All Posts By इटहरी खबर संवाददाता

    Showing २,४२१-२,४३० of ३,०८७ items.
  • आज प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कँदै

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदिने इटाली भ्रमण सम्पन्न गरी शुक्रबार बिहान स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड स

    • प्रकाशित मितिः साउन १२, २०८०
    • ९१ पटक पढिएको
  • फिल्म ‘जय हो’को गीत ‘राजारानी’मा रोमान्टिक केकी र सलोन (भिडियोसहित)

    काठमाडौं । भदौको ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’मा समावेश ‘राजारानी’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रवार बिहान राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा फिल्मका दुई मुख्य कलाकारहरू अभिनेत्री केकी अधिकारी र अभिनेता सलोन बस्नेत प्रस्तुत छन् । सागर आले मगर र सदीक्षा कट्टेलको स्वर रहेको गीतमा केकी र सलोन रोमान्टिक देखिएका छन् । शोभित बस्नेतको प्रस्तुति रहेको ‘जय हो’ फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । फिल्ममा केकी र सलोनसँगै अर्पण थापा, निशा अधिकारी माओत्से गुरुङ लगायतका कलाकारहरू शीर्ष भूमिकामा छन् । फिल्मको निर्माता सुरज सरकार र राज के. अधिक

    • प्रकाशित मितिः साउन १२, २०८०
    • १४६ पटक पढिएको
  • तोलामा ९०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो (बिहिबार) छापावाल सुनको मूल्य  तोलामा   १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार  भएको सुनको मूल्य आज (शुक्रवार)  तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला छापावाल १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ९ सय रुपैयाँले नै घट्दै १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य पनि आज तोलामा ४० रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको

    • प्रकाशित मितिः साउन १२, २०८०
    • १३८ पटक पढिएको
  • महिला विश्वकप फुटबल :दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएपछि अप्ठ्यारोमा अर्जेन्टिना

    काठमाडौँ । नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा दक्षिण अफ्रिकाले अर्जेन्टिनालाई २—२ गोलको बराबरीमा रोकेको छ । समूहगत चरणको आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएपछि अर्जेन्टिना अप्ठ्यारोमा परेको छ । समूह ‘जी’ मा दुई खेल खेलेको अर्जेन्टिना एक अङ्कसहित चौथो स्थानमा छ । दुई खेलबाट एक अङ्क बटुलेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । एक खेल खेलेको स्विडेन तीन अङ्कसहित पहिलो र एक खेलबाटै तीन अङ्क जोडेको इटाली दोस्रो स्थानमा छन् । अर्जेन्टिना आफ्नो पहिलो खेलमा इटालीसँग १—० गोलले पराजित भएको थियो । अर्जेन्टिनाले समूहगत चरणको तेस्रो तथा अन्तिम खेल स्विडेनसँग खेल्नेछ । द

    • प्रकाशित मितिः साउन १२, २०८०
    • १३७ पटक पढिएको
  • सप्तरीमा २१ वर्षीय युवक मृत फेला, हत्या गरिएको आशंका

    काठमाडौं । सप्तरीमा एक जना युवक मृत अवस्थामा फेला परेका छन्। अर्का युवकलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वामा स्थानीय युवक २१ वर्षीय तिर्कनारायण मण्डलको शव फेला परेको हो। प्रहरीले हत्या गरिएको अवस्थामा उनको शव फेला परेको जनाएको छ। तिर्कनारायणको शव घर नजिकै हिलोमा फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शव नजिकै अर्का युवक अजय मण्डल घाइते अवस्थामा फेला परेका  छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शुक्रबार बिहान शव फेला परेको हो। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरिएको बताइएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०८०
    • ११४ पटक पढिएको
  • हिक्मत कार्कीले आज पुन मुख्यमन्त्रीको कार्यभार सम्हाल्दै

    विराटनगर । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेपछि हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको  रूपमा पुन कार्यभार सम्हाल्दै छन् । सभामुख बाबुराम गौतम सहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुंगले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुत्ती गरेपछि कार्की निवर्तमान भएका थिए । तर सर्वोच्च अदालतको बिहीबारको फैसलाले थापाको नियुक्त असंवैधानिक भन्दै नियुत्ती बदर गरेपछि अर्को सरकार गठन नभए सम्मका लागि कार्की काम चलाऊ सरकारको मुख्यमन्त्री भएका हुन । 

    • प्रकाशित मितिः साउन १२, २०८०
    • १४० पटक पढिएको
  • मौसम पूर्वानुमान : झापामा भारी वर्षा, आकस्मिक बाढीको जोखिम

    विराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार रातिदेखि झापामा भारी वर्षा भइरहेको छ। विभागले झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रगढी आसपास भारी वर्षा भएको जनाएको छ। भारी वर्षाका कारण विरिङ, रतुवा लगायत साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

    • प्रकाशित मितिः साउन १२, २०८०
    • ११३ पटक पढिएको
  • कोशी प्रदेश सरकार खारेजीको रिट उपर आजै फैसला आउन सक्ने

    विराटनगर । कोशी प्रदेश सरकार गठनका विरुद्धमा परेको रिट निवेदन उपरको  अन्तिम फैसला बुधबार ९आज० आउन सक्ने देखिएको छ । वादीका तर्फको बहस मङ्गलवार नै सकिएको र प्रतिवादीका तर्फबाट पनि बहस चलिरहेकाले आज नै बहस सकिएर फैसला आउने देखिएको हो । प्रतिवादीहरूका तर्फबाट बहसमा गर्न नाम लेखाएका कानुन व्यवसायीहरूको बहस नसकिएकोले बुधवार खाजा समय अघिसम्म बहस सक्ने तयारी गरिएको जनाइएको छ ।बुधवार बिहान ११ः३० देखि १ः०० बजेसम्म प्रत्यर्थी तर्फका थप कानुन व्यवसायीले बहस गर्ने र त्यसपछिको खाजा समय सकेर ३ बजेसम्म रिट निवेदक कार्कीका तर्फबाट जवाफ दिने गरी पूर्ण इजलासले समय निर्धारण गरेको जनाइएको छ ।मङ्गलव

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १२१ पटक पढिएको
  • पाँचथरमा जीप दुर्घटनाः घाइते थप एक जनाको मृत्यु

    पाँचथर  । पाँचथरको फिदिम नगरपालिका–२ मा हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परेका  घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि झापा लगिएकी फिदिम नगरपालिका–१० याङनाम की ४० वर्षीया सविना विकको गए राति मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते उनलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि झापा लगिएको थियो । दुर्घटनामा घाइते भई जिल्ला अस्पतालमा मृत्यु अर्का भएका व्यक्तिको पनि पहिचान खुलेको छ ।प्रहरीका अनुसार मृत्यु हुने ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेम रहेका छन् । दुर्घटनामा चालकसहित १२ जना घाइते

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १०४ पटक पढिएको
  • तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं ।  आज (बुधबार) सुनको मूल्य वृद्धि भएको छ ।आज छापावाल सुन तोलामा पाँच सयले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।यस्तै तेजाबी सुन आज प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भइ १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १४४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल