All Posts By इटहरी खबर संवाददाता

    Showing ९४१-९५० of ३,०८६ items.
  • बालुवाटारको प्रदर्शनबाट रास्वपाका सांसदसहित ५१ जना पक्राउ

    इटहरी । सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (मंगलबार) गरेको प्रदर्शनका क्रममा ५१ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सांसद अशोक चौधरीसहितका नेता कार्यकर्ता रहेका छन्। ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन्। रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो ।प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • २७९ पटक पढिएको
  • खुल्यो तातोपानी नाका, भित्रिन थाले चिनियाँ स्याउ

    काठमाडौं । तातोपानी नाका खुलेसँगै चिनियाँ स्याउ नेपाल भित्रिन थालेको छ । असोज ११ गतेको बाढीले दुईटा पुल बगाउँएपछि बन्द सडक खुलेसँगै तिहार लक्षित फलफूल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका अनुसार आइतबारदेखि फलफूलका गाडी र केही लत्ता कपडाले भन्सार छुटाएका छन् ।‘पछिल्लो ३ दिनदेखि नियमित रुपमै भन्सारमा जाँचपास भएर गाडी छुटेका छन्’, प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले भने, ‘तिहार लक्षित फलफूल बोकेका ट्रक बढी छुटेका छन् । त्यसबाहेक लत्ता कपडा थोरै मात्रामा छन् ।’ २–३ वटा ब्रान्डले तातोपानी नाका हुँदै विद्युतीय गाडी ल्याउने गरेका थिए । नाका खुलेपछि करिब एक दर्जन गाडी छ

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • २५२ पटक पढिएको
  • साफ फाइनलको टिकट बुधबारबाट मात्रै खुल्ने, अनलाइन बुकिङ रद्द

    इटहरी । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैले बुधबारबाट बिक्री गर्ने भएको छ । मंगलबार एन्फाले माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै फाइनल खेलको टिकट आफैंले बिक्री गर्ने जनाएको हो । यसअघि माउन्ट एभरेस्टले टिकट बिक्री गर्दै आएको थियो ।साफ महिला च्याम्पियनसिपका लागि माउन्ट एभरेस्टले टेन्डरमार्फत ८० लाख रुपैयाँमा टिकट बिक्रीको अधिकार पाएको थियो । एन्फाले नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि तीन ठाउँबाट टिकट बिक्री गरिने जनाएको छ । एन्फाका अनुसार भोलि (बुधबार) बिहान ८ बजेदेखि जावलाखेलस्थित खेल मैदा

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • २८७ पटक पढिएको
  • इटहरीमा कृष्ण जुस एण्ड लस्सी सेन्टरकाे सुरूवात

    इटहरी। इटहरी उपमहानगर ९ मा सोमबारदेखि कृष्ण जुस एण्ड लस्सी सेन्टर सञ्चालनमा आएको छ। इटहरी उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेलले सो सेन्टरको उद्घाटन गरेका हुन्। व्यवसाय उद्घाटन गर्दै वडाध्यक्ष दिवश पोख्रेलले देश विसम परिस्थितिमा रहेका बेला स्थानीय युवाले आफ्नै ठाउँमा केहि गरौं भनेर व्यवसाय सुरु गर्नु आफैंमा गर्वको कुरा भएको बताए।उनले गर्न सके यही सुन फल्छ भन्ने जलन्त उदाहरण यसरी देख्न पाइने पनि उल्लेख गरे।इटहरीको बिराटनगर रोडस्थित राधाकृष्ण मन्दिर अघाडी रहेकाे जुस सेन्टरलाई इटहरी ९ का युवा सुजित मण्डलले सञ्चालनमा ल्याएका हुन्। उक्त सेन्टरले विभिन्न प्रकारका मिठाइ, दही लगायत फलफूलब

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • १,२२६ पटक पढिएको
  • कैलालीमा लागु औषधसहित ९ जना पक्राउ

    कैलाली । कैलालीको विभिन्न ठाउँबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ बसपार्क गोल मार्केटबाट लागु औषधसहित ४ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई होटल सेराको कोठामा लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ का २२ वर्षीय किरण बम, ३५ वर्षीय अशोक चन्द, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का २९ वर्षीय सुरेन्द्र बिष्ट र डडेल्धुराको आलिताल गाउँपालिका–८ का २४ वर्षीय तेज बोहरा छन्। उनीहरुको साथबाट ८० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। धनगढी उ

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • ३४६ पटक पढिएको
  • झापाको धान खेतीमा ‘डर्टी पेनिकल’ रोगको प्रकोप

    झापा । झापामा धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ।झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए। धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उनले बताए।‘बाला निस्किने बेलामा धान कालो हुने, सुक्ने, फोहर देखिने हुन्छ,’ उनले भने,’सुरुमै थाहा भयो भने औषधि छिट्दा हुन्छ, नत्र केही गर्न सकिँदैन।’ धान रोप्ने बेलामै बीउको उपचार गरिए ‘डर्टी पेनिकल’बाट बाली जोगाउन सकिने उनले बताए।जिल्लाको भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही स्थानमा ‘डर्टी

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • १६१ पटक पढिएको
  • विराटनगरमा कुटपिट प्रकरण : गोरखाका कैलाशकुमार गुरुङलाई कुटपिट गरी सख्त घाइते बनाएको आरोपमा अभियुक्त पक्राउ

    विराटनगर,  – गोरखाबाट विराटनगर आएका कैलाशकुमार गुरुङलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले २४ वर्षीय राजकुमार सहनीलाई पक्राउ गरेको छ। सहनीलाई 'बब' भनेर पनि चिनिन्छ। कात्तिक ४ गते बिहान गुरुङलाई नियन्त्रणमा लिएर कुटपिट तथा अंगभंग बनाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार सहनीले गुरुङलाई कुटपिट गरी दुवै हात भाँच्ने र टाउकोमा गम्भीर चोट पुर्याएको प्रमाण फेला परेको छ। घटनापछि प्रहरी टोलीले घटनास्थलको सूक्ष्म अवलोकन, गोप्य रुपमा सोधपुछ, र सिसीटीभी फुटेजको अध्ययन गरी अभियुक्तको पहिचान गरेको थियो।राजकुमार सहनीलाई आइतबार बेलुकी विराटनगर–११, बसपार्क क्षेत्रबाट पक्राउ

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • २०८ पटक पढिएको
  • अरिंगालले चिल्न थालेपछि ३३ वर्षीय युवा रुखबाट खसे

    मकवानपुर । मकवानपुरमा रुखबाट लडेर एक युवा घाइते भएका छन्। अरिंगालले चिलेपछि ती युवा रुखबाट खसेका प्रहरीले जनाएको छ। राक्सिराङ गाउँपालिका–७ स्थित काँकडाका ३३ वर्षीय वीरबहादुर प्रजा अरिंगालको टोकाइ र रुखबाट लडेर घाइते भएका हुन्। सोमबार घर नजिकैको वाकसिटि खोला जंगलमा कोईरालाको रुखमा रहेको अरिंगालको गोला टिप्ने क्रममा उनलाई अरिंगालले चिलेको थियो।अरिंगालले चिल्न थालेपछि उनी रुखबाट लडेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। टाउको र शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएको प्रजाको हाल एलाईभ अस्पताल चितवनमा उपचार भइरहेको छ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • १७४ पटक पढिएको
  • केरलामा पटाका पड्काउँदा १५० जना घाइते, ८ को अवस्था गम्भीर

    एजेन्सी । भारतीय राज्य केरलाको कासारगोडस्थित अञ्जुथम्बलम मन्दिरमा पटाका पड्काउँदा १५० जना घाइते भएका छन्।समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति भएको यस दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन्।मन्दिरमा आतिशबाजी गर्ने क्रममा यो दुर्घटना भएको हो।घाइतेहरूलाई कासारगोड, कन्नुर र मङ्गलुरुका विभिन्न अस्पतालमा लगिएको छ।कासारगोडका कांग्रेस सांसद राजमोहन उन्निथनले भनेका छन्, ‘कासारगोडबाट एउटा दुःखद खबर सुनिएको छ, यस घटनामा घाइते भएका १५४ जनालाई अस्पतालमा भर्ना गरिएको छ।’उनले प्रहरी सचेत नहुँदा उक्त दुर्घटना भएको आरोप पनि लगाएका छन्। 

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • १६६ पटक पढिएको
  • मानव अधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जलि

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्वमन्त्री पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। छैटौँ स्मृति दिवसका अवसरमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। तुलाधरको स्मृतिमा शंखधर साख्वा स्मृति पार्क, रत्नपार्क लगायतका स्थानमा विभिन्न कार्यक्रम भएका छन्। कार्यक्रममा सहभागीहरुले तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। तुलाधर नेपालको शान्ति प्रक्रियाका एक अभियन्ता थिए। लामो समय नेपालको बामपन्थी आन्दोलनमा क्रियाशील तुलाधरको २०७५ सालमा निधन भएको थ

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • २१९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल