इटहरी । कोशी प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठनका लागि २०७९ सालमा जारी भएर कार्यान्वयनमा आउन नसकेको प्रदेश प्रज्ञा–प्रतिष्ठान ऐन संशोधनका लागि स्रष्टाहरूले बुधबार कोशी प्रदेशकी सामाजिक विकास मन्त्री गीता तिम्सिनालाई ज्ञापनपत्र बुझाएका छन् ।‘कोसी साहित्य–कला परिषद् नेपाल’ को अगुवाइमा झापा, मोरङ र सुनसरीबाट आएका स्रष्टाहरूले मन्त्री तिम्सिनालाई विराटनगरस्थित मन्त्रालयमा भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ‘कोसी साहित्य कला परिषद् नेपाल’ ले कोसी प्रदेशमा रहेर भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका स्रष्टा तथा संस्थाहरूको सहयोग, सहकार्यमा ऐन संशोधनका लागि लामो समयदेखि बहस सञ्
पथरीः मोरङको पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा डम्बर बाछना राई निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरूमा भदृका मोक्तान, चन्द्रकला ओझा र भुपेन्द्रराज तिम्सिना निर्वाचित हुनुभएको छ ।विद्यालयको शिक्षक–अभिभावक संघको अध्यक्षमा कृष्णप्रसाद तिम्सिना चयन हुनुभएको छ । संघका सदस्यहरूमा शर्मिला न्यौपाने, यादवप्रसाद कोइराला, प्रतिमा घिमिरे, झुमा खतिवडा, जानुका आचार्य, खगेन्द्र नेपाल र वैद्यनाथ लुइँटेल चयन हुुनुभएको छ ।
काठमाडौंः बाढीपीडितहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा व्यक्तिगततर्फ हालसम्मकै सबैभन्दा धेरै १ करोड ९ लाख रुपैयाँ ८७ वर्षीया राजी राणाले दिनुभएको छ ।उमेर र स्वास्थ्यका कारण आफैं जान नसकेपछि राजीले आफ्ना सहयोगी कृष्ण बस्नेतलाई सो रकमको चेक दिनुभएको थियो । बस्नेतले अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्नुभएको हो ।थप २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सामग्री समेत अर्थ र गृह मन्त्रालयसँग समन्वय गरी आवश्यक परेका बाढी प्रभावित स्थानमा पठाउने प्रतिबद्धता राणाले गर्नुभएको छ ।
काठमाडौंः सरकारले बाढी प्रभावित क्षेत्रको आवत जावत सुचारु गर्नका लागि भारत र चीनलाई तत्काल ४२ वटा बेलिब्रिज बनाइदिन माग गरेको छ ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुवै देशलाई नेपाललाई तत्काल आवश्यक पर्ने बेलिब्रिजको संख्या उल्लेख गर्दै सहयोगको अनुरोध गरिएको छ ।
काठमाडौंः रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहँदा नेपाल प्रहरीले राति ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै हालसम्म ३८९ वटा शव फेला परेको जनाएको छ ।फेला परेका शवमध्ये रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी (पूर्व) मा ८७ र नवलपरासी (पश्चिम) मा २७ वटा रहेका छन् ।सो विपद्मा परेका र उद्धारको पर्खाइमा रहेका ४६६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकामध्ये काठमाडौँमा ८४, रसुवामा २८९, धादिङमा ३ र नुवाकोटमा ९० जनालाई राखिएको छ ।बाढी प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको जनाइएको छ ।
इटहरी । विभिन्न कार्यक्रमका साथ आज विश्व संस्कृत दिवस मनाइँदैछ ।वि.सं. २०७५ सालमा जरोकिलो प्रतिष्ठान नेपालको पहलमा यो दिवस मनाउन थालिएको हो । संस्कृत भाषाको विकास र यसको महत्वबारे विश्व समुदायलाई जानकारी गराउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ ।यस दिवसमा नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरिन्छ । संस्कृत भाषामा निहित ज्ञान सम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गराउन र यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्नु यसको प्रमुख उद्देश्य हो ।प्राचीनकालमा शैक्षिक सत्रको प्रारम्भ श्रावण शुक्ल पूर्णिमादेखि शुरु हुने भएकाले त्यसै दिनलाई विश्व संस्कृत दिवसका रूपमा मनाउन था
इटहरी । आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व परेकाले सनातन हिन्दू तागाधारी जातिले आज बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै फेर्ने चलन छ ।हिन्दू दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । हिन्दू तागाधारी जातिले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदी किनार, पोखरी, तालमा गई तर्पण गर
काठमाडौंः भोटेकोशीको बाढीमा परेका १०४ जनाको उद्धार गरिएको छ । बिहीबार बिहान सवा ८ बजेसम्ममा १०४ जनाको उद्धार गरिएको हो ।रसुवाबाट ४३ जना, नुवाकोटबाट ५८ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको छ ।खोजी र उद्धारको काम आज बिहानैदेखि शुरु भएको बताइएको छ ।
भरतपुरः चीनको तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशुली र नारायणी नदीमा ६४ शव फेला परेको छ ।भेटिएकामध्ये केही शव सग्ला र केही शवका शरीरका अंगहरू मात्रै छन् । शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।तनहुँमा भेटिएका ९ शव चितवन पठाइएको भए पनि त्यहाँ राख्ने ठाउँ नभएर पुनः तनहुँ नै फिर्ता गरिएको थियो ।अस्पतालको शवगृहमा शव नअटाएपछि अब भेटिएका शवहरुलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्नेगरी तयारी गरिएको बताइएको छ ।
धरानः भोटेकोशीमा आएको बाढीका कारण देश शोकाकुल भएकोले धरानमा मनाउने तयारी गरिएको ५ दिने नेवारी सांस्कृतिक महोत्सवको गाईजात्रा पर्व बाहेक सबै कार्यक्रम स्थगित गरिएको छ ।नेपाल खड्गी सेवा समितिद्वारा घिन्ताङ घिसी, हिले जात्रा, बाघ जात्रा, रोपाइँ जात्रालगायत नेवारी सांस्कृतिक पर्व यस वर्ष भव्य रूपमा मनाउने तयारी गरिएको थियो ।समितिले बुधबार पत्रकार सम्मेलन गरी पितृ उद्धारका लागि गरिने सामूहिक गाईजात्रा बाहेक अन्य सबै जात्रा तथा सांस्कृतिक कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धा सुमन अर्पण गर्दै राष्ट्रिय विपद्को