All Posts By इटहरी खबर संवाददाता

    Showing १,१८१-१,१९० of ३,०८६ items.
  • नेपालको ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्न आज त्रिपक्षीय सम्झौता हुँदै

    काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलो पटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए ।बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल भएको थियो । दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको आज सम्पन्न छैटौँ बैठकले बिहीबार सम्झौता गर्ने न

    • प्रकाशित मितिः असोज १७, २०८१
    • १९२ पटक पढिएको
  • दसैंघरमा राखियो जमरा

    काठमाडौं । काठमाडौंको हनुमानढोका दरबारस्थित दसैं घरमा जमरा राखिएको छ । आज (बिहीबार) घटस्थापनाको  दिन बिहान उत्तम साइतमा दरबारको दसैंघरमा  विधिपूर्वक जमरा राखिएको हो । दसैंघरमा वैदिक विधिपूर्वक जमरा राखेपछि महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ । दसैंघरमा राखिएसँगै आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । 

    • प्रकाशित मितिः असोज १७, २०८१
    • २८६ पटक पढिएको
  • हाडनाता करणीबाट गर्भवती भएकी १५ वर्षीया किशोरीको हेलिकप्टरबाट उद्धार

    बाजुरा । जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीकोे हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उनलाई सुविधा सम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो । जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनको उद्धार गरिएको हो ।किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उनलाई उद्धार गरिएको हो ।  

    • प्रकाशित मितिः असोज १७, २०८१
    • २५२ पटक पढिएको
  • कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा ‘भारी वर्षा’

    काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छभने कोशी, बागमती र  गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मे

    • प्रकाशित मितिः असोज १७, २०८१
    • १३० पटक पढिएको
  • देशभर राजमार्गकाे अवस्था के छ ? कुन–कुन खुले, कुन छन् बाँकी ?

    काठमाडौँ । बाढी–पहिरोका कारण अवरुद्ध सडक खुलाउने क्रम जारी छ । पहिरोले अवरुद्ध धेरै सडक खुलाइएका छन् । तर अझै पनि केही सडक खुल्न सकेको छैन । जसका कारण दशैं मनाउनका लागि काठमाडौं उपत्यका बाहिरिने सवारी साधनको चाप बढेको छ ।सबै सडकहरु खुलिनसकेका कारण सडकमा सवारी साधनको जाम बढेको छ । काठमाडौँ उपत्यकालाई देशका विभिन्न ठाउँसँग जोड्ने मुख्य सडक नागढुङ्गा–नारायणगढ सडक दुईतर्फी नै खुलाइएको छ । तर पूर्वी क्षेत्र जोड्ने वीपी राजमार्ग र काठमाण्डौ–हेटौँडा जोड्ने सडक अझै खुलेको छैन । बाढी पहिरोले धेरै ठाउँमा पहिरो झरेको र खोलाले सडकका केहि ठाउँमा सडक नै बगाएका कारण गाडी चल्ने टुङ्गो अझै छैन ।वीपी राजमा

    • प्रकाशित मितिः असोज १७, २०८१
    • १७७ पटक पढिएको
  • सामुदायिक वन भित्र निजी क्षेत्रलाई पर्यापर्यटन संचालनका लागि स्थानीय तहले गरेको बोलपत्र आव्हान तत्काल रद्ध गर्न माग

    काठमाडौं । सामुदायिक वनमा उपभोक्ता समूहले सञ्चालन गर्दै आएका पर्यापर्यटन कार्यक्रमहरु निजी क्षेत्रलाई सुम्पिने गरी स्थानीय तहहरुबाट प्रकाशन गरिएका सम्पूर्ण बोलपत्र आव्हानहरु तत्काल रद्ध गर्न सामुदायिक वन उपभोक्ता महासंघ नेपालले माग गरेको छ । भक्तपुरको बोडेमा सम्पन्न  सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल संघीय कार्य समितिको चौथो बैठकबाट भएका निर्णयहरु मंगलबार सार्वजनिक गर्दै यस्तो माग गरिएको हो । आह्रवान गरिएको बोलपत्र तत्काल रद्ध नगरे स्थानीय तह विरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिइएको छ । महासंघले पत्रकार सम्मेलन गरी बैंठकका निर्णयहरु घोषणा पत्रका रुपमा सार्वजनिक गर्दै सामुदायि

    • प्रकाशित मितिः असोज १७, २०८१
    • ३२७ पटक पढिएको
  • भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था मोरङको समन्वयमा विराटनगरमा अन्तरसंवाद कार्यक्रम सम्पन्न

    -भोजराज घिमिरे विराटनगर, मोरङ – भ्रष्टाचारविरुद्धको लडाइँलाई सशक्त बनाउन नागरिक निगरानी संस्था मोरङको समन्वयमा विराटनगरमा बुधबार अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जिल्ला प्रशासन कार्यालय मोरङको सभाकक्षमा सम्पन्न भएको हो, जसमा स्थानीय नागरिक समाज, सरकारी निकायका प्रतिनिधिहरू, गैरसरकारी संघसंस्था, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।कार्यक्रम नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिको सहकार्यमा आयोजित गरिएको थियो, जहाँ भ्रष्टाचार न्यूनीकरण, सेवाग्राहीमैत्री सार्वजनिक सेवा प्रवाह, र नागरिकमैत्री कर्मचारी प्रशासनका विषयहरूमा गहन छलफल गरिएको थियो।कार्यक्रमको प्रमुख आकर्षण प्राध्य

    • प्रकाशित मितिः असोज १७, २०८१
    • २३६ पटक पढिएको
  • दशैंको शुभारम्भ: घटस्थापनाको शुभ साइत बिहान ९:१६ मा

    काठमाडौँ, असोज १८ – नेपालीहरुको महान् चाड बडादशैं आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आज घटस्थापनाको दिन, घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश, र गणेश स्थापना गरी दुर्गा देवीको आराधना थालिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभ साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ।घटस्थापनाका लागि गाईको गोबरले लिपपोत गरिएको पूजा कोठामा पवित्र नदी वा चोखो स्थलबाट ल्याइएको बालुवा अथवा माटोमा विधिपूर्वक जौ छरी जमरा राखिन्छ। मान्यताअनुसार जौको अंकुर देवी दुर्गाको प्रिय वस्तु हो, जसलाई विजया दशमीको दिन टीका प्रसादसहित ग्रहण गरिन्छ।यस पर्वको क्रममा आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दुर्गा देवी

    • प्रकाशित मितिः असोज १७, २०८१
    • २६५ पटक पढिएको
  • नेपाली कांग्रेस कोशी प्रदेश समितिको माग: दसैंमा घर फर्कने वातावरण मिलाउन सरकारलाई आग्रह

    - भोजराज घिमिरे विराटनगर – नेपाली कांग्रेस कोशी प्रदेश समितिले बाढी र पहिरोका कारण दसैंमा घर आउन नसकेका नागरिकहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रदेश समितिका प्रवक्ता यदु विष्टले दसैंको अवसरमा बाटो अवरुद्ध भएर घर फर्कन नसकेका नागरिकहरूलाई सहज यात्रा व्यवस्था मिलाउन सरकारलाई तत्काल पहल गर्न अनुरोध गरे।कांग्रेसले अवरुद्ध सडकहरूको शीघ्र मर्मत र सञ्चालनको व्यवस्था गर्नुपर्ने माग गरेको छ। साथै, बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई विशेष राहत तथा घाइतेहरूको उपचारको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेको छ। विष्टले अहिलेको जटिल

    • प्रकाशित मितिः असोज १७, २०८१
    • २४५ पटक पढिएको
  • अखिल क्रान्तिकारीको बन्दसत्र स्थगन

    काठमाडौँ ।काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र आज (असोज १६) लाई स्थगन गरिएको छ। अब बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ। असोज १० गते उद्घाटन भएको सम्मेलन उमेरहदका विषयमा अल्झिएर लम्बिइरहेको हो।संगठनमा रहन पाउने उमेरहद ३२ वा त्यो भन्दा कम तोक्ने वा उमेरहद नै नराख्ने भन्ने विषयमा विवाद भइरहेको हो। विवाद नटुंगिएपछि त्यसको समाधान गर्ने जिम्मेवारी उपमहासचिव शक्ति बस्नेतले पाएका थिए। बस्नेतले मंगलबार रातिसम

    • प्रकाशित मितिः असोज १६, २०८१
    • २५१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल