एजेन्सी । कहिलेकाहीँ हामी बसिरहँदा हात वा गोडा निदाइदिन्छ अनि झनन्न भएको अनुभव हुन्छ ।लामो समय एउटै पोजिसनमा बस्दा गोडा निदाउँछ भने हात टेकेर वा थिचेर बस्दा पनि निदाउँछ ।हातगोडा झट्कारेको केही क्षणपछि बल्ल तिनीहरू ठीक ठाउँमा आउँछन् ।किन यसरी हातगोडा निदाउँछन् त ? अनि यसरी तिनीहरू निदाउनु खतरनाक त होइन ?आउनुस् जानौं यसका बारेमा ।खासमा हाम्रो हात वा गोडामा पर्याप्त मात्रा अक्सिजन नपुग्दा तिनीहरू शिथिल हुन्छन् र यसको सन्देश मस्तिष्कमा पुग्छ ।अनि मस्तिष्कले ती अंगहरूमा झनन्न उत्पन्न गरिदिन्छ र हामीलाई हातगोडा चलाउनका लागि बाध्य बनाउँछ ।यसरी हातगोडा निदाउनु सामान्य कुरा हो । तर एक दिनमा धेरैचो
विराटनगर । मोरङको सुन्दरहरैँचाबाट महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुत्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ प्रहरीका अनुसार पर्साको वीरगन्ज महानगरपालिका–१६ का २६ वर्षीय विशाल राय, जगरनाथपुर नगरपालिका–६ का २९ वर्षीय उमेश राय यादव र १० वर्षीय बालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमध्ये एकजना १० वर्षीय बालक पनि छन् ।सुलकपुरस्थित बजारमा साँझ ७ बजेतिर शब्जी किन्दै गरेकी सुन्दरहरैँचा–९ की निर्मला राईको घाँटीबाट विशालले सिक्री थुतेको प्रहरीले जनाएको छ । महिलाले घाँटीमा लगाएको सिक्री थुतेर भाग्न खोज्दै गर्दा उनलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीका अनुसा
काठमाडौँ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलामा १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (आईतबार) तोलामा ३०० रुपैयाँ बढेर १ लाख १२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ क
काठमाडौँ । तीज पर्व नजिकिएसँगै गायक गायिकाहरूले यसलाई लक्षित गर्दै आफ्ना सृजनाहरू दर्शकमाझ पस्किरहेका छन्। गायिका बबिना भट्टराईले पनि नयाँ गीत लिएर दर्शकमाझ आएकी छन्।भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तीज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतमा बबिनाकै सङ्गीत सुन्न सकिन्छ। सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। ‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरूमा समर्पित रहेको छ। केशव राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । यस गीतको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।
काठमाडौँ । नारायणगढ–मुग्लिङ सडक खण्ड आइतबार फेरि अवरुद्ध बनेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ९ बजेदेखि इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । सडक दुईतर्फी अवरोध भएसँगै इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी हटाउने पहल गरिरहेको कार्यालयले जनाएको छ ।
काठमाडौँ । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाइएको छ।नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ।यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने जारी सूचनामा उल्लेख छ ।
काठमाडौँ । थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको मृत्यु भएको छ ।घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ । नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले पटाका भण्डारण गर्ने गोदाममा विस्फोट भएको र एक सय १५ जना घाइते भएका बताए । उनीहरुको उपचार भैरहेको छ । गोदाममा लागेको आगो निभाइएको छ । विस्फोटका कारण थुप्रै घर, पसल र गाडीमा पनि क्षति पुगेको छ । दक्षिणी प्रान्त नारथिवातको सुङ्ग
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुर्नेमा मोटरसाइकल चालक धनपालथान–२ का ३५ वर्षीय सीताराम मण्डल रहेका छन् । प्रहरीका अनुसार भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बीआर ५० डी ८५४६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर शनिबार राति सडक छेउको पिपलको रुखमा ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेशमा सरकार निर्माणमा जटिलता देखिएको भन्दै मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने बताएका छन् । ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तर्वस्तु स्विकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्विकार्नु उपयुक्त होइन र ?’ उनले भनेका छन्,। सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निर्माण गरेपछि गत शुक्रवार सर्वोच्च अदाल
काठमाण्डौ । आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मौसमविद्का अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनीका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।यस्तै, राति कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिए । नेपालमा अहिले मनसुन सक्रिय भएको बताइएको छ ।