All Posts By इटहरी खबर संवाददाता

    Showing २,५०१-२,५१० of ३,०८७ items.
  • सहकारी पीडितद्वारा माइतीघरमा विरोध प्रदर्शन, १९ जना पक्राउ

    काठमाण्डौ । सहकारी पीडितहरूले काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् । विरोधका लागि विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरू काठमाण्डौ आएका हुन् ।उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्यारेण्टी हुनुपर्ने, साँवा र ब्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । यसैबीच, प्रदर्शनका कारण सडकमा अवरोध पुगेको छ ।सहकारी पीडितहरुले आन्दोलनका क्रममा सडकमा अवरोध पुर्याएको भन्दै प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई सिंहदरबारमा राखिएको छ । सहकारी पीडितले बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरमा रहेको सहकारी विभागमा ताला लगाएका थिए।उनीहरु गएको जेठ २० गतेदेखि

    • प्रकाशित मितिः असार ३१, २०८०
    • ९४ पटक पढिएको
  • चितवनमा एकैपटक तीन वटा गाडी ठोक्किँदा एक जना घाइते

    चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जङ्गलमा आइतबार तीन वटा गाडी ठोक्किँदा एक जना घाइते भएका छन् । घटनामा कालिका नगरपालिका वडा नं। ६ घर भएका ४६ वर्षीय चालक टेकनाथ वाग्ले घाइते भएका छन् ।  वाग्लेको पुरानो मेडिकल कलेजमा उपचार भइराखेको प्रहरीले जनाएको छ । पूर्वी चितवनको टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको प्रदेश ३-०१-००२ च ७९०१ नं.को कार, सोही स्थानबाटै आएको ना १७ च ६८०० नं.को कार र नारायणगढबाट टाडी जाँदै गरेको लु २ च ७१०६ नं.को स्कोर्पियो हाइस ठोक्किएको थियो। 

    • प्रकाशित मितिः असार ३१, २०८०
    • १४३ पटक पढिएको
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७४ विन्दुले बढेको छ । यससँगै सूचक २०८५.६७ अंकमा अडिएको छ । ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  ७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ । 

    • प्रकाशित मितिः असार ३१, २०८०
    • १३९ पटक पढिएको
  • आज सातै प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।  साथै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।मधेस प्रदेश लगायत कोशी प्रदेशका तराई भू(भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।आज राति भने मधे

    • प्रकाशित मितिः असार ३१, २०८०
    • १०१ पटक पढिएको
  • तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ ।  आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५००   रुपैयाँ रहेको  सुनको मूल्य आज (आईतबार) तोलामा ३०० रुपैयाँले घटेर तोलामा १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।  यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ  महासंघले गत साताको शुक्रबारको तुलनामा आज मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम छ ।

    • प्रकाशित मितिः असार ३१, २०८०
    • १३१ पटक पढिएको
  • म्युजिकल सिनेमा ‘समलिङ्गी’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । नेपाली गीत सङ्गीत बजारमा नयाँ प्रकारको “समलिङ्गी” नामक  म्युजिकल सिनेमा सार्वजनिक छ ।  हालसम्म निस्केको र  बनेको भन्दा फरक कथा र विषय समेटेर भिडियो बनाइएको  निर्माण पक्षको दाबी छ।शिरिशा पौडेलको शब्द, भीम बिसीको सङ्गीत तथा समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् । दीपशिखा खड्का र सृष्टि खड्का फिचरिङ उक्त भिडियोको सिलन लम्सालले सम्पादन गरेका छन्।सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक वसन्त सापकोटाले यो म्युजिकल भिडियोमा भने आफू क्रीएटिभ डाइरेक्टरका रूपमा काम गरेका बताए । भिडियोलाई दीपशिखा खड्काले निर्देशन गरेकी हुन् ।भि

    • प्रकाशित मितिः असार ३१, २०८०
    • १९० पटक पढिएको
  • सिटिजन्स लाइफको आईपीओमा आवेदन खुल्यो

    काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । साउन १४ गतेसम्म आवेदन दिन सकिने यस आईपीओ वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर खुलाइएको हो ।कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि ११ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुलाएको जनाएको छ । लाईफले १०० रुपैयाँको आईपीओमा १४४ रुपैयाँ थपेर २४४ रुपैयाँ प्रतिकित्तामा आईपीओ बिक्री गर्नेछ ।कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी क्यापिटल रहेको छ । कम्पनीको जारी पूँजी तीन अर्ब पचहत्तर करोडमध्ये ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणलाई बिक्री गरिनेछ । यसमध्ये १ अर्ब १२ करोड पचास लाखको ५ प्रतिशत सेयर कर्म

    • प्रकाशित मितिः असार ३१, २०८०
    • १३० पटक पढिएको
  • सैद्धान्तिक परिक्षामा पास विद्यार्थीलाई प्रयोगात्मकमा फेल गराएपछि !

    विराटनगर । क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउने तीन जना विद्यार्थीलाई विराटनगरस्थित कोसी हेल्थ एन्ड साइन्स क्याम्पसले प्रयोगात्मक परिक्षामा फेल गराइदिएको छ । क्याम्पसको बीपीएच चौथो वर्षमा अध्ययनरत तीन जना विद्यार्थीलाई कलेज प्रशासनले फेल गराएको हो। विद्यार्थीहरु रूपा न्यौपाने, मनीषा यादव र अन्नयिया भगत फेल भएका हुन् । पूर्वाञ्चल विश्वविद्यालयले बीपीएच सातौं सेमेस्टरको परीक्षाअन्तर्गत सैद्धान्तिकतर्फ पास भएका उनीहरुले प्रयोगात्मकमा न्युन अंक पाएपछि पत्रकार सम्मेलन गरेर असन्तुष्टी जनाएका छन् । केही समयअघि क्याम्पस प्रमुखले अपशब्द बोलेको विषयमा आफूहरुले प्रतिरोध गरेपछि रिसइबी साँधेको

    • प्रकाशित मितिः असार ३१, २०८०
    • १५२ पटक पढिएको
  • तोलामा १०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं  ।   आज (शुक्रबार) सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ।नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहिबार) तोलामा १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य  आज (शुक्रबार) तोलामा १०० रुपैयाँ बढेर   १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज तेजाबी सुन १ लाख ११ हजार ९५० कायम भएको छ। आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी १४४० रुपैयाँमा कारोबार भएको थियो।

    • प्रकाशित मितिः असार २९, २०८०
    • १३८ पटक पढिएको
  • ‘हिँड्दा हिँड्दै’ को टिजरमा झल्कियो आकाश र रेखाको प्रेम (टिजरसहित)

    काठमाडौँ । प्रेम कथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को टिजर सार्वजनिक गरिएको छ । भदौ १ गतेबाट प्रदर्शन हुने चलचित्रको करिब एक मिनेट लामो टिजर साइराम पिक्चर्स मार्फत दर्शकमाझ ल्याइएको हो ।  नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा मिलन आले मगर निर्देशित चलचित्रको टिजरमा अभिनेता आकाश श्रेष्ठ र नव अभिनेत्री रेखा शाहबीच प्रेम र बिछोडको कथा देखाइएको छ, साथमा सलोन बस्नेत र सानीया खानलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । सुशील पंगेनीको लेखन र निर्माणमा बनेको चलत्रिमा आकाश, रेखा, सलोन ,सानियाका साथमा बिमल श्रेष्ठ, भोला सापकोटा, विशाल श्रेष्ठ, विकास थापा मगर र बालकलाकार अर्विन थिङ्गल

    • प्रकाशित मितिः असार २९, २०८०
    • १८० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल