समाचार

    Showing ६११-६२० of ६,००६ items.
  • ३ दिनपछि सञ्चालनमा आयो बीपी राजमार्ग

    काठमाडौंः शनिबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । रोशी खोलामा आएको बाढीले डाइभर्सन बढाएपछि ३ दिन लगाएर मर्मत गरिएको हो ।आज साढे ३ बजेबाट सवारी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको सहयोगमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो ।रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको थियो । सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा डाइभर्सन बगाएको थियो ।

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • २२३ पटक पढिएको
  • ई रिक्सा चालकहरुलाई ट्राफिक सचेतना प्रदान

    इटहरीः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा सुरक्षित चालक कार्ययोजना अन्तर्गत ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।ई–रिक्सा चालकहरूलाई सुरक्षित सवारी सञ्चालन, यात्रु सुरक्षा, तीव्र गति तथा ओभरलोडका कारण हुन सक्ने जोखिमका विषयमा जानकारी गराउनुका साथै ट्राफिक नियमसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले सहभागी चालकहरूलाई सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा साथमा राखी जिम्मेवार र अनुशासित ढङ्गले सवारी सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • २१४ पटक पढिएको
  • चट्याङ लागेर बाबुछोराको मृत्यु, ४ जना घाइते

    प्युठानः प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ६ लिबाङमा हिजो परेको चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको मृत्यु भएको हो । मृतक दुवै जनाको शव जिल्ला अस्पतालमा राखिएको र आज सोमबार पोस्टमार्टम गरिने बताइएको छ ।त्यस्तै, चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाइते भएका छन् । वडानम्बर ४ की २४ वर्षीया सिर्जना न्यौपाने र वडानम्बर ६ की ५४ वर्षीया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्युठानकै माण्डवी गाउँपालिका–२ रातापानीमा पनि चट्याङ लागेर

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १५५ पटक पढिएको
  • विद्यालय बसका चालक तथा सह–चालकलाई ट्राफिक नियमबारे सचेतना

    इनरुवाः नगर प्याब्सन इनरुवाको आयोजना तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीको सहकार्यमा विद्यालयमा सञ्चालित सवारी साधनका चालक तथा सह–चालकहरूलाई लक्षित गरी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।इनरुवा नगरपालिका–३ स्थित लक्ष्मी पार्टी प्यालेसको हलमा आयोजित कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयमा सञ्चालित सवारी साधनका चालक तथा सह–चालकहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा प्रहरी निरीक्षक विकास थपलियाले सुरक्षित सवारी सञ्चालन, विद्यार्थी सुरक्षा, तीव्र गति तथा लापरवाहीपूर्वक सवारी चलाउँदा हुने जोखिमका विषयमा प्रशिक्षण दिनुभएको थियो ।उहाँल

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १५२ पटक पढिएको
  • इन्धन महँगीले निर्माण क्षेत्र ठप्प हुने खतरा, राष्ट्रिय गौरवका आयोजना समेत संकटमा

    विराटनगर — इन्धनको लगातार बढ्दो मूल्य र निर्माण सामग्रीको अभावले देशभरको निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको छ। निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशले पत्रकार सम्मेलन गर्दै अहिलेको अवस्था भयावह बन्दै गएको चेतावनी दिएको छ।महासंघका अध्यक्ष जनसेवक भण्डारीका अनुसार मध्यपूर्वमा जारी युद्धको प्रभाव नेपालसम्म आइपुगेको छ। डिजेल, पेट्रोल र मट्टितेलको मूल्य आकाशिँदा ढुवानी खर्च ह्वात्तै बढेको छ, जसले सिमेन्ट, डण्डी, गिट्टी, बालुवा लगायतका सामग्रीको मूल्य अनियन्त्रित रूपमा बढाएको छ। बजारमा अभावसमेत चुलिएको छ।निर्माणको मुख्य सिजनमै यस्तो संकट आउँदा अधिकांश आयोजना ठप्प हुने अवस्थामा पुगेका छन्। यसले हजारौ

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ३३२ पटक पढिएको
  • भोजपुर–चखेवा सडक २४ घण्टापछि आंशिक खुला

    भोजपुरः हिजो साँझको वर्षापछि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–चखेवा–दिक्तेल हुँदै काठमाडौं जोड्ने सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।भोजपुर नगरपालिका–५ बोखिमस्थित चाल्से खोलामा लगाइएको मोटरेबल पुल बाढीले बगाएपछि सडक पूर्ण रूपमा बन्द भएको थियो । पुलसँगै आसपासको सडक संरचना पनि क्षतिग्रस्त हुँदा वैकल्पिक मार्गबाट समेत यातायात सञ्चालन गर्न कठिन बनेको थियो ।हाल एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । सडक विभागले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनः सञ्चालनका लागि काम गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १९१ पटक पढिएको
  • घरको मिटर बक्समा चट्याङ पर्दा १ जना घाइते, दुई चौपाया मरे

    भद्रपुरः झापाका छुट्टाछुट्टै स्थानमा आइतबार चट्याङ लाग्दा एक जना घाइते भएका छन् भने दुई पशुचौपाया मरेका छन् ।मेचीनगर नगरपालिका–१ जिर्मलेमा दिउँसो साढे १२ बजेतिर स्थानीय माधव रिसालको घरको मिटर बक्समा चट्याङ लाग्दा ३८ वर्षीय रिसाल घाइते भएका छन् । चट्याङ लागेर उनको टाउको र आँखामा चोट लागेको छ । घाइते रिसालको अवस्था सामान्य रहेको र उनलाई उपचारका लागि काँकडभिट्टास्थित दीप ज्योति आँखा अस्पताल पठाइएको बताइएको छ ।चट्याङबाट रिसालको घरको मिटर बक्समा क्षति पुगेको छ ।सो चट्याङले सोही घर नजिकै रहेको एम राईको खोरमा एउटा माउ सुँगुर मरेको छ ।उता, झापाकै गौरीगञ्ज गाउँपालिका–२ आँपगाछीमा बिहान ८ बजेतिर चट्

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १९५ पटक पढिएको
  • हिजो बेलुका ४ बजेदेखि बीपी राजमार्ग अवरुद्ध भएपछि अलपत्र यात्रुलाई फलफूल, पानी र चाउचाउ वितरण

    काठमाडौंः अविरल वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि हिजो बेलुका ४ बजेदेखि बीपी राजमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुलाई चाउचाउ, फलफूल र पानी वितरण गरिएको छ ।प्रहरीका अनुसार राजमार्ग खुलाउन समय लाग्ने भएपछि रोशी खोलामा फसेका यात्रुहरूलाई स्थानीय होटल व्यवसायी तथा नेपाल प्रहरीले फलफूल वितरण गरेका हुन् ।आज साँझसम्ममा पनि डाइभर्सन बनिसक्न समस्या देखिएकाले आज पनि सवारी साधन खुल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १८५ पटक पढिएको
  • सर्लाहीमा चट्याङपछिको आगलागीमा परेर १४ चौपायाको मृत्यु, एक जना मानिस घाइते

    मलगंवाः हिजो राति साढे ११ बजे सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले लागेर १४ पशु चौपायाको मृत्यु भएको छ । एक जना मानिस घाईते भएका छन् ।सो घटनामा चट्याङले लागेर स्थानीय ६० वर्षीय सीताराम यादव घाइते भएका हुन् । उनको टाउकोसहित शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । घाइते यादवलाई तत्काल उपचारका लागि रौतहटस्थित तराई अस्पतालमा लगिएको छ । उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।घटनाबारे आइतबार बिहान करिब ३ बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । चट्याङ परेपछि आगलागी भई यादवको घर गोठमा रहेको पशु

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • २०९ पटक पढिएको
  • चट्याङ लागेर मोरङमा दुई महिला घाइते, एक जना गम्भीर

    विराटनगरः मोरङको पथरी र धनपालथानमा आज बिहान परेको चट्याङका कारण दुई जना महिला घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार आज बिहान करिब पौने ८ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका–२ कालापानी बस्ने ४६ वर्षीया जानुका रेग्मी घाइते भएकी हुन् । आफ्नै भान्सा घर अगाडि उभिइरहेका बेला उनलाई चट्याङ लागेको थियो ।उनको दाहिने खुट्टामा चोट लागेको छ । उनलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा ल्याई उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।त्यस्तै, बिहान करिब ८ बजे धनपालथान गाउँपालिका–२ पैटा बस्ने ३० वर्षीया भाल्सादेवी ऋषिदेव आफ

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १४६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल