इटहरी । ग्लोबल आईएमइ बैंकले गुण्डागर्दी देखाएको भन्दै उद्योग वाणिज्य संघले आज (सोमबार) इटहरी बजार बन्द गराएको छ ।व्यापारीलाई आतंकित बनाएको र गुण्डागर्दी शैलीमा बैंक प्रस्तुत भएको भन्दै उद्योग वाणिज्य संघ इटहरीले बजार बन्दको आह्रवान गरेको हो । प्रहरीसमेत लिएर गइ बैंकले आइतबार इटहरीको शुभलक्ष्मी ज्वेलर्सको सामान जफत गर्न खोजेको थियो । बैंकबाट लिइएको ऋणको साँवा व्याज तिर्न नसकेपछि बैंकले ऋण लिँदा राखेको सम्पती लिलामीका लागि पत्रिकामा सूचना प्रकाशन गरिसकेको थियो । सुन पसल संचालक राजमणी श्रेष्ठले ग्लोबल आईएमई बैंकको ऋण तिर्नका लागि अर्को एक वाणिज्य बैंकमा ऋणकै लागि आवश्यक प्रकृगा अग
काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदहबाट सशस्त्र प्रहरीले सुन जस्तो देखिने २ किलो धातु बरामद गरेको छ ।प्रहरीका अनुसार सशस्त्र प्रहरी बल बीओपी बयरघाटबाट खटिएको टोलीले शनिवार मध्यराति भारततर्फ जाँदै गरेको बा.१२ च ३८२० नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्दा पँहेलो धातु बरामद गरेको हो । चेकजाँच गर्दा गियर बक्समा फल्स बटन बनाएर लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ईट्टा आकारको सुन भेटिएको प्रहरीले जनाएको छ । कार चालक दाङको घोराही नगरपालिका १० घर भएका हुमानन्द गिरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक १।८४ अंकले बढेको छ । यससँगै सूचक २०५७।३७ विन्दुमा आएको छ । ५ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १८ सय ३० कित्ता सेयर कारोबार भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
एजेन्सी । बेल्जियमको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सेड्रिक रुसेलको ४५ वर्षको उमेरमा निधन भएको छ । उनले बेल्जियमको राष्ट्रिय टोलीबाट तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले इङ्ल्यान्डको कोभेन्ट्री सिटी र बेल्जियन क्लब जेन्टबाट ब्यवसायीक फुटबल खेलेका थिए ।यसका अतिरिक्त उनले उल्भरह्याम्पटन, जेन्क, रुबेन कजान, मोन्सलगातका थुप्रै क्लबबाट ब्यवसायीक फुटबल खेलेका थिए । ‘हाम्रा पूर्वखेलाडी सेड्रिक रुसेलको शनिबार राति निधन भएको छ,’ बेल्जियन क्लब मोन्सले भनेको छ ।
बागलुङ । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । साविक उपविजेता नेपाल १४ औं संस्करणको साफ च्याम्पियनसिपको समूहचरणबाट बाहिरिएको छ। शनिबार राति बैंगलोर स्थित कान्तिरभा स्टेडियममा भएको खेलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल पराजित भएसँगै भारत र कुवेतले सेमिफाइनलमा स्थान बनाएका छन्।पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा भने भारतसँग गोलखानबाट जोगिन सकेन। भारतको गोलविहीन यात्रा सुनिल क्षेत्रीले तोडेका थिए। सुनिलले करिअरको ९१ औ अन्तराष्ट्रिय गोल पुरा गर्ने क्रममा ६१ औ मिनेटमा टिमका लागि महत्वपूर्ण गोल गरेका थिए।दोस्रो हाफमा एकपछि अर्को गोल निकालेको भारतका लागि दोस्रो गोलमा प
काठमाडौं । देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आइतबार दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित हल्काद
काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले आज (आइतबार) उज्वेकिस्तानको सामना गर्दैछ। बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ। नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ।नेपाल आज पहिलो जितको खोजीमा रहेको छ। नेपालले अघिल्ला पाँच खेलमा लगातार हार व्यहोरेको थियो। नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो। तेस्रो खेलमा इरानसँग पराजित भएको नेपालले चौंथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो।
इटहरी । इटहरीस्थित जनता माविमा यो वर्षदेखि कानुन विषयका कक्षाहरु पढाइने भएको छ । विद्यार्थीहरुप्रति कानुन विषयको रुचीलाई ध्यानमा राख्दै कक्षा ११ र १२ मा उक्त विषयका कक्षाहरु थप गरिएको विद्यालयका प्रिन्सिपल पशुपती सिग्देलले जानकारी दिए । प्रत्येक वर्ष थप कक्षा र विषयहरु राखेर विद्यार्थीहरुलाई व्यवहारिक र उपयोगि शिक्षा दिन आफूहरु अग्रसर बनेको उनले बताएका छन् । शिक्षा, मानवीकी,विज्ञान, व्यवस्थापन विषयका कक्षाहरु पढाइ भइरहेकोमा यो वर्षदेखि कानुन विषय थप हुने उनले बताए ।स्कुलको कक्षा ११ र १२ मा गरेर अहिले ८५० जना विद्यार्थी अध्ययनरतछन् । विषय थपसँगै विद्यालयको थप कोठा निर्माण कार्य पनि ती
इटहरी । इटहरी क्षेत्रका निजी विद्यालयलाई अनिवार्य छात्रवृत्तिको विवरण पठाउन इटहरी उपमहानगरले परिपत्र जारी गरेको छ । विपन्न विद्यार्थीका लागि इटहरी उप–महानगरपालिकाले प्रदान गर्ने छात्रवृत्तिका लागि आज (शुक्रबार) विद्यालयलाई विवरण उपलब्ध गराउन परिपत्र जारी गरेको हो । इटहरी उप–महानगरको शिक्षा विभागले संस्थागत विद्यालयहरूले शैक्षिक सत्र २०८० मा विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति प्रदान गरी विवरण बुझाउन सकुर्लर गरेको हो ।आर्थिक अवस्था कमजोर भएका, दलित, गरिब, सीमान्तकृत परिवारलाई समेटेर कुल विद्यार्थीको १० प्रतिशत छात्रवृत्ति अनिवार्य गरेर विवरण