विराटनगर - विराटनगरमा आयोजना गर्न लागिएका दुई ठूला कार्यक्रम विराट एक्स्पो र अन्तर्राष्ट्रिय लगानी सम्मेलनको मिति जुध्नाले निजी क्षेत्रभित्र गम्भीर विवाद उत्पन्न भएको छ। उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिबीच सहमति विपरीत मिति परिवर्तन भएको कारण सम्बन्ध चिसिएको हो।उद्योग संगठन मोरङले यसअघि पुस ७ देखि १५ गतेसम्म विराटनगरको डिग्री क्याम्पस मैदानमा विराट एक्स्पो आयोजना गर्ने मिति तोकेको थियो। तर, संगठनले पछिल्लो समय सो मिति परिवर्तन गर्दै माघ ११ देखि २० सम्म विराट एक्स्पो गर्ने निर्णय गरेको छ। यता, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले उक्त निर्णयप्रति आपत्ति जनाउँदै यस्तो
काठमाडौं - नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल पहाडी क्षेत्रमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहेको छ। तराईका केही स्थान र पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको विभागले जानकारी दिएको छ।दिउँसोका लागि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र ती स्थानका केही भागमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ। अन्य स्थानमा भने मौसम सफा रहनेछ।यस्तै, रातिको मौसम पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षे
विराटनगर - मैथिली भाषा र संस्कृतिको प्रवर्द्धन गर्दै आएको मैथिली एसोसिएशन नेपालले मान इन्टरनेशनल अवार्ड वितरण गर्न लागिएको छ। यसका लागि सम्पूर्ण तयारी पूरा भएको एसोसिएशनका अध्यक्ष प्रविण नारायण चौधरीले जानकारी गराएका छन्।मैथिली एसोसिएशन नेपालका केन्द्रिय कार्यसमिति विराटनगरका अध्यक्ष चौधरी, उपाध्यक्ष आभा अनुपमा, महासचिव राकेशकुमार देव र कार्यक्रम संयोजक तथा राष्ट्रिय गायक विरेन्द्र झाले बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अवार्ड वितरण कार्यक्रमबारे जानकारी दिएका हुन्।अध्यक्ष चौधरीका अनुसार नेपाल र भारतका ६० जना व्यक्तित्वलाई मान इन्टरनेशनल अवार्ड प्रदान गरिनेछ। यस्तै, ४५ जना सेलिब्रेटील
पथरी शनिश्चरे - मोरङको पथरीशनिश्चरे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नुमना विद्यालय पञ्चायत माविमा तीन दिने पिटि (फिजिकल ट्रेनिङ) तथा विद्यार्थीको क्षमता विकासमा उत्प्रेरणा मूलक कार्यक्रम हुने भएको छ ।पथरीशनिश्चरे नगर शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना हुने कार्यक्रममा नगरपालिका वडा नं १ कार्यालयको आर्थिक सहयोग हुने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन पञ्चायत माविले गर्ने सो विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताए । मंसिर १३, १४ र १५ गते हुने कार्यक्रममा नेपालकै चर्चित प्रशिक्षक हरिस ओली आउने नगर शिक्षा विभाग प्रमुख नवीन खुलालले बताए । ओलीले देशको विभिन्न
वाना - संखुवासभा जिल्लाकाे पाँचखपन नगरपालिका– ६ का कृषक सलबहादुर कार्कीले एउटै खलामा ५० मुरी धान उत्पादन गरेपछि वडा कार्यालयले सम्मान गरेको छ ।पाँचखपन नगरपालिका– ६ का वडाध्यक्ष विष्णु श्रेष्ठ सहितको टोलिले बुधबार सलबहादुर कार्कीको दाइँ गर्दै गरेको खलामा पुगेर सम्मानपत्रसहित नगद २० हजार रुपैयाँद्वारा सम्मान गरेको हो । आर्थिक वर्ष ०८१/८२ मा वडासभाले ‘एउटै खलाबाट सबैभन्दा धेरै धान थन्क्याउने कृषकलाई पुरस्कारको व्यवस्था’ गरिने शीर्षकअन्तर्गत ६ नम्बर वडाभित्र सबैभन्दा बढी सलबहादुर कार्कीले धान उत्पादन गर्न सफल भएकाले सम्मान गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । वडाभित
विराटनगर - मोरङ जिल्लाको जहदा गाउँपालिकामा १५ किलोग्राम गाँजासहित एक महिला पक्राउ परेकी छन्। प्रहरीले बुधबार साँझ जहदा गाउँपालिका–१ निवासी ५० वर्षीया मीरादेवी बैठाको घरमा छापा हानेर गाँजा बरामद गरेको हो।मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार इलाका प्रहरी कार्यालय रानी र बुधनगरको संयुक्त टोलीले साँझ ५ः३० बजे बैठाको घरमा छापा मारेको थियो। छापामार टोलीले घरभित्र प्लास्टिकको बोरामा लुकाएर राखिएको अवस्थामा १५ किलो गाँजा फेला पारेपछि बैठालाई नियन्त्रणमा लिएको हो।पक्राउ परेकी महिलालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर प्रकाश थ
वीरगन्ज - वीरगन्ज महानगरपालिका वडा नम्बर ८ लिंकरोडस्थित सडक खण्डबाट प्रहरीले अवैध सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पर्सा प्रहरीका अनुसार २८ वर्षीय जयप्रकाश कुमार सोनारलाई १०७ ग्राम ८७ मिलिग्राम सुन र १३ लाख ८८ हजार ४३६ रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको हो।पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले विशेष सूचनाका आधारमा सोनारलाई नियन्त्रणमा लिइएको बताए। “शङ्कास्पद रूपमा आउँदै गरेको ना ६२ प २७०५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा, सोनारले लगाएको कालो जिन्सको खल्तीमा कागजमा बेरिएको सुन फेला परेको हो,” डिएसपी लम्सालले भने।सुन अवैध रूपमा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले गरेको
झापा । झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित छिन् । उनको घुँडामुनिको भाग सुन्निएको छ । दुई दिने स्वयं हेरचाह तालिम लिएपछि उनको दैनिकी केही सहज बनेको छ । सहारा नेपालद्वारा सञ्चालित ‘विश्वास’ परियोजनाले उनलाई स्वयं हेरचाह तालिम दिएपछि उनी आफ्नो स्वास्थ्यको स्याहार आफै गर्न सक्ने भएकी हुन् ।‘२५–३० वर्ष भयो रोग लागेको’, लुगा धुने ठूलो बाटामा दुवै खुट्टा डुबाएर सरसफाइ गर्न बसेकी उनले भनिन्, ‘बिरामी खुट्टा कसरी सफा गर्ने थाहा भयो ।’ उनी जस्तै हात्तीपाइलेपीडित झापा गाउँपालिका–५ पन्थापाडाकी बिनादेवी गणेशलाई अहिले उठबस गर्न समस्या हुन्छ । स्वयं हे
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउ खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजुभाइ कृषि फर्म दर्ता गरी गाउँमै सुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताए । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उनले बताए । उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक १२ लाख सजिलै बचत हुने गरेको छ । हाल उनीहरुले पाँच वटा टनेलमा च्याउ खेती गरेका छन् । च्याउ बजारमा थोकमा प्रतिकेजी एक सय ७० र फर्ममै किन्न
म्याग्दी । म्याग्दी घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताए ।‘दुुई-तीन वर्षअघिसम्म छिटपुुट पर्यटक घुम्न आउने मार्फामा चलचित्र जेरी र कबड्डी छायाङ्कन पर्यटकको पनि चहलपहल बढेको हो’, उनले भने, ‘बेनी–जोमसोम सडक बनेपछि यहाँ मुस्ताङ आउने पर्यटकको रोजाइमा मार्फा पर्न थालेको छ ।’ चलचित्रले चिनाएको गल्ली मार्फाको बिचमा रहेको