All Posts By खेमचन्द्र अधिकारी

    Showing ५२१-५३० of १,३५४ items.
  • सुकुनाकी जीविका सापकोटा काठमाडौंमा सम्मानित, पब्लिक क्याम्पस संघको वार्षिकोत्सवमा क्याम्पसलाई राष्ट्रिय गौरव प्रदान

    विराटचोकः नेपाल पब्लिक क्याम्पस संघको ३६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पस सम्मानित भएको छ । कार्यक्रममा स्नातक तहमा पब्लिक क्याम्पसतर्फ शिक्षा शास्त्र सङ्कायमा उत्कृष्ट नतिजा ल्याउने सुकुनाकी जीविका सापकोटालाई पनि सम्मान गरिएको थियो ।सुकुना बहुमुखी क्याम्पसकी छात्रा जीविका सापकोटाले सन् २०२४ को स्नातक तह शिक्षा शास्त्र सङ्कायअन्तर्गत सामुदायिक क्याम्पसमध्ये सर्वोत्कृष्ट अंकसहित प्रथम स्थान हासिल गर्नुभएको थियो । सापकोटालाई वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालगायतले सम्मान गर्नुभएक

    • प्रकाशित मितिः असार २७, २०८३
    • १८५ पटक पढिएको
  • बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतलाई उद्धार गरेर पुर्याइयो वीर अस्पताल

    काठमाडौंः देशमा दिनहुँ आत्मदाहका घटना भइरहेका छन् । आज बिहान काठमाडौंको बुद्धनगरमा एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।आज बिहान सवा ६ बजे ४५ वर्षीय आश्विन राउतले आफ्नै घरको भान्सा कोठामा आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।राउतलाई प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्याएको छ । चिकित्सकका अनुसार राउतको शरीर ५० प्रतिशत जलेको छ ।राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । घटनाका बेला उनका श्रीमती र छोरा घरमा नरहेको पाइएको र आत्मदाहको प्रयासको कारण नखुलेको प्रहरीले जनाएको छ ।बिहीबार मुगुका गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा राहदानी विभागअघि आत्मदाहको प्रयास गरेका थ

    • प्रकाशित मितिः असार २७, २०८३
    • ११५ पटक पढिएको
  • जेनजी आन्दोलनमा जलेको विराटनगरको भाटभटेनी सुपर स्टोर १० महिनापछि आजदेखि सञ्चालन हुने

    विराटनगरः गत वर्ष जेनजी आन्दोलनमा जलेको विराटनगरस्थित भाटभटेनी सुपर स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ ।भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले पुनः सञ्चालनसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ ।ग्राहकहरूको सहजता र सुविधालाई ध्यानमा राख्दै स्टोरमा आधुनिक सुविधा, गुणस्तरीय सेवा तथा व्यवस्थित किनमेलको वातावरण उपलब्ध गराइने जनाइएको छ ।भाटभटेनी सुपर मार्केटले ग्राहकहरूको विश्वास, साथ र सहयोगलाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।पुनः सञ्चालनको अवसरमा कम्पनीले सम्पूर्ण ग्राहकवर्ग,

    • प्रकाशित मितिः असार २७, २०८३
    • १४४ पटक पढिएको
  • अहिले देशभर हल्कादेखि मध्यम वर्षा, राति केही स्थानमा मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना

    इटहरी । अहिले देशका सातै प्रदेशका विभिन्न भेगमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार अहिले देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभरका अधिकांश स्थानमा बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागका धेरै स्थानमा मेघगर्

    • प्रकाशित मितिः असार २७, २०८३
    • १०० पटक पढिएको
  • उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

    इटहरीः उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । नेतृत्व हात पार्न गायत्री कटुवाल भण्डारी र नवराज काफ्लेबीच प्रतिष्पर्धा हुने भएको हो ।दुवै उम्मेद्वार प्यानल बनाएर नेतृत्व हात पार्ने दाउमा छन् । नवराज काफ्ले नेकपा एमाले र नेपाली कांग्रेस समर्थित व्यवसायीको प्यानल बनाएर मैदानमा खडा हुनुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा गायत्री कटुवाल भण्डारी चुनावी मैदानमा हुनुहुन्छ ।भण्डारी यसअघि नेपाली कांग्रेसको आधिकारिक उम्मेद्वार हुनुहुन्थ्यो । यस पटक पनि कांग्रेसबाटै उम्मेद्वार बन्ने तयारीमा रहे पनि कांग्रेसले गायत्री

    • प्रकाशित मितिः असार २७, २०८३
    • १६६ पटक पढिएको
  • पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार शुरु

    इटहरी । शुक्रबारदेखि पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको एकीकृत कारोबार शुरु भएको छ ।ती दुई फाइनान्सबीचको मर्जर प्रक्रिया सम्पन्न भई शुक्रबारदेखि एकीकृत कारोबार सञ्चालन भएको हो । मर्जरपछि दुवै संस्थाको संयुक्त कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट सञ्चालन भएको छ ।समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य वित्तीय दायित्वहरू अब पोखरा फाइनान्स लिमिटेडले वहन गर्ने भएको छ ।मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय काठमाडौं–२८, पुतलीसडकमा रहेको छ । त्यहाँ पहिले समृद्धि फाइनान्सको कार्यालय रहेको थियो ।यसअघि नेपाल राष्ट्र बैंकले पोखरा फाइन

    • प्रकाशित मितिः असार २७, २०८३
    • १३७ पटक पढिएको
  • बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि पुग्यो सेमीफाइनलमा, फ्रान्ससँग सेमीफाइनलमा भिड्ने

    इटहरी । अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमीफाइनलमा प्रवेश गरेको छ । स्पेनले सेमीफाइनलमा फ्रान्सको सामना गर्ने भएको छ ।निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गरेको गोल निर्णायक बनेको थियो । खेलको ८८ औं मिनेटमा पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रुपमा नियन्त्रणमा लिन सकेनन् । जसको फाइदा उठाउँदै मिकेल मेरिनोले निर्णायक गोल गरेका थिए ।खेलको ३० औं मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । त्यसको ११ मिनेटपछि बेल्जियमका चाल्र्स डे केटलेरले हेडर गोल गरी खेललाई

    • प्रकाशित मितिः असार २७, २०८३
    • १२८ पटक पढिएको
  • सूचक घटेको बजारमा कारोबार रकम वृद्धि, उच्च कारोबार गर्ने १० मध्ये ९ स्टक ऋणपत्र

    इटहरी । वित्तीय संस्थाको ऋणपत्रमा शुक्रबार पनि लगानीकर्ता झुम्मिएका छन् । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार परिसूचक ०.०४ प्रतिशत अर्थात् १.१३ अंकले घटेर २६००.७८ अडिँदा कारोबार रकम भने बढेको छ ।नेप्सेमा सूचीकृत ३६७ स्टकको १ करोड ६ लाख ६० हजार ५३७ कित्ता शेयर ५३ हजार ४३२ पटक किनबेच हुँदा ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६५८ रुपैयाँको शेयर किनबेच भएको छ ।बिहीबार ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाउँदा शुक्रबार व्यापार समूह सर्वाधिक १.२७ प्रतिशतले बढेको छ । विकास बैंक समूहमा सर

    • प्रकाशित मितिः असार २७, २०८३
    • १७६ पटक पढिएको
  • सुन्दरहरैंचा–१२ ले सम्मान गर्याे द भ्वाइस किड्सका दुई प्रतियोगीलाई

    विराटचोकः द भ्वाइस किड्सको ब्लाइन्ड अडिसनमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएर ब्याटल राउन्डमा प्रवेश गरेका सुन्दरहरैंचाका दुई जना प्रतियोगीलाई सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ ले सम्मान गरेको छ ।प्रतियोगी प्रनिसजंग केसी र आरोही गुरागाईंलाई सुन्दरहरैँचा वडा नम्बर १२ को कार्यालयले सम्मानपत्र सहित सम्मान गरेको हो । प्रतियोगीहरुको हौसला बढाउन तथा आफ्नो वडाबाट राष्ट्रिय मञ्चसम्म पुगेका प्रतियोगीलाई सम्मान गरिएको वडाध्यक्ष रोशनप्रसाद ढकालले बताउनुभयो ।

    • प्रकाशित मितिः असार २६, २०८३
    • १६१ पटक पढिएको
  • बढ्यो लगातार घटेको सुनचाँदीको भाउ

    इटहरी  ।  लगातार ५ दिनदेखि घटिरहेको सुनचाँदीको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।आज चाँदीको भाउ प्रतितोला ४ हजार ३४० रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः असार २६, २०८३
    • ९५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल