All Posts By खेमचन्द्र अधिकारी

    Showing ३३१-३४० of १,३४८ items.
  • इनरुवा र पूर्वपश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यू जारी

    इनरुवाः कप्तानगञ्ज घटनापछि स्थिति अझैसम्म पनि सामान्य नभएकाले जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लास्थित पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा हस्ताक्षरित आदेशअनुसार तोकिएको चार किल्ला र सिमानाभित्र कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाइने भएको हो ।प्रशासनले पूर्वमा पकली चोकदेखि पश्चिममा कोश

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १४९ पटक पढिएको
  • नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन

    काठमाडौंः जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ ।श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।त्यसपछि शवयात्रा सहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने बताइएको छ ।यही साउन ७ गते नेता श्रेष्ठलाई नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीको वरिष्ठ नेता मनोनित गरिएको घोषणा गर्नुभएको थियो ।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २०१ पटक पढिएको
  • डिम्याट खाता खोल्नेको सङ्ख्या ८० लाख नाघ्दा सक्रिय लगानीकर्ता भने साढे ५१ लाख मात्रै

    इटहरी ।  शेयर बजारमा प्रवेशका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्नेको सङ्ख्या नेपालमा ८० लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म ८० लाख ९ हजार ६२३ डिम्याट खाता खोलिएका छन् ।तर सक्रिय लगानीकर्ताको सङ्ख्या भने ५१ लाख ४८ हजार ८९४ जना मात्रै छ । डिम्याट खाताको सङ्ख्या बढी देखिनुको अर्को कारण एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी खाता खोल्न पाउने व्यवस्था पनि हो ।हालसम्म १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ कित्ता शेयर मात्रै डिम्याटमा रहेको छ । तर नेप्सेमा सूचीकृत कुल शेयर सङ्ख्या १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ कित्ता रहेको छ । अझै ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता शेयर डिम्य

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १०९ पटक पढिएको
  • नेपाल इन्फास्ट्रक्चर (निफ्रा) को नाफा घट्यो २० प्रतिशत, छैन निस्क्रिय कर्जा

    इटहरी । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।बैंकले समीक्षा अवधिमा ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब २३ करोड ४० लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो । निफ्राले अघिल्लो वर्षको भन्दा नाफा २० प्रतिशत कम कमाएको हो ।खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ५.७१ रुपैयाँबाट घटेर ४.५७ रुपैयाँमा झरेको छ ।बैंकको खुद ब्याज आम्दानी पनि २३.८९ प्रतिशतले घटेको छ । बैंकको प्रतिशेयर नेटवर्थ ११७.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५३.७३ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १६० पटक पढिएको
  • ४३०० रुपैयाँ घट्यो सुनको भाउ

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । नेपाली बजारमा सुनको भाउ तोलामा ४ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १३५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ८४ हजार २०० रुपैैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ प्रतितोला ४ हजार ३१० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १३७ पटक पढिएको
  • ‘हली’ को विराटचोकमा भयो भव्य प्रचार, नायक सरोज खनालसहितका कलाकारसँग नाचे विराटचोकवासी

    विराटचोकः यही साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘हली’ को प्रचारप्रसार अभियान अन्तर्गत मोरङको सुन्दरहरैँचा–९, विराटचोकस्थित जेसीज भवनमा हिजो एक भव्य कार्यक्रमबीच चलचित्रको प्रचारप्रसार गरिएको छ ।सुदूर पश्चिममा रहेका छाउपडी प्रथामा आधारित सो चलचित्रले देशमा परिवर्तन ल्याउन एउटा हली नै काफी हुन सक्ने सन्देश छोडेको निर्माता जस्मिन श्रेष्ठले बताउनुभयो । जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको संयुक्त आयोजनामा सोमबार झापा र मोरङमा प्रचार कार्यक्रम गरिएको थियो । विराटचोकका स्थानीयले स्वतःस्फूर्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।विराटचोकस्थित इन्द्रपुर जेसीजको

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १३७ पटक पढिएको
  • भोजपुरमा तीन रोपनीमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

    भोजपुरः भोजपुर जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाएको र आफैँ उम्रिएका गाँजाका बोट तथा बेर्ना प्रहरीले नष्ट गरेको छ ।साउन ९ गते इलाका प्रहरी कार्यालय घोडेटार, बोया, बालङ्खा, प्रहरी चौकी हसनपुर, अस्थायी प्रहरी चौकी दुम्माना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प युँ भोजपुरबाट खटिएको संयुक्त टोलीले ती गाँजाका बोट नष्ट गरेको हो ।हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न स्थानका डाँडा पाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेका गाँजाका ४ हजार ५ सय वटा बाटे, बेर्ना तथा नाभो बोटहरू नष्ट गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १०५ पटक पढिएको
  • विवरण अद्यावधिक नगरेका कम्पनीले असोज मसान्तभित्र विवरण बुझाए जरिवाना र शुल्क मिनाहा हुने

    इटहरी ।  सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका तर लामो समयदेखि विवरण अद्यावधिक नगरेका र जरिवाना तिर्न बाँकी रहेका कम्पनीहरूको जरिवाना र शुल्क मिनाहा गर्ने भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुने जनाएको हो ।कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, आर्थिक विधेयक २०८३ को दफा ४८ को व्यवस्था बमोजिम कम्पनीहरूले कानुनले तोकेको म्यादभित्र विवरण पेश नगरेको वा शुल्क तथा जरिवाना दाखिला नगरेको भए तापनि अहिले निश्चित प्रक्रिया पूरा गरेमा त्यस्ता सबै जरिवाना मिनाहा हुनेछ । जुनसुकै कम्पनी

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १३७ पटक पढिएको
  • लियो डिस्ट्रिक्ट ३२५ सी नेपालको प्रशिक्षण सम्पन्न

    इटहरीः लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी नेपालको आयोजनामा तथा रिजन–२ को आतिथ्यतामा तालिम सम्पन्न भएको छ ।शनिबार प्रिमियम ग्लोबल स्कुलमा आयोजित प्रशिक्षण कार्यक्रम लियो सदस्यहरूमा नेतृत्व क्षमता तथा जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ ।तालिम कार्यक्रमको अध्यक्षता रिजन–२ चेयरपर्सन अमरदीप पौडेलले गर्नुभएको थियो । कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा लियो डिस्ट्रिक्ट प्रेसिडेन्ट प्रवेश बास्ताकोटी, लियो क्लब चेयरपर्सन निराकार पोखरेल तथा डिस्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लोकेन्द्रप्रसाद ढकालको विशेष उपस

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १५६ पटक पढिएको
  • कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन

    इनरुवाः हिजो राति भएको झडपलाई नियन्त्रणमा लिने क्रममा भएको गोली प्रहारबाट एक जनाको ज्यान गएपछि स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड शुरु गरेपछि नेपाली सेना परिचालन गरिएको हो । अहिले हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ ।हिजो राति ९ बजे दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १६४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल