All Posts By इटहरी खबर संवाददाता

    Showing ८०१-८१० of ३,०८६ items.
  • प्रधानमन्त्री ओली एलन मस्कसँग कुराकानी गर्दै

    इटहरी - प्रधानमन्त्री केपी शर्मा ओली र एलन मस्कबीच कुराकानी भएको छ ।उनीहरूबीच शुक्रवार साँझ कुराकानी भएको हो । यसबारे प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमार्फत जानकारी गराएका छन् ।उनले लेखेका छन्- 'अहिले एलन मस्कसँग कुराकानी गरिरहेको छु ।'

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • २९६ पटक पढिएको
  • धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने

    काठमाडौं । आउँदो आइतबार (मंसिर ९ गते) देखि पैसा तिरेर धरहरा चढ्न पाइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्षमुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई छुट दिने निर्णय समेत भएको छ । संविधान दिवसका अवसरमा सर्वसाधारणका लागि खुला गरिएको भरहराको लिफ्ट दुई महिनामै बिग्रिएको थियो । विना तयारी हतारोमा चलाइएको धरहरा लिफ्ट बिग्रेर पछिल्लो दुई दिन बन्द रहेको थियो ।

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • १४८ पटक पढिएको
  • झापाबाट एक वर्षमा ११ करोडको चिया निर्यात

    झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।‘गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं’, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भने ।इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ ।इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • १८२ पटक पढिएको
  • मिस्टर एण्ड मिस लिटिल कोशी’ उपाधि ओसियनजंग थापा र उपासना रमदामलाई

    विराटनगर – विराटनगरमा सम्पन्न ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को फाइनल प्रतियोगितामा ओसियनजंग थापा र उपासना रमदामले क्रमशः ‘मिस्टर’ र ‘मिस’ कोशीको उपाधि जितेका छन्। उनीहरूले उपाधिसँगै नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा विभिन्न विधागत अवार्डहरू प्रदान गरिए।मिस्टरतर्फका विजेता:फस्ट रनर अप: असिम तिम्सिना (विराटनगर)सेकेण्ड रनर अप: आरोहण पोखरेल (विराटनगर)थर्ड रनर अप: अर्मान जिमी (इटहरी)फोर्थ रनर अप: संगीत धमला (धरान)फिफ्थ रनर अप: श्रीयांश थापा (विराटनगर)सिक्स्थ रनर अप: उनय राई (विराटनगर)अर्गनाइजर्स च्वाइस विनर: आरभ राजवंशी (विराटनग

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • ३५५ पटक पढिएको
  • उर्लाबारीमा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, दुई गम्भीर घाइते

    मोरङ, उर्लाबारी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा बिहीबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा ४ः४५ बजे दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। प्रदेश १–०२–०५० प ८४०६ नम्बरको पश्चिमबाट पूर्वतर्फ गइरहेको र प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।दुर्घटनामा मोरङको पथरीशनिश्चरे–५ का ३३ वर्षीय दीपक धिमाल र कानेपोखरी–४ रमाइलोका २७/२८ वर्षीय किशोर गुरुङको मृत्यु भएको छ। उनीहरुलाई अस्पताल पुर्‍याएपछि चिकित्

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • ४६६ पटक पढिएको
  • मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’

    काठमाडौं ।  ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालको चरम लापरवाही बाहिरिएको छ । उपचारका लागि ल्याएको बिरामी निको बनाउनुको सट्टा अस्पतालले बिरामीको मृगौला नै ‘गायव’ पारिदिएको भन्दै अहिले परिवार र आफन्त आन्दोलनमा उत्रिएका छन् ।इलामका ३८ वर्षीय सरोज सुब्बाको असोज ६ गते मेडिसिटी अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपणको केहि दिनपछि अस्पतालले बिरामीलाई डिस्चार्ज गरेको सरोजका ज्वाई कुमार राईले जानकारी दिए । तर डिस्चार्ज भएर घर पुगेको केहि दिनमै स्वास्थ्यमा समस्या आएपछि फेरि अस्पताल ल्याएर भर्ना गरिएको राईले जानकारी दिए । स्वास्थ्यमा पुनः समस्या आएपछि कार्तिक २१ गते

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • ३०१ पटक पढिएको
  • उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते

    उदयपुर । उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन् ।बुधबार साँझ भएको दुर्घटनामा त्रियुगा नगरपालिका–१३ का ४५ वर्षीय महादेव चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राजन चापागाईंले जानकारी दिए ।मध्यपहाडी राजमार्गमा पर्ने त्रियुगा नगरपालिका १३ मा पर्ने दनुवारी चोकमा विपरित दिशाबाट आउँदै गरेको स १ त ५७४२ नम्बरको ट्याक्टरसँग प्र १–०५–००१ प ४२७३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको डीएसपी चापागाईले बताए । घाइते दुई छोराको अवस्था खतरामुक्त रहेको पनि उनले जानकारी दिए।दुर्घटनामा ज्यान गुमाउने चौधरीका छोराहरु १५ वर्षीय दिवाकर च

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • २२४ पटक पढिएको
  • पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता

    पर्सा । पर्साको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनस्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलब–भत्ता सुविधाबाट वञ्चित भएका छन् । चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ । स्थानीय तहले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि सो नगरपालिकाले सो मितिमा नगरसभा गर्न सकेन ।  गरपालिकाभित्रको विवादको कारणले ढिलोगरी गत कात्तिक ८ गते नगरसभाबाट पालिकाको

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • १८३ पटक पढिएको
  • सुनको भाउ निरन्तर बढेको बढ्यै, आज कतिमा हुदैछ काराेवार ?

     इटहरी । नेपाली बजारमा सुनको भाउ फेरि निरन्तर उकालो लागिरहेको छ । आज (बिहीबार) एक हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य एक लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन बुधबार प्रतितोलामा ९०० रुपैयाँले बढेको थियो । त्यसअघि मंगलबार तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो ।नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । विवाहको सिजन सुरु भएसँगै नेपाली बजारमा सुनको भाउ पनि उकालो लाग्न थालेको छ।

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • २२० पटक पढिएको
  • अख्तिायरमा जान पकली माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झाको चुनौती (विज्ञप्ती सहित)

    इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको पकली माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद झाले आफु विरुद्ध षड्यन्त्र गरेर बदनाम गराएको जनाउँदै आफु विरुद्ध अख्तियार जान चुनौती दिएका छन् । झाले एक प्रेस विज्ञप्ती प्रकाशित गरी भ्रम सृजनागर्न शिक्षक सरुवाका नाममा २ लाख रुपियाँ माग गरेको भन्ने अडियोको सत्यतालाई तोडमोड गरि बदनाम गराई चरित्र हत्या गर्ने मनसायले केही संचारमाध्यमहरुमा अडियो सहित भन्दै भ्रम फैलाउने कार्यप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएका छन् । मंगलबार झाले प्रकाशन गरेको विज्ञप्तीमा भनिएको छ—‘शिक्षक सरुवामा एक रुपैया सम्मको कुनै चलखेल, लेनदेन भएको छैन् । झु

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • ६२६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल