All Posts By इटहरी खबर संवाददाता

    Showing २,८४१-२,८५० of ३,०८७ items.
  • नेपाली फुटबलका कप्तान किरणले गरे विवाह

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन् । कप्तान किरणले बुधबार प्रेमिका कञ्चन निरौलासँग विवाह गरेका हुन् । किरण र एयर होस्टेज कञ्चन डेढ वर्षयता प्रेम सम्बन्धमा थिए । किरणको विवाहमा नजिकका आफन्त र फुटबल खेलाडी, पदाधिकारीलाई विवाहमा निम्तो दिइएको थियो । गत महिना माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेको अवसरमा किरणले कञ्चनलाई मैदानमै विवाहको प्रस्ताव राखेका थिए । किरण आबद्ध माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले माल्दिभ्सको शीर्ष लिगको उपाधि जित्दा उनी उत्कृष्ट गोलरक्षक चुनिए । 

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • १०४ पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं । आज (बुधबार) सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ । आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ ।अघिल्लो दिन १ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १ हजार १३० रुपैयाँ कायम गरिएको छ ।

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • १११ पटक पढिएको
  • एक खेल अगावै अष्ट्रेलियाले जित्यो दोस्रो एक दिवशीय क्रिकेट

    काठमाडौं । अष्ट्रेलियाले दोस्रो एक दिवशीय क्रिकेटमा जिम्बावेलाई ८ विकेटले पराजित गर्दै एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको छ । तीन खेलको शृंखलाको पहिलो खेल अष्ट्रेलियाले ५ विकेटले जितेको थियो । लगातार दोस्रो खेल जित्दै अष्ट्रेलियाले २-० को अग्रतासहित शृंखला आफ्नो पक्षमा पारेको हो ।स्टिभ स्मिथ र एलेक्स केरीले अविजित ८४ रनको साझेदारी गरेपछि जिम्बावेले दिएको ९७ रनको लक्ष्य अष्ट्रेलियाले १४.४ ओभरमा पूरा गरेको हो । स्मिथले ४१ बलमा अविजित ४७ रन बनाए । उनले ८ चौका र १ छक्का प्रहार गरे । केसीले अविजित २६ रन जोडे । डेभिड वार्नरले १३ रन बनाए भने कप्तान आरोन फिन्च १ रनमा आउट भए । जिम्बावेका रिचर्ड एन

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • ९८ पटक पढिएको
  • नोबेल अस्पतालको दोस्रो तलाबाट खसेर एक बिरामी गम्भीर घाइते

    विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको दोस्रो तलाबाट खसेर बुधबार बिहान एक जना बिरामी गम्भीर घाइते भएका छन्।  मानसिक समस्याको उपचार गराइरहेका झापाको गौरीगञ्ज नगरपालिका–६ का २९ वर्षीय आशिष लुइँटेल अस्पतालको दोस्रो तलाबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि भदौ १० गते अस्पताल भर्ना गरिएको थियो। अभिभावकसँगै रहेका लुइँटेल अस्पतालको दोस्रो तलको झ्यालबाट बिहान ७ः१० बजेतिर एक्कासि खसेका थिए। उनको टाउको, निधार लगायत विभिन्न भागमा चोट लागेको छ। गम्भीर अवस्थाका लुइँटेलको नोबेलमै उपचार भइरहेको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।  

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • ६९ पटक पढिएको
  • मोरङ क्षेत्र नम्बर ३ बाट डा. सुनिल शर्मा सिफारिस

    मोरङ । नेपाली कांग्रेसका महासमिति सदस्य डा. सुनिल शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्।अघिल्लो निर्वाचनमा पराजित डा. शर्मालाई मंगलबार बसेको मोरङको क्षेत्रीय कमिटी बैठकले सिफारिस गरेको हो।बैठकमा ६ जना व्यक्तिको नाममा छलफल हुँदा कांग्रेसको संस्थापन पक्षधरले नै शर्माको नाममा सहमति गर्न प्रस्ताव गरेको थियो।काठमाडौँ शिक्षण अस्पतालका सञ्चालक रहेका डा. शर्मा यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेका भानुभक्त ढकालसँग १ हजार ९ सय ७ मत अन्तरले पराजित भएका थिए।ढकालले ४२ हजार ४ सय १३ मत हासिल गर्दा डा. शर्माले ४० हजार ५ सय ६ मत पाएका थिए।

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • १०३ पटक पढिएको
  • एसिया कप टी–२० मा अफगानिस्तानको लगातार दोस्रो जित

    काठमाडौं । एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा अफगानिस्तानले लगातार दोस्रो जित हात पारेको छ । उसले समूह ‘बी’ अन्तर्गत गएरातिको खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । योसँगै अफगानिस्तानले समूह विजेताका रूपमा सुपर चारमा स्थान सुरक्षित गरेको छ । पहिलो खेलमा उसले श्रीलंकालाई ८ विकेटले हराएको थियो ।१२८ रनको लक्ष्य अफगानिस्तानले १८.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि अविजित रहेका नजिबुल्लाह जाद्रनले ४३ र इब्राहिम  जद्रनले ४२ रनको योगदान दिए । हजरतुल्लाह जर्जाइंले २३ तथा रहमनुल्लाह गुर्बाजले ११ रन जोडे । बंगलादेशका लागि शाकिव अल हसन, मोसाद्देक

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • १०६ पटक पढिएको
  • कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हिजो मंगलबार सार्वजनिक गर्ने भनेको कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ ।  तीजको दिन सार्वजनिक विदा परेकाले नतिजा सार्वजनिक गर्न नहुने प्रतिक्रिया आएपछि मंगलबार सार्वजनिक हुने भनिएको परिक्षाफल आज सार्वजनिक गर्न लागिएको हो ।यसअघिको तयारी अनुसार सोमबार राती सबै प्रक्रिया पूरा गरेर मंगलबार परीक्षाफल प्रकाशित गर्ने गरी बोर्डका कर्मचारीलाई बिदा दिइएको थियो ।

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • १४० पटक पढिएको
  • कागेश्वरी नगरपालिकाले माग्यो आठौंदेखि चौथो तहसम्मका कर्मचारी

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाकागेश्वरी मनोहरा नगरपालिकाले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि नगरपालिकाले दरखास्त आह्वान गरेको हो । नगर कार्यपालिका कार्यालय तथा नगरपालिका अन्तर्गत मुलपानी नगर अस्पतालका लागि कर्मचारी आवश्यक भएकाले कर्मचारी माग गरिएको हो । मेडिकल अधिकृत, डेन्टल सर्जन, हल्थ असिष्टेन्ट, स्टाफ नर्स, डेन्टल हाइजिनिष्ट, फार्मेसी सहायक, ल्याव असिस्टेन्ट, सहायक कम्युटर अपरेटर, उद्यम विकास सहजकर्ता, फार्मेसी सहायक, रेडियोग्राफर, प्लम्बर, इलेक्ट्रिसियन र कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको छ । योग्यता पुगेका इच्छुक नागरिकले १५ दिनभित्र

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • ६८ पटक पढिएको
  • आज निलम्बित प्रधानन्यायधीश राणासँग बयान लिइँदै

    काठमाडौं। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधिस चोलेन्द्र समशेर राणासँग आज बयान लिने भएको छ। सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायधीश राणासँग बयान लिन लागेको हो।नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधिससँग बयान लिन लागेको हो।फागुन १ गते सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो। सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो।

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • ६४ पटक पढिएको
  • दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु, १२ जना घाइते

    दाङ । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङमा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।यस्तै चट्याङ लागेर सोही स्थानका १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङ डिएसपी राजन गौतमका अनुसार घटनास्थल चार-पाँच घण्टाको दूरीमा भएकाले मृतकको नाम र घाइतेहरूको अवस्था अझै पत्ता लागेको छैन। बुधबार बिहान प्रहरीको टोली घटनास्थल गएको र सम्पर्क हुन नसकेको उनले बताए। 

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • ६१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल