All Posts By इटहरी खबर संवाददाता

    Showing २,४८१-२,४९० of ३,०८७ items.
  • मौसम पूर्वानुमान :बिहान–दिउँसो घाम, बेलुकीपख हल्का वर्षा

    काठमाण्डौ । अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार मनसुन सामान्य अवस्थामा रहेकाले तत्काल ठूलो पानी पर्ने सम्भावना छैन ।बिहान र दिउँसो घाम लाग्ने तथा बेलुकीपख हल्का वर्षा हुने बताइएको छ ।  यसपालिको मनसुनमा केही क्षेत्रमा ठूलो परे पनि कतिपय ठाउँमा  आवश्यकता अनुसारको पानी पर्न सकेको छैन । यसपालिको वर्षामा कुनै एक ठाउँमा ठूलो पानी परे पनि नजिकै वा अर्को क्षेत्रमा पानी नपर्ने जस्ता गतिविधि देखिएको छ । यसलाई जलवायु परिवर्तनसँग जोडेर हेरिए पनि अध्ययन हुन सकेको छैन । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम चर्किएको छ । 

    • प्रकाशित मितिः साउन ४, २०८०
    • १०५ पटक पढिएको
  • सप्तरीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

    सप्तरी । सप्तरीमा किशोरीमाथि सामूहिक बलात्कार भएको छ । कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीकोमाथि बलात्कार भएको हो ।सो आरोपमा चार जना पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ ।तीन जनाले बलात्कार गरेको र एक जनाले त्यसको वातावरण बनाएको प्रहरीले बताएको छ । पीडितको जाहेरीपछि आरोपी दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः साउन २, २०८०
    • १३२ पटक पढिएको
  • दिनदिनै गाजर र पालुंगोको रस एक गिलास पिउनुस्, आँखाको तेज बढ्छ

    एजेन्सी । जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुका यस्ता फाइदा हुन्छन् :गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ ।जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ । गाजरको रसमा मरिच मिसाएर पिउँदा रुघाखोकी र कफको समस्या कम हुन्छ ।दिनदिनै गाजर पिउँदा ग्यास, अल्सर, अपच र पेट गडबडी जस्ता समस्या हराउँछन् । त्यसको रसमा कागती र पालुंगोको रस मिसाएर पिउँदा कब्जियतको समस्या हटाउँछ ।क्याल्सियम

    • प्रकाशित मितिः साउन २, २०८०
    • १९९ पटक पढिएको
  • तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । आज (मंगलबार) सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ।नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) तोलामा १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य  आज (मंगलबार)  तोलामा ३०० रुपैयाँ बढेर   १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज तेजावी सुन पनि तोलामा ३ सयले बढेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै,आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमै कारोबार भईरहेको छ ।

    • प्रकाशित मितिः साउन २, २०८०
    • १३८ पटक पढिएको
  • इलाममा ट्रकले किच्दा २० महिने बालकको मृत्यु

    इलाम  । इलामको सूर्योदय नगरपालिका –४ मा रोकिराखेको पिकप ट्रकले किचेर २० महिने बालकको  मृत्यु भएको छ । मृत्यु हुर्नेमा सूर्योदय– ४ श्रीअन्तु, बाघ पाइलेका धिरज रिजालका छोरा रियन रिजाल रहेका छन् । सोमबार बेलुका घर अगाडि बाटोमा रोकेर राखेको गाडी स्टार्ट गरेर चलाउन खोज्दा दायाँतर्फको टायरमुनि रहेका बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मे १ ज ३६२ नम्बरको पिकअप गाडीलाई चालक रेजन मगरले स्टार्टमा राखेर गाडी रोक्न राखिएको टायरमुनिको ढुङ्गा निकाल्न उत्रिएका थिए । ढुङ्गा निकाल्नासाथ गाडी गुड्दा शिशुलाई किचेको बताइएको छ । गाडी चालक मगरलाई श्रीअन्तु प्रहरी चौकीले नियन्त्रणमा लिएर

    • प्रकाशित मितिः साउन २, २०८०
    • ११९ पटक पढिएको
  • आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एक वर्षपछि आज बैठक बस्न लागेको हो । यसअघि हिजो बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ ।बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीक

    • प्रकाशित मितिः साउन २, २०८०
    • ११८ पटक पढिएको
  • कलाकारले भिजा नपाउँदा नेफ्टा अवार्ड रद्द

    काठमाडौँ । अन्ततः नेफ्टा अवार्ड नहुने भएको छ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यो अवार्ड यही जुलाई २२ मा अमेरिकाको टेक्सासमा हुने भनी आयोजकले प्रचारप्रसार गरेको थियो । आयोजकले प्रचारप्रसारसँगै मनोनयन पनि सार्वजनिक गरेको थियो । मनोनयन सार्वजनिक पछिको भिजा प्रक्रियाप्रति आयोजकले नै चित्त दुखाई गरेर पछाडि सरेपछि अवार्ड हुने वा नहुनेमा अन्योल थियो । अब भने अवार्ड रद्द भएसँगै त्यो अन्योलको अन्त्य भएको छ । अवार्डको मिति अब केबल ४ दिन मात्र बाँकी छ । मिति नजिकिँदै गएपछि कलाकारको भिजा प्रक्रियालाई लिएर अवार्ड हुन नसकेको आयोजकको दाबी छ ।अमेरिकास्थित अवार्डको स्थानीय आयोजक

    • प्रकाशित मितिः साउन २, २०८०
    • १६५ पटक पढिएको
  • अनुपको ‘एक कदम’मा स्मारिका र प्राञ्जलको रोमान्स (भिडियोसहित)

    काठमाडौँ । गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको नयाँ गीत ‘एक कदम’ सार्वजनिक भएको छ । कमला न्यौपानेको शब्द रहेको गीतमा यदिन गजमेरको संगीत र रुपम सिंह गुरुङको एरेन्ज छ ।अनुपले डेढ वर्षको अन्तरालमा सार्वजनिक गरेको यो गीत रोमान्टिक शैलीमा तयार भएको छ । म्युजिक भिडियोमा मोडल स्मारिका ढकाल र प्राञ्जल न्यौपानेको अभिनय देख्न सकिन्छ । भिडियोमा एक जोडी युवायुवतीको प्रेमकथा देखाइएको छ । भिडियो केशवराज भट्टले निर्देशन गरेका हुन्, भने मानकृष्ण मर्हजनको छायांकन र बान्दे प्रसादको सम्पादन छ । भिडियो:

    • प्रकाशित मितिः साउन २, २०८०
    • १४८ पटक पढिएको
  • कुवेतमा समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु

    काठमाडौँ । कुवेतको समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । साल्मियास्थित समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर बागलुङका राजन छन्त्यालको मृत्यु भएको हो ।गत शनिबार समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर छन्त्यालको मृत्यु भएको कुवेत प्रहरीले जनाएको छ ।पौडी खेल्ने क्रममा अन्य दुई नेपाली डुबेर सिकिस्त बिरामी भएका थिए । उनीहरूलाई सँगै गएका साथीहरूले उद्धार गरेका थिए । बिरामीको उपचार भइरहेको नेपाली दूतावास श्रोतले जनाएको छ ।समुन्द्रमा पौडी खेल्ने क्रममा पानीको छालले तानेर मृतक र अन्य दुई जनालाई निक्कै टाढा पुर्याएको थियो ।

    • प्रकाशित मितिः साउन २, २०८०
    • १५९ पटक पढिएको
  • इटहरी उपमहानगर आफैले घर नक्सा बनाउन सुरु

    इटहरी । नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने सुरु गरेको छ ।भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाउन आजैबाट औपचारिक रुपमा सुरु गरेको हो  ।इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले आफैले नक्सा बनाउन सुरु गरेका बताए ।‘नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ’, मेयर पौडेलले भने, ‘ आज साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरूक बनाउन उपमहानगरपालिकाले नै चाहेअनुसारको नक्सा बनाइदिन लागेको उनले बताए ।‘प्राइ

    • प्रकाशित मितिः साउन २, २०८०
    • १४८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल