बाधा हटाउन एकद्वार प्रणाली लागू गरिने बताउनुभएको हो ।

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १८६ पटक पढिएको
  • नेपाल कार्बन प्राधिकरण गठन गरिने

    इटहरी । सरकारले नेपाल कार्बन प्राधिकरण गठन गर्ने घोषणा गरेको छ ।हिजो संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्बन प्राधिकरण गठन गर्ने बताउनुभएको हो ।सरकारले नेपाल कार्बन प्राधिकरण गठन गरी रेडप्रस कार्यक्रम विस्तार गर्ने भएको छ । जसले नेपालले वन क्षेत्रबाट हुने कार्बन व्यापारलाई व्यवस्थित गर्न एउटा विशेष सरकारी निकाय (प्राधिकरण) स्थापना गर्ने र वन विनाश रोकेर पैसा कमाउने कार्यक्रमलाई देशव्यापी बनाउने भएको हो ।सामुदायिक वनलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीत

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १४७ पटक पढिएको
  • त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरको जहाजको चक्कामा आगलागी, सबै यात्रु सकुशल

    काठमाडौंः इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टर्किस एयरलाइन्सको टीके ७२६ कल साइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ ।विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । सो विमानमा रहेका चार बच्चासहित २७३ यात्रु र चालक दलका ११ सदस्यलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ ।विमानस्थल सुरक्षा कार्यालयका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १५२ पटक पढिएको
  • सगरमाथा आरोहीको लेक लागेर मृत्यु

    सोलुखुम्बुः सगरमाथा आरोहणका क्रममा लेक लागेर एक जना आरोहीको मृत्यु भएको छ ।सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका आरोही घिमिरे हिजो बिहान करिब ४ बजेतिर अचानक बिरामी परेका थिए । उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको थियो ।पछिल्लो समय आरोही ‘गाइड’को रूपमा समेत कार्यरत तथा यसपटक ट्रेक नेपाल कम्पनीमार्फत् आरोहणमा सहभागी घिमिरेले यसअघि सगरमाथाको चुचुरो चुमिससेका थिए ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १६३ पटक पढिएको
  • एमाले सचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईलाई मातृशोक

    इटहरी । कोशी प्रदेशका पहिलो मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय कमिटी सचिव शेरधन राईकी आमा राम्रीमाया राईको ८१ वर्षको उमेरमा हिजो निधन भएको छ ।केही समयदेखि अस्वस्थ रहेकी राईको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • १७६ पटक पढिएको
  • बैंक खाताबाट पैसा गायब हुनबाट सचेत गराउँदै प्रहरी

    काठमाडौंः पछिल्लो समय बैंक खाताबाट रकम चोरी हुने घटनामा वृद्धि हुँदै गएको भन्दै नेपाल प्रहरी साइबर ब्युरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।अज्ञात तथा आपराधिक गिरोहहरूले मोबाइल प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने नयाँ तरिका अपनाइरहेको प्रहरीले विज्ञप्ति जारी गरी उल्लेख गरेको छ । गिरोहहरूले ‘कनेक्ट आइपिएस’ जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरहरूबाट सन्देश पठाउने गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।सो सन्देशमा ‘तपाईंको खाता लक गरिएको छ’ भन्दै पुनः पहुँच प्राप्त गर्न ‘एक्सेस रिजन’ गर्न आग्रह गरिन्छ र त्यसका लागि विभिन्न शङ्कास्पद लिङ्कहरू पठाइन्छन

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १२२ पटक पढिएको
  • आज कानुन दिवस

    विराटचोकः हरेक वर्ष नेपालमा बैशाख २६ गते कानुन दिवस मनाइन्छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।सर्वोच्च अदालतले दिवस प्रत्येक वर्ष मनाउने गरेको छ । प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ ।न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आध

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १४४ पटक पढिएको
  • अग्रजहरूको जीवनी ‘जीवनकथा अग्रजका’ प्रकाशित

    विराटचोकः मोरङको सुन्दरहरैंचा र बेलबारीका अग्रजको जीवनी समेटिएको कृति ‘जीवनकथा अग्रजका’ प्रकाशित भएको छ । कृति लेखक केशु विरहीले लेख्नुभएको हो ।कोसी साहित्य–कला परिषद् नेपालको आयोजना तथा सुकुना बहुमुखी क्याम्पसको सहकार्यमा कृति सार्वजनिकीकरण समारोह आयोजना गरी कृति पाठकमाझ सार्वजनिक गरिएको हो ।बेलबारी र सुन्दरहरैँचाका ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको विषयमा अध्ययन गरिएको सो पुस्तक विमोचन समारोह कवि एवम् सङ्घीय सांसद प्रेमलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कृतिको समीक्षा प्रा.डा. भीम खतिवडा र लीला अनमोलले गर्नुभएको थियो ।समीक्षक खतिवडाले खोज अनुसन्धान गरेर अग्रजहरूका

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १६० पटक पढिएको
  • साना योजना बन्द गर्दै कोशी सरकारको ठूलो निर्णय अब २५ लाखभन्दा कमका योजना नबन्ने, विराट दरबारदेखि पाथीभरा सम्म बहुवर्षीय पर्यटन गुरुयोजना

    बिराटनगर - केबलकार, सिधा हवाई सेवा र धार्मिक सर्किटमार्फत कोशीलाई राष्ट्रिय पर्यटन हब बनाउने तयारीकोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम  पराजुली ले आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा सार्वजनिक गरेको ‘१०० दिनका १०० उल्लेखनीय कार्य’ कार्यक्रममा कोशी प्रदेश सरकार अब साना र छरिएका योजनाबाट पछि हटेर ठूला, उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने योजनामा केन्द्रित हुने घोषणा गरेका छन्।मन्त्री पराजुलीले अब प्रदेश सरकारले २५ लाख रुपैयाँभन्दा कम बजेटका योजना सञ्चालन नगर्ने स्पष्ट नीति लिएको जानकारी दिए। उनका अनुसार अब टोल–टोलमा पार्क, साना मन्दिर, गेट वा सामान्य संरचना बनाउने अभ

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • २७१ पटक पढिएको
  • प्रधानन्यायाधीश सिफारिशविरुद्ध सर्वोच्चमा रिट

    इटहरी । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई गरिएको सिफारिशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता पूर्ण केसीले शर्माको सिफारिश संविधान र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।उनीहरूले अहिलेसम्मको अभ्यास र परम्परा वरिष्ठतामा एक नम्बरमा रहेकालाई सिफारिश गर्ने रहेको दाबी गरेका छन् । वरियतामा चौथो क्रममा रहेका शर्मालाई सिफारिश गर्दा न्यायपालिका स्वतन्त्र नहुने र विकृति आउने दाबी गरिएको छ ।प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले यसअघिका अभ्यासलाई तोड्दै वरिष्ठतामा पहिलो स्थानमा रहेक

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • २०१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल