All Posts By इटहरी खबर संवाददाता

    Showing २,५६१-२,५७० of ३,०८७ items.
  • तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ ।  आज (शुक्रबार) सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • १४३ पटक पढिएको
  • ओखलढुंगामा ट्याक्टर दुर्घटना हुँदा १८ बर्षीय किशोरीको मृत्यु

    काठमाडौं । ओखलढुंगाको लिखुमा ट्याक्टर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । बिहीबार गैरा वरपिपलमा ट्याक्टर दुर्घटना हुँदा १८ बर्षीय अप्सरा खड्काको मृत्यु  भएको हो ।दुर्घटनामा ट्याक्टर १५० मिटर तल खस्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु  भएको हो ।दुर्घटना भएको उक्त ट्याक्टरमा ७ जना सवार थिए । अन्य यात्रु हामफालेर बाँच्न सफल भए भने चालक सामान्य घाइते भएका छन् ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • १०७ पटक पढिएको
  • यस्तो छ फिल्म ‘लुङा’को गीत ‘अल्लारे जोवन’(भिडियोसहित)

    काठमाडौंँ । अगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने फिल्म  ‘लुङा’को ‘अल्लारे जोवन’ गीत सार्वजनिक भएको छ । आयुष प्रधानको स्वर, शब्द र संगीत रहेको गीत रोमान्टिक थिममा तयार छ । गीतमा अभिनेता भुवनसिंह राई र अभिनेत्री सारा लोहोरुङ राईबीचको प्रेम, नोंकझोक र परिवारको अवरोधलाई देखाइएको छ । किरण राईको निर्देशन रहेको फिल्ममा भुवन र साराको अलवा बुद्दि तामाङ, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीपजंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङ लगायतको पनि अभिनय छ । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा सञ्जीव राई हुन् ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • १९० पटक पढिएको
  • निरन्तर वर्षाका कारण मालढुङ्गा–बेनी सडक अवरुद्ध

    पर्वत । निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको केराबारीमा सडकमाथिवाट आएको पहिराले पुरिएर गए रातिदेखि सडक अवरुद्ध बनेको हो । निरन्तर वर्षा भएका कारण अहिलेसम्म पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन । वर्षा रोकिएपछि सम्बन्धित निर्माण व्यावसायीलाई सडक खुलाउनका लागि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीका लागि अन्य जिल्लाबाट आएका सवारीसाधन र यात्रु लस्तीमा थन्किएका छन् । म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरी

    • प्रकाशित मितिः असार १५, २०८०
    • १०१ पटक पढिएको
  • साउदी अरबमा भएको गोलाबारीमा नेपाली सुरक्षागार्डको मृत्यु

    एजेन्सी । साउदी अरबको जेद्दामा अमेरिकाको महावाणिज्य दूतावासको नजिक एक भवनमा भएको गोलाबारीमा २ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै मारिनेमा एक जना सुरक्षा गार्ड र एक जना बन्दुकधारी रहेको उल्लेख गरेको छ ।घटनामा कुनै पनि अमेरिकी नागरिकलाई क्षति नपुगेको जानकारी दिइएको छ । साउदी प्रेस एजेन्सीका अनुसार गोलाबारीमा अमेरिकाको वाणिज्य दूतावासमा काम गर्ने एक नेपाली सुरक्षा गार्ड घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको थियो । मृतकको नाम भने खुलाइएको छैन ।साउदी अरबको मिडिया रिपोर्टमा एक अज्ञात व्यक्तिले अमेरिकी वाणिज्य दूतावास अगाडि गाडी रोकेर बन्दु

    • प्रकाशित मितिः असार १५, २०८०
    • १३० पटक पढिएको
  • आज असार १५ः दही–च्यूरा खाने पर्व तथा राष्ट्रिय धान दिवस मनाइँदै

    काठमाडौं । आज असार १५ गते नेपालमा राष्ट्रिय धान दिवस मनाइँदैछ ।असार १५ गतेलाई नेपाली समाजमा दही–च्यूरा खाने पर्वको रुपमा पनि मनाइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • १२५ पटक पढिएको
  • मौसम पूर्वानुमान आज र भोलि देशभर झरी पर्ने सम्भावना

     काठमाण्डौ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन् । केही ठाउँमा ठूलो  वर्षा समेत भएको छ ।मौसमविद्का अनुसार आज पनि कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो र केही ठाउँमा अति ठूलो वर्षाको अनुमान छ ।मनसुन सक्रिय भएकाले आज र भोलि देशभर नै पानी पर्ने सम्भावना रहेको बताइएको छ । लगातारजसो झरी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम छ ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • १२८ पटक पढिएको
  • नेमुवाबाट ३८ किलो गाँजा बरामद

    विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवाबाट प्रहरीले आज (बुधबार) बिहान अन्दाजी ३८ किलोग्राम गाँजा बरामद गरेको छ । चेकजाँचका लागि खटिएको इलाका प्रहरी कार्यालय नेमुवाका प्रमुख एवं प्रहरी नायव निरीक्षक उज्वल शाक्य नेतृत्वको टोलीले लागूऔषध गाँजा बरामद गरेको हो । मोरङ प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय नेमुवाअगाडिबाटै गाँजा बरामद गरिएको हो । गाँजा ओसारपसारमा संलग्न भने प्रहरीलाई छलेर भाग्न सफल भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल चेकजाँचका लागि प्रहरीले बिहान ५ बजेतिर रोक्न खोजेको थियो । जेब्रा झोला र पछाडि बोकेको भिर्ने झोला सडकमा फालेर मोटरसाइकलमा

    • प्रकाशित मितिः असार १३, २०८०
    • २०६ पटक पढिएको
  • नवलपरासीमा छोराद्वारा धारिलो हतियार प्रहार गरी आमाको हत्या

    बुटवल ।  पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको  प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको थियो ।  हत्यापछि कुमार भागेर रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा  प्रहरीले पक्राउ परेको हो ।  

    • प्रकाशित मितिः असार १३, २०८०
    • १०५ पटक पढिएको
  • तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

    काठमाडौँ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधवार) छापावाला सुनको मूल्य  तोलामा ६०० रुपैयाँ घटेर  प्रतितोला  १ लाख १० हजार  रुपैयाँमा कारोबार भईरहेको छ ।अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ५ सय रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः असार १३, २०८०
    • १२३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल