काठमाडौं – गृह मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत नेपाल प्रहरीका १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ। यस निर्णयसँगै काठमाडौं प्रहरी प्रमुख परिवर्तन भएका छन्।काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेलाई प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, नक्साल सरुवा गरिएको छ। रजौरेको ठाउँमा बागमती प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, हेटौंडामा कार्यरत एसएसपी विश्व अधिकारीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।यस्तै, ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, मानवस्
भोजपुर - माघ १ देखि ९ गतेसम्म दोस्रो आमन्त्रित पाैवादुङ गोल्ड कप, वृहत् माघी मेला र सांगीतिक कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। यस कार्यक्रमको आयोजनामा खेलकुद विकास समिति र प्रदेश खेलकुद विकास बोर्ड बिराटनगरको प्रमुख भूमिका थियो।गोल्ड कप फुटबल प्रतियोगिता, माघी मेला र सांगीतिक कार्यक्रमले स्थानीय र बाह्य अतिथिहरूसमेत आकर्षित गरेका थिए। यस अवसरमा प्रमोद खरेल, साजन राई, डिज राज पौड्याल, भिषण मुकारूङ, सुनिता संयक लिम्बु लगायतका सांस्कृतिक र कलाकारको महत्त्वपूर्ण उपस्थिति थियो। साथै, ईटहरीका कलाकार टिम, गीतकार मुक्त उदास र अन्य कलाकारहरूले सांगीतिक कार्यक्रमलाई थप मनोरञ्जनपूर्ण बनाएका थिए।का
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बन्न प्रस्ताव गरेका छन्। क्यानडासँगको व्यापार घाटा रोक्न यस्तो सुझाव राखिएको उनले बताए।ट्रम्पले भने, “हामीसँग २००–२५० बिलियन डलरको व्यापार घाटा छ, जसलाई स्वीकार गर्न सकिँदैन। यदि क्यानडा हाम्रो राज्य बन्यो भने व्यापार घाटा समाप्त हुनेछ र करमा ६०% कटौती हुनेछ।” उनले क्यानडाको तेल र ग्यासबिना पनि अमेरिका आत्मनिर्भर रहेको भन्दै क्यानडालाई दीर्घकालीन व्यापार साझेदारका रूपमा हेर्न गाह्रो भएको बताएका छन्।
सुनसरी - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पाल्पाको सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरेका छन्। एक हजार १२६ मिटर लामो यो सुरुङ सात अर्ब ३४ करोड रुपैयाँ लागतमा निर्माण हुँदैछ।२०७८ फागुनमा सुरु भएको परियोजना २०८३ चैत मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ। यस मार्गले लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाको आवतजावतलाई सहज बनाउने आशा गरिएको छ। प्रधानमन्त्री ओलीले पाल्पामा प्रशासकीय भवन उद्घाटनपछि रूपन्देहीको बुटवल-गोरुसिंगे सडक शिलान्याससमेत गर्ने कार्यक्रम छ।
मोरङ -मोरङ चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्र देव यादवलाई स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम मोरङ चेम्बर अफ कमर्सको सभाकक्षमा सम्पन्न भएको हो।कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यादव थिए भने सभापतित्व मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलले गर्नुभएको थियो। कार्यक्रममा चेम्बरका अध्यक्ष पोखरेलले व्यापार व्यवसायको क्षेत्रमा देखा पर्ने समस्याहरू समाधान गर्न जिल्ला प्रशासनसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। अध्यक्ष पोखरेलले प्रमुख जिल्ला अधिकारी यादवको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त
सुनसरी - नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेर एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको भाउ एकैदिन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ६० हजार रुपैयाँ पुगेको थियो। यस्तै, चाँदीको भाउ पनि घटेर आज तोलाको एक हजार आठ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
विराटनगर– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेशको दुरुपयोग भइरहेको भन्दै यसको विरोध गरेका छन्। विराटनगरस्थित आफ्नो निवासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले देश ठप्प हुने आपतकालीन अवस्थाबाहेक अन्य समयमा अध्यादेश ल्याउन नहुने बताए।“अध्यादेश भनेको संविधानमा रहेको एक आपतकालीन प्रावधान हो। यसलाई संसद्ले काम गर्न नसक्ने अवस्थामा मात्र प्रयोग गर्नुपर्छ। तर, अहिले यसको व्यापक दुरुपयोग भइरहेको छ,” कोइरालाले भने।उनले नेपाली कांग्रेस र नेकपा एमालेको बलियो बहुमत भएको सरकारको बेलामा पनि अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे। “जब संसद्मा बहुमत छ, दुई तिहाइ नचाहिँदा पनि ऐन पारित गर्न
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ देखि चिनियाँ सामानको आयातमा १० प्रतिशत शुल्क लगाउने तयारी गरेको जानकारी दिएका छन्। मेक्सिको र क्यानडाबाट फेन्टनिल औषधि आयात हुने विषयमा चिन्ता व्यक्त गर्दै उनले यो कदम चालेको बताएका छन्। ट्रम्पले यसअघि पनि छिमेकी मुलुकहरूलाई कडा आयात कर लगाउने चेतावनी दिएका थिए। नयाँ करले अमेरिकी उपभोक्ताका लागि चिनियाँ सामान महँगो हुने अनुमान गरिएको छ।
सुनसरी - बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको रोमाञ्चक खेलमा बेनफिका विरुद्ध ५-४ को उत्कृष्ट जित दर्ता गरेको छ। पहिलो हाफमा बेनफिकाले ३-१ को अग्रता लिए पनि बार्सिलोनाले दोस्रो हाफमा शानदार प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो।खेलको सुरुमा नै बेनफिकाले आक्रामक खेल देखाउँदै दुई गोल गर्दै बार्सिलोनालाई दबाबमा राखेको थियो। पहिलो हाफको अन्त्यतिर बार्सिलोनाले एक गोल फर्काए पनि बेनफिकाले अर्को गोल थप्दै ३-१ को अग्रता बनायो।दोस्रो हाफमा बार्सिलोनाले आफ्नो शैलीमा फर्किँदै लगातार दुई गोल गर्दै खेल बराबरीमा ल्यायो। खेलको अन्त्यतिर दुवै टोलीले थप गोल गर्दै स्कोरलाई ४-४ मा पुर्याए। तर ९०+४ मिने
सुनसरी - इटहरीमा नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबर ले फागुन ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ आयोजना गर्ने भएको छ।अध्यक्ष पवन अधिकारीका अनुसार शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, कृषि, खेलकुदलगायत १३ विधामा योगदान दिने व्यक्तिहरूलाई पारदर्शी रूपमा चयन गरेर सम्मान गरिनेछ।कार्यक्रम इटहरीको सोल्टी वेस्टेन्ड होटलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ। कार्यक्रम संयोजक विवेक रेग्मीले अवार्डले कोशी प्रदेशको व्यापार र पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।