All Posts By खेमचन्द्र अधिकारी

    Showing ६८१-६९० of १,३६७ items.
  • आजदेखि ५०० दरका नयाँ नोट बजारमा

    इटहरी ।  आजदेखि नेपाल राष्ट्र बैंकले नयाँ सिरिजका ५०० रुपैयाँ दरका नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै नयाँ नोट असार ३ गतेदेखि प्रचलनमा आएको जनाएको हो ।राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रङ हाल प्रचलनमा रहेका ५०० रुपैयाँका नोटसरह नै रहनेछ । नोटमा विभिन्न सुरक्षा विशेषतासहित नयाँ डिजाइन समावेश गरिएको छ ।नोटको अगाडिको भागमा सगरमाथाको चित्र, लालीगुराँसको वाटरमार्क तथा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोटको दर पहिचान गर्न सक्ने विशेष चिह्न राखिएको छ । नोटमा गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ ।नोटको पछाडिको भागमा पाटेबाघको चित्र उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः असार ३, २०८३
    • १६२ पटक पढिएको
  • माउन्ट एभरेष्ट पावरले आजदेखि आईपीओ बेच्ने

    इटहरी ।  माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज असार ३ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ ।सो कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ८ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख ७२ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ ।त्यस्तै, कम्पनीले ३४ हजार ४०० कित्ता शेयर कर्मचारीका लागि र ८६ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ ।बाँकी रहेको १४ क

    • प्रकाशित मितिः असार ३, २०८३
    • १२९ पटक पढिएको
  • आज हिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षा, तराईमा गर्मी हुने

    इटहरी ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ ।जसका कारण आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको

    • प्रकाशित मितिः असार ३, २०८३
    • १३९ पटक पढिएको
  • इराकमाथि ४–१ गोल गर्दै समूह चरणको पहिलो खेलमा नर्वेले जोड्यो ३ अंक

    इटहरी ।  आज बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको फिफा विश्कप २०२६ को खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गरेको छ ।नर्वेको जीतमा एर्लिङ हाल्याण्डले दुई र लियो ओस्टिगार्डले एक गोल गरेका थिए । एक गोल आत्मघाती गोल भएको थियो । इराकका आयमन हुसेनले सान्त्वना गोल गरेका थिए ।हाल्याण्डले खेलको २९ औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि इराकका हुसेनले गोल गर्दै खेललाई बराबरीमा फर्काएपछि खेल रोमाञ्चक बनेको थियो ।खेलको ४३ औं मिनेटमा हाल्याण्डले दोस्रो गोल गरे भने ७६ औं मिनेटमा नर्वेका लियोले गोल गरे ।मध्यान्तरको इन्जुरी समयमा आत्मघाती गोल हुँदा नर्वेले ४–१

    • प्रकाशित मितिः असार ३, २०८३
    • १४७ पटक पढिएको
  • साबिक उपविजेता फ्रान्सद्वारा सेनेगल ३–१ गोलले पराजित

    इटहरी ।  विश्वकप फुटबलको साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ मा समूह चरणको पहिलो खेलमा सेनेगललाई पराजित गरेको छ ।आज बिहान अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रंगशालामा भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हराएको हो । फ्रान्सको जीतमा कप्तान केलिएन एमबाप्पेले २ र ब्राडली बारकोलाले एक गोल गरे । सेनेगलका इब्राहिम म्बायेले सान्त्वना गोल फर्काएका थिए ।खेलको ६६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ८२ औं मिनेटमा बारकोलाले गोल गर्दै फ्रान्सलाई दोब्बर अग्रता दिलाएका थिए ।मध्यान्तरपछिको इन्जुरी समयमा सेनेगलका इब्राहिम म्बायेले सान्त्वना गोल गरे ।

    • प्रकाशित मितिः असार ३, २०८३
    • २१६ पटक पढिएको
  • जेठमा घट्यो घरजग्गा कारोबारको राजस्व

    इटहरी । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको विवरणअनुसार घरजग्गा (रियल इस्टेट) बजार पछिल्लो समय क्रमिक रूपमा सुधारिँदै गएको छ । जेठले घरजग्गा कारोबारको परिमाण (भोल्युम) बढे पनि राजस्व भने घटेको छ ।उच्च मूल्य भएका घरजग्गाको खरिदबिक्री कम हुँदा राजस्व सङ्कलन भने वैशाखको तुलनामा जेठ महिनामा केही गिरावट आएको छ । विभागको तथ्याङ्कअनुसार वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूबाट ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । जेठ महिनामा करिब १६.२८ प्रतिशत अर्थात १ अर्ब १ करोड ९५ लाख रुपैयाँले घटेर ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ मात्रै राजस्व सङ्कलन

    • प्रकाशित मितिः असार ३, २०८३
    • १६४ पटक पढिएको
  • तोडिन सक्छन् फिफा विश्वकप २०२६ मा यी पाँच कीर्तिमान

    इटहरी ।  फिफा विश्वकप पहिलो पटक तीन राष्ट्रले आयोजना गर्नेदेखि अहिलेसम्मकै धेरै ४८ राष्ट्रले खेल्दैछन् भने १०४ खेल हुने भएका छन् । जुन एकै संस्करणमा हुन लागेको अहिलेसम्मकै धेरै खेल हो । विश्वकप फुटबलको इतिहासमा यी कीर्तिमान थपिएका छन् ।मेक्सिकोको एज्टेका रंगशाला तीन फरक विश्वकप आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बन्ने भएको छ । मेक्सिको तीन पटक विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बनेर पनि कीर्तिमान राख्दैछ ।यी हुन् फिफा विश्वकप २०२६ मा तोडिन सक्ने पाँच कीर्तिमान१. सर्वाधिक गोल सङ्ख्यायस विश्वकपमा टिम सङ्ख्या र खेल सङ्ख्या बढेपछि अहिले कीर्तिमान बन्ने सम्भावना पनि धेरै छ । त्यसमा पनि एक

    • प्रकाशित मितिः असार २, २०८३
    • १६२ पटक पढिएको
  • घट्यो नेप्से परिसूचक, आयो २७०० आसपास

    इटहरी । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक आज पनि घटेको छ । आज नेप्से परिसूचक ०.२३ प्रतिशत अर्थात ६.३१ अंकले घटेर २७०५.४५ अंकमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार ५९६ कित्ता शेयर ४८ हजार ११६ पटक किनबेच हुँदा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँको शेयर किनबेच भएको छ ।व्यापार र सामुहिक लगानी कोष समूहहरु क्रमशः०.३१ र ०.०५ प्रतिशतले बढ्नुबाहेक अन्य समूह ओरालो लागेका छन् । फाइनान्स समूह सर्वाधिक अर्थात् ०.६० प्रतिशतले घटेको छ ।आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ३१ करोड ९९ लाख ४५ हजार ९५ रुपैयाँको शेयर किनबेच भएको छ । सिद्धार्थ बैंक, रिलायन्स स्पिनीङ मिल्स, रावा

    • प्रकाशित मितिः असार २, २०८३
    • ४०३ पटक पढिएको
  • दुई दुई गोलको बराबरीमा रोकिए इरान र न्युजिल्याण्ड

    इटहरी ।  आज बिहान भएको फिफा विश्कपको समूह चरणको खेलमा इरान र न्युजिल्याण्डले दुईदुई गोलको बराबरी नतिजा निकालेपछि अंक बाँडेका छन् ।अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा भएको खेलमा खेलको सुरुवातमा नै न्युजिल्यान्डका एलिजाह जस्टले सुरुवाती गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए ।खेलको ३१ औँ मिनेटमा इरानका डिफेन्डर रामिन रेजैयानले गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा ल्याएका थिए ।मध्यान्तरपछि खेल शुरु भएको केही समयमै एलिजाह जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई पुनः २–१ को अग्रता दिलाएका थिए ।खेलको ६३ औं मिनेटमा इरानका मोहम्मद मोहेबीले उत्कृष्ट हेडरमार

    • प्रकाशित मितिः असार २, २०८३
    • १९७ पटक पढिएको
  • कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    इटहरी । आज कोशी प्रदेशका पहाडी तथा तराईका भूभागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेको  छ। हाल कोशी प्रदेशको तराई भूभागमा साधारणतया बदली छ भने पहाडी तथा हिमाली क्षेत्रमा पनि बादल लागेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।कोश

    • प्रकाशित मितिः असार २, २०८३
    • १४८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल