काठमाण्डौ । आज (आईतबार) सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।गत (शुक्रबार) सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ थियो ।यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ ।आज चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा शव डुबिरहेको अवस्थामा फेला परेको थियो । दुईमात्र सन्तान रहेका नागेन्द्रको दुवै छोराको मृत्यु भएपछि अहिले पूरै जिङ्गडवा गाउँ शोकमा डुबेको छ।
मोरङ । कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट दुई र नेपाली कांग्रेसबाट एक जनाले मन्त्री पदको सपथ ग्रहण गरेका छन्। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबार भएको सपथग्रहणमा माओवादीबाट जीवन आचार्य, राजेन्द्र गौतम र कांग्रेसबाट रामकुमार खत्रीले शपथ ग्रहण गरेका हुन्।यससँगै मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारमा मुख्यमन्त्री थापासहित ६ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ।पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका हुन्।त्यसैगरी, गौतम र खत्री भने विना विभागीय मन्त्रालयको जिम्मेवारीमा रहेका छन्।
डडेल्धुरा । विषालु च्याउ खाँदा डोटीमा एकै गाउँका ११ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना बिरामी भएका हुन् ।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार विषालु च्याउ खाएर बिरामी भएका सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेका छ । शनिबार साँझ जंगली विषालु च्याउ खाएर बिरामी परेको बताइएको छ ।डडेल्धुरा अस्पतालका अनुसार बिरामी सबैको उपचार भइरहेको छ ।
काठमाडौँ । आज (सोमबार) सुनको मूल्य तोलामा १०० रुपैयाँले गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । हिजो आइतबार तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
झापा । आज (सोमबार) बिहानै हात्तीको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा मेचीनगर नगरपालिका–१० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह रहेकी छिन्।दैनिक पूजाका लागि घरबाहिर निस्केकी साह बिहान ५ हात्तीको आक्रमणमा परेकी हुन्। घटघनास्थल घरसँगै जोडिएको छ। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । स्थायी घर भारत भएकी पन्नादेवी एक वर्ष अघिदेखि छोरी वसन्ती साहसँग बस्दै आएकी थिइन्। शव धुलाबारी प्रहरीले उठाउने तयारी गरिरहेको जनाईएको छ।
विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० अन्तगत सरकार गठनको आव्हान गरेका हुन् । सो धारामा दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको गर्ने व्यबस्था छ । यस अघि हिक्मत कार्की नेतृत्वको सरकार पनि सोही धारा अन्तरगत गठन भएको थियो । खापुङले नयाँ सरकार गठनका लागि चारदिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् । प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकारले शुक्रवार विश्वासको मत पाउन सकेको थिएन । त्यसपछि कानुनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् ।&
काठमाडौं । आषाढ शुक्ल पूर्णिमा अर्थात् ज्ञान दिने गुरुको सम्मान गर्ने दिन। १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि सोमबार मनाइँदैछ।गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ। मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ। वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य ९गुरु०को मुख्य भूमिका रहने मानिएको छ। मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको छ।महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ
काठमाडौँ । गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचिदिन्छु’ सार्वजनिक भएको छ । खरेलकै शब्द तथा संगीत रहेको गीतमा विशम आचार्यको एरेन्ज रहेको छ । डान्सिङ शैलीमा तयार गरिएको गीतको आकर्षक भिडियो निर्माण भएको छ । भिडियो बहुचर्चित हिन्दी फिल्म ‘सोले’को ‘जब त है जान’ गीतको थिममा तयार भएको छ । भिडियोमा कामेश्वर चौरेशिया, पुष्प खड्का, कविता नेपाली लगायतको अभिनय छ । गीतमा कामेश्वर गम्बर सिंहको रुपमा प्रस्तुत भएका छन् । गीतमा पुष्प र कविताको अभिनय र नृत्य उत्कृष्ट रहेको छ । जय हो द फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा उत्तम हुँमागाईको छायांकन, रुपेश खड्काको सम्पादन र निकेश खड्काको निर्द