All Posts By इटहरी खबर संवाददाता

    Showing ७०१-७१० of ३,०८६ items.
  • कनकाई–६ मा उथल पुथल , दलहरू स्वतन्त्रकाे अघि टिकेनन्

    झापा । झापाको कनकाई नगरपालिका– ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित  भएका छन् ।मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलका अनुसार ओली ४९३ मत प्राप्त गरी वडाध्यक्ष निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत प्राप्त गरे । यस्तै नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत पाउँदा नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ मत ल्याएका छन्।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • १६७ पटक पढिएको
  • उप निर्वाचन : ३३ स्थानको मत परिणाम सार्वजनिक : कहाँ, कसले कति जिते ? (सूचीसहित)

    इटहरी । स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ । ३० जिल्लाका विभिन्न ४१ पदमा भएको उपनिर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेका छन् । हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ ।नेकपा (माओवादी केन्द्र) ले पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक-एक स्थानमा जित हासिल गरेका छन् ।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ३२२ पटक पढिएको
  • कांग्रेसले दम्भ देखाउदा ग्रामथानमा गुमायाे अध्यक्ष : माओवादी विजयी

    इटहरी ।  मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ।निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार ग्रामथानका माओवादी उम्मेदवार नमो नारायण माझी ६ हजार ९६९ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत पाएका छन् भने एमाले तुलसीराम विश्वासले ४ हजार १५९ मत ल्याएका छन्।यहाँ राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत ल्याएका छन्। यसअघि नेपाली कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए। माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो। २०७९ को स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिका अध

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ४८२ पटक पढिएको
  • एनपिएल : आज काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

    इटहरी । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् ।काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ ।काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • २४६ पटक पढिएको
  • रौतहटको गढीमाई–८ को वडाध्यक्षमा नेकपा एसका यादव विजयी

    रौतहट । रौतहटको गढिमाई नगरपालिका–८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार बजरंगीप्रसाद यादव निर्वाचित भएका छन् । समाजवादीका यादव ६५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् ।निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जिउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । यसैगरी नेपाली कांग्रेसका सुवोद कुमार यादवले ६१७ र जसपाका सन्देश प्रसाद यादजवले २५८ मत प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • २५२ पटक पढिएको
  • मोरङको ग्रामथानमा माओवादीका नमोनारायण माझी विजयी

    मोरङ - ग्रामथान गाउँपालिकाको स्थानीय निर्वाचनमा माओवादी केन्द्रका नमोनारायण माझीले विजय हासिल गरेका छन्। उनले ६,९६९ मत ल्याएर प्रमुखको पदमा निर्वाचित भएका हुन्।दोस्रो स्थानमा नेपाली कांग्रेसका बलराम सरदार थारु रहेका छन्, जसले ५,३३३ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका नेकपा एमालेका तुलसीराम विश्वासले ४,१५९ मत ल्याए। चौथो स्थानमा राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत र पाँचौं स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत प्राप्त गरे।२०७९ को निर्वाचनमा ग्रामथानमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए भने माओवादी केन्द्रका उम्मेदवार विजयकुमार सरदार तेस्रो स्

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ३४९ पटक पढिएको
  • माओवादी केन्द्रका नमोनारायण माझी ग्रामथान गाउँपालिकामा अध्यक्ष पदतर्फ अग्रस्थानमा

    विराटनगर - मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी जितको नजिक पुगेका छन्।पछिल्लो मत परिणामअनुसार माझीले ६,२८० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदारले ४,७९१ मत पाएका छन्। माझीले सरदारलाई १,४८५ मतको स्पष्ट अग्रता बनाएका छन्। यस्तै, नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वसाले ३,२६६ मत पाएका छन्।ग्रामथान गाउँपालिकामा कुल १८,५७७ मत खसेकोमा हालसम्म १६,१९४ मतको गणना सम्पन्न भएको छ। बाँकी २,३८३ मत गणना गर्न बाँकी छ।माओवादी केन्द्रका नेता कुलश लिम्बुले माझीको जित सुनिश्चित भएको बताएका छन्।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ३०८ पटक पढिएको
  • त्रिभुवन विमानस्थलमा ६ किलो ८४० ग्राम कोकिनसहित एक महिला पक्राउ

    सुनसरी - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ किलो ८४० ग्राम कोकिनसहित केन्याली नागरिकलाई पक्राउ गरिएको छ। आज  साढे ५ बजे सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालयको संयुक्त टोलीले उक्त लागुऔषध बरामद गरेको हो।सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा केन्याली महिला चिलियन किरूबो ओगिटो रहेकी छन्। उनी कतार एयरवेजको उडानमार्फत नेपाल आएकी थिइन्। सुरक्षाकर्मीले उनको झोलामा रहेको डल जाँच गर्दा त्यस भित्र लुकाइएको अवस्थामा कोकिन फेला परेको थियो।बरामद गरिएको कोकिनको परिमाण र यसको अन्तर्राष्ट्रिय बजार मूल्यलाई हेर्दा यो ठूलो तस्करीको हिस्सा रहेको अनुमान गरि

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • ३२६ पटक पढिएको
  • स्थानीय तह उपनिर्वाचन सम्पन्न: मतगणना आजै सुरू हुने

    मोरङ - देशभर ४१ पदका लागि सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा ६२ प्रतिशत मतदाता सहभागी भएका छन्। यो निर्वाचन नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ पदका लागि भएको हो।मोरङको ग्रामथान गाउँपालिकामा उत्साहजनक सहभागितामोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा मतदाताको उल्लेखनीय सहभागिता रह्यो। ७ वटा वडा रहेको यस गाउँपालिकामा २६ हजार ४४ मतदातामध्ये १८ हजार ५७७ जनाले मतदान गरे। यसमा ७१.३३ प्रतिशत मत खसेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए।ग्रामथानमा १०४ वर्षीया वृद्धादेखि विभिन्न उमेर समूहका मतदाताले सक्रिय रूपमा मतदान गरे।

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • ४७१ पटक पढिएको
  • सर्वोच्च अदालतले लिलाबल्लभ अधिकारीविरुद्धको रिट दरपीठ गर्‍यो

    काठमाडौं – सर्वोच्च अदालत प्रशासनले कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध दायर गर्न खोजिएको रिट दरपीठ गरेको छ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीमाथि लागेको मानव तस्करीको आरोपबारे मुद्दा चलाउनुपर्ने माग राख्दै रिट दर्ता गर्न खोजेका थिए। तर, सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले उक्त रिट दर्ता नगर्ने निर्णय गरेका हुन्।अधिकारी विवादास्पद रूपमा जापान भ्रमणमा गएको प्रसंगमा मानव तस्करीको आरोप लागेपछि मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाइएको थियो। तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।रजिष्ट्रा

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • २१६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल