सुर्खेत । लागूऔषध ब्राउनसुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट श्रीमान्-श्रीमती पक्राउ परेका छन्। कर्णाली प्रदेश प्रहरी लागूऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार वीरेन्द्रनगर नगपालिका–४ सुर्खेत समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले उनीहरूको घरको कोठाका विभिन्न ठाउँमा लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध ब्राउनसुगर जस्तो देखिने ४७ ग्राम ६२० मिलिग्राम फेला पारी बरामद गरेको हो ।यस्तै रु २६ हजार ३०० बरामद गरी उक्त दम्पतीलाई
काठमाडौं । भगवान शिवको आराधना गर्दै यस वर्षको साउने सोमबारको ब्रत आज सकिदैछ । महिनाको अन्तिम सोमबार आज ब्रतालुहरुले दान दक्षिण गर्दै ब्रत समाप्त गरेका हुन् ।साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । दान धर्म र ब्रतले गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।बोलबम तीर्थालुहरुको पनि पशुपतिलगायत देशभरका शिवालयमा घुइँचो छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरिदिएकी छन् । आइतबार विधयेकमा संसद्ले पुनर्विचार गर्न आवश्यक भएको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ । संविधानको धारा ११३ को उपधारा (३) मा प्रमाणीकरणका लागि पेस भ
मोरङ । उर्लाबारीको एक अस्पताल भवन उद्घाटनका क्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवको विरोध भएको छ।नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपीडी भवन उद्घाटनका क्रममा आइतबार स्वास्थ्यमन्त्री यादवलाई केही युवा समूहले कालो झण्डा प्रदर्शन गरेका थिए। भवन निर्माणका क्रममा अनियमितता भएको विरोधमा स्थानीय मंगलबारे युवा क्लबका पदाधिकारीहरुले मन्त्री यादवको विरोध गरेका हुन्। क्लबका अध्यक्ष पिपलराज गिरीसहित महासचिव रेशु कटवाल र तीन जना सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।विरोधपछि प्रहरी नियन्त्रणमा परेका युवालाई मन्त्री यादवले नै छाडिदिन आग्रह गरेका थिए। मन्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ सय ५५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। चार हजार ८२९ गरिएको परीक्षणमा ४ सय ५५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।दुई हजार ३ सय ८ पिसिआर परीक्षणमा ३ सय ५ र दुई हजार ५ सय २१ एन्टिजेन परीक्षणमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु हुँदा ३ सय २ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ।
झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकाले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ। कचनकवल–१ स्थित भुतेश्वर महादेव शिवालय मन्दिरमा प्रत्येक वर्ष साउनको अन्तिम सोमबार स्थानीय मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए। उनका अनुसार गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायतका सम्पूर्ण सरकारी कार्यालयहरू बन्द रहनेछन्।
काठमाडौँ । साफ यू १७ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ । च्याम्पियनसिप श्रीलंकाको रेस कोर्स इन्टरनेसनल स्टेडियममा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुँदैछ ।नेपालले च्याम्पियनसिपको पहिलो खेल भुटानविरुद्ध सेप्टेम्बर ७ मा खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपालले दोस्रो तथा अन्तिम खेल भारतविरुद्ध सेप्टेम्बर ९ मा खेल्ने साफले सार्वजनिक गरेको तालिकामा उल्लेख छ । यस समूहमा नेपाल, भारत र भुटान रहेका छन् । समूह ‘ए’ मा भने श्रीलंका, बंगलादेश र माल्दिभ्स रहेका छन् ।च्याम्पियनसिपको उद्घाटन खेल सेप्टेम्बर ५ मा भुटान र भारतबीच हुनेछ । समूह चरणको खेलपछि दुबै समूहबाट विजेता र
काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव प्रचारप्रसारका लागि १५ दिन मात्रै दिने निर्वाचन आयोगले तयारी गरेको छ।यसअघि २०७४ को चुनावमा प्रचारप्रसारका लागि ३९ दिन दिएको आयोगले लामो समय दिँदा चुनाव विकृति बढेको भन्दै यसपटक प्रचारका लागि १५ दिने तयारी अघि बढाएको हो।आयोगमा छलफलका क्रममा रहेको प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचन निर्देशिकामा प्रचारका लागि १५ दिन मात्रै दिने प्रस्ताव राखेर छलफल भइरहेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।निर्देशिका पारित हुन केही दिन लाग्ने पनि उनले बताए। आयोगले प्रत्यक्षतर्फको चुनावका लागि असोज अन्तिम हप्तामा मनोनयन गर्ने गरी आन्तरिक
वीरगञ्ज । बहिनीको प्रेमीको हत्या गरेको आरोपमा पर्सामा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका ५ का ३० वर्षीय प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेल रहेका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । उनीहरुले छिमेकका २३ वर्षका राजकुमार ठाकुरको हत्या गरेको प्रहरीको दाबी छ । उनीहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमार ठाकुरलाई वीरगञ्ज महानगरपालिका १६ नगवामा रहेको आफूहरूको टेलरमा लगेर हत्या गरेको स्वीकारेका प्रहरीको दाबी छ ।उनीहरूले हत्यापछि शवलाई बोराभित्र राखी ना ३८ प ४३९५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल प्रयोग गरी भारतको रक्सौल
काठमाडौँ । सरकारले सप्तकोसी बाढीबाट प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बिगतदेखि वर्षेनी बाढीले क्षति हुँदै आएको सप्तकोसी आसपासको भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । बैठकले बाढीले क्षति भएको भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्ले विश्व बैंकबाट नेपालको हरित उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १२ अर्ब ७० करोडका ऋण सहायता स्वीकृत गरेको छ । त्यस्तै, पूर्वी तराईको सिँचाइ प्रणाली पुनर्