झापा । झापामा गएराति अटो र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे ७ प ८५९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार झापाको बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको हो ।मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ का ५७ वर्षीय जीवन सुवेदी घाइते भएका छन् । प्रहरीले अटोचालक झापा गाउँपालिका–२ का ३० वर्षीय श्यामसुन्दर महतोलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । राजधानीको त्रिवि शिक्षण अस्पतालसँगैको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् । सोही अस्पतालको फार्मेसी इन्चार्ज अमृत पोखरेल शुक्रबार बिहान मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परीसर काठमाडौँका एक अधिकृतले स्टोर रुपमा पोखरेल मृतावस्थामा फेला परेको जानकारी दिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार घटनास्थलमा दुई पेज लामो सुसाइड नोट बरामद भएको छ ।
कञ्चनपुर । बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।बिहीबार साझँ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिए । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।डगौंरालगायत १०÷१२ महिलाको समुह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौँरामाथि आक्रमण गरेको हो ।
झापा । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९, दासढुंगामा बागमती प्रदेश ०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो ।रूखमा अड्किएपछि ठूलो दुर्घटना हुन नपाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा ४० यात्रु सवार थिए।घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा र आठ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। एक जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।सो अवसरमा उपप्रधान एवं गृहमन्त्रीले नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी उनको स्मरण गरेका छन् । देशभर विभिन्न साहित्यिक संघसंस्थाहरुले भानुभक्तको योगदानको चर्चा तथा उनका रचना वाचन गरी उनको जन्मजयन्ती मनाइरहेका छन् । भानु जयन्ती, सांस्कृतिक र साहित्यिक महोत्सवका रूपमा नेपालका साथै भारतको सिक्किम, दार्जिलिङका पहाडमा नेपालीभाषी समुदायबीच उत्साहका साथ मनाइन्छ।भानुभक्तको सबैभन्दा ठूलो योगदान वाल्मिकी रामायणलाई संस्कृतबाट ने
राजविराज । सप्तकोसी नदीमा शुक्रबार बिहान एउटा मालवाहक ट्रक खसेको छ । सप्तकोशी ब्यारेजमा बस र ट्रक आपसमा ठोक्किँदा ट्रक कोशी नदीमा खसेको हो । ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरिएको छ ।पश्चिमबाट पूर्वतर्फ आइरहेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक र पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १७६५ नम्बरको यात्रुवाहक बस ब्यारेजको पुलको १० नम्बर ढोका अगाडिबाट आपसमा ठोक्किएको थियो । सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार नदीमा ट्रक झर्दा पुलको १० फिट पर्खालमा समेत क्षति पुगेको छ । बसका यात्रुहरू भने सकुशल छन् । नदीमा खसेको मालवाहक ट्रकबाट सामान नदीमा बगेको तथा ट्रकलाई निकाल्ने प्रयास भइरहेक
इटहरी । इटहरी उपमहानगरपालिकाले कक्षा ११ मा परिक्षा लिएर छात्रवृत्ती दिने भएको छ । त्यसको लागि साउन २२ गते परीक्षाको मिति तोकिएको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने अधिकृत फाल्गुनीप्रसाद काफ्लेले जानकारी दिएका छन् ।उपमहानगरपालिकाको शिक्षा शाखाका अनुसार साउन १ गतेदेखि साउन १५ गतेसम्म आवेदन खुल्ला रहने छ । शैक्षिक सत्र ०८०÷८१ का लागि विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति दिइनेछ ।
उदयपुर । सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका ५ ईन्द्रटोल बस्ने भारतीय नागरिक प्रविण भट्ट समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उदयपुरको कटारी नगरपालिका ४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको भन्दै उनीहरुले त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएको छ । साथै उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप बिहीबारदेखि श्रीलंकामा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ का दुई खेल हुँदैछन् । पहिलो खेलमा दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् । यी दुबै टोलीले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएका छन् । उक्त खेलमा नेपालका बुद्धिबहादुर प्रधान अम्पायरको भूमिकामा छन् । प्रधानसँगै भारत र ओमानका अम्पायर पनि उक्त खेलमा सक्रिय छन् । ४७ वर्षीय प्रधानले हालसम्म ४४ एकदिवसीय खेलमा अम्पायर र एउटा एकदिवसीय खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । इमर्जिङ कपको पहिलो दिन नै अफगानिस्तान र ओमानबीच पनि खेल हुँदैछ । पहिलो दिनको दुबै
काठमाडौँ । आज (बिहिबार) सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) तोलामा १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर आज (बिहिबार) १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज तेजावी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।बिहीबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो।