All Posts By खेमचन्द्र अधिकारी

    Showing ६१-७० of १,३३१ items.
  • सुनसरी–मोरङ सिँचाइ प्रणालीको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    वराहक्षेत्रः उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्रसँग एकीकृत गर्दै जनसङ्ख्या पलायन न्यूनीकरणको माध्यम बनाउनुपर्ने बताएका छन् ।सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिँचाइलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताउनुभयो ।सिँचाइमा गरिएको लगानीको वास्तविक प्रतिफल कृषि उत्पादन र उत्पादकत्व वृद्धिमार्फत् प्राप्त हुने भएकाले सिँचाइसँगै कृषि उत्पादन, किसानका कार्यक्रम र बजार व्यवस्थापनलाई समेत एकीक

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ७८ पटक पढिएको
  • मुख्यमन्त्री कार्कीले तेस्रो पटक पाए विश्वासको मत

    विराटनगरः हिजो बसेको प्रदेशसभा बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तेस्रो पटक विश्वासको मत पाउनुभएको छ । कार्कीको पक्षमा ५७ मत परेको छ । नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ प्रदेशसभा सदस्यले कार्कीको पक्षमा मतदान गरेका हुन् ।विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका २२ प्रदेशसभा सदस्यले मतदान गरेका छन् । कांग्रेसका २९ सदस्य रहे पनि सबै सदस्य मतदानमा सहभागी भएनन् ।राप्रपाका सभामुखसहित पाँच प्रदेशसभा सदस्यले मतदान गरेनन् । जनता समाजवादी पार्टीकी एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बू पनि बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।९३ सदस्यीय कोशी प्रदेशसभामा एक सदस्यले राजीना

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ९३ पटक पढिएको
  • लायन्स क्लब गोठगाउँ रोयल सिटी तथा नोबेल र केएमसीबीच भयो उपचार छुटको सम्झौता

    इटहरी ।  लायन्स क्लब अफ गोठगाउँ रोयल सिटी, सुन्दरहरैँचा–७, मोरङले आफ्ना सदस्य, सदस्यका परिवार तथा क्लबको सिफारिशमा उपचारका लागि जाने सर्वसाधारणलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दुई प्रमुख मेडिकल कलेजसँग सम्झौता गरेको छ ।क्लबले विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) सँग स्वास्थ्य उपचारमा छुट उपलब्ध गराउनेसम्बन्धी छुट्टाछुट्टै सम्झौता गरेको हो ।सम्झौताअनुसार नोबेल मेडिकल कलेजमा क्लबको सिफारिशमा उपचारका लागि जाने बिरामीले सरकारी स्वास्थ्य उपचारसम्बन्धी सुविधा, स्वास्थ्य बीमा, आमा सुरक्षा, व

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ७५ पटक पढिएको
  • यमबुद्ध फाउण्डेसनद्वारा सुकुना क्याम्पसमा १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना

    विराटचोकः यमबुद्ध फाउण्डेसनले स्वर्गीय गायक अनिल अधिकारी (यमबुद्ध) को स्मृतिमा सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचा मोरङमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।फाउण्डेसनले ‘यमबुद्ध छात्रवृत्ति अक्षयकोष, सुकुना बहुमुखी क्याम्पस’ का लागि १० लाख प्रदान गरेको हो । फाउण्डेसनका अध्यक्ष अम्बिकाप्रसाद अधिकारी र कोषाध्यक्ष उर्मिला अधिकारीले बिहीबार आयोजित एक समारोहबीच क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीलाई बैंक चेक हस्तान्तरण गर्नुभएको हो ।२०८२ साल माघ १ गते सुकुना बहुमुखी क्याम्पसमा यमबुद्ध ट्रिब्युट कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रमका स

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १०४ पटक पढिएको
  • मिक्लाजुङको ग्याङ्री खोलामा पुल निर्माण शुरु

    मधुमल्लाः मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित ग्याङ्री खोलामा पुल निर्माण कार्य शुरु भएको छ । पुल नबन्दा मिक्लाजुङ–माल्वारी– तोरीबारी जोड्ने मार्गमा रहेको कजवे बर्खायाममा जोखिमपूर्ण हुने गरेको थियो ।वर्षौंदेखि स्थानीयले भोग्दै आएको आवतजावतको समस्याका कारण स्थानीयवासीमात्रै होइन खुडी (कुईनेटार) र चुलीपोखरी हाइकिङ जाने पदयात्री र पर्यटक पनि समस्यामा पर्ने गरेका थिए । प्रमुख मार्गमा पुल निर्माण भएपछि पर्यटकको आवागमन समेत सहज हुने भएको गाउँपालिका अध्यक्ष बबिकुमार राईले बताउनुभयो ।गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा स्थानीयको दीर्घकालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै पुल निर्माण शुरु गरिएको गाउँपाल

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ११३ पटक पढिएको
  • २६०० को लाइनबाट पनि झर्याे शेयर बजार

    इटहरी ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७३ प्रतिशत अर्थात १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५० स्टकको ८५ लाख ७२ हजार ९७० कित्ता शेयर ५३ हजार १५३ पटक किनबेच हुँदा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार ५४९ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटै समूहमा रातो पोतिँदा जलविद्युत समूह सर्वाधिक अर्थात १.१९ प्रतिशत घटेको छ ।आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक १२ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।बजार घटे पनि सर्वोत्तम पेन्ट्सको शेयरमूल्य आज पनि १५ प्रतिशत बढेको छ । धौलागिरी लघुवित्तको शेयरमूल्य ११.९८ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ९.१४ र

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १२६ पटक पढिएको
  • विराटचोकमा ‘नेपाली जुत्ताघर’ को नयाँ शाखा

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकमा नेपाली उत्पादनका जुत्ताचप्पल मात्र बिक्री गर्ने उद्देश्यले ‘नेपाली जुत्ताघर’ सञ्चालनमा आएको छ ।सो जुत्ताघरमा स्वदेशी ७ वटा ब्रान्डका जुत्ताचप्पल उपलब्ध रहेको बताइएको छ । १ हजारभन्दा बढी मोडलका जुत्ता–चप्पल १०० रुपैयाँदेखि ४ हजार रुपैयाँसम्ममा पाइने सञ्चालक मातृका नेपालले बताउनुभयो ।नेपाली जुत्ताघरले यसअघि इटहरीमा शाखा सञ्चालनमा ल्याएको थियो । सो जुत्ताघरमा रन सुज, फस्ट वाक सुज, बीएफ डियर हिल सुज, स्मार्ट सुज, सुल्याण्ड, गोल्डस्टार र क्यापिटल ब्राण्डका जुत्ताचप्पल बिक्रीका लागि राखिएको सञ्चालक नेपालले जानकारी दिनुभयो ।हप्तामा सातै दिन खुला

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • ४७४ पटक पढिएको
  • प्रवासी नेपाली मञ्च कुबेतको अध्यक्षमा चुडाराज भट्टराई

    कुबेतः प्रवासी नेपाली मञ्च, कुबेतको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट चुडाराज भट्टराई अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।२१ अगस्ट २०२६ मा सम्पन्न महाधिवेशनले सुनबहादुर तामाङ, नवराज आचार्य र शान्ता भण्डारीलाई उपाध्यक्षमा निर्वाचित गरेको छ । युवराज ढकाल सचिव, टीकाराम उप्रेती (अर्जुन) र अशोक ओस्ती सह–सचिव तथा दुर्गा ढकाल आर्थिक संयोजकमा निर्वाचित हुनुभएको छ ।नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा मीना पौडेल चम्लागाई, देवी परियार, भोजराज घिमिरे, हेमन्त नगरकोटी, युवराज अधिकारी, सुमान्त खनाल, सूर्य ओस्ती, प्रकाश बिक, सीताराम भट्टराई, सरोज सापकोटा, रोशन आचार्य, मानबहादुर मानन्धर, गुलाम नबी मनसुर, अनि

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १२० पटक पढिएको
  • नझरेका फूलहरूको आयोजनामा भएको जनकवि दुर्गालाल श्रेष्ठ स्मृति साँझमा यसरी सम्झिए सर्जकहरूले

    इटहरीः सुनसरीको इटहरीमा रहेको उत्सव होटलमा हिजो साँझ अलि फरक माहोल थियो । ८ दिन अघि दिवङ्गत हुनुभएका नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा श्रेष्ठले नै रचना गरेका कविता वाचन तथा गीत गायनको कार्यक्रम राखिएको थियो ।‘नझरेका फूलहरू’को आयोजनामा भएको कार्यक्रममा ४ जना गायकले श्रेष्ठद्वारा रचित नेपाली तथा नेपाल भाषाका गीत गाउनुभएको थियो । १४ जना सर्जकले कवि श्रेष्ठका कविता वाचन गर्नुभएको थियो ।कार्यक्रममा गायक कृष्णाराजा श्रेष्ठले ‘नजिक आउनुमा…..’, बोलको गीत, गायक दुर्गा पराजुलीले ‘सयथरी बाजा एउटै ताल….’, बालगायक योग्यता घिमिरेले ‘फूलको आँखामा फूलै संसार…..’, र गीताप्रसाद श्रेष्ठले नेपाल भा

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • ११७ पटक पढिएको
  • पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल गोठगाउँमा शल्यक्रिया र भेन्टिलेटर सेवा बिस्तार

    गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल, सुन्दरहरैचामा एनेस्थेसिया विभागमा विशेषज्ञ चिकित्सक नियुक्त गरेर मेजर अपरेशन सेवा सञ्चालनमा आएको छ । अस्पतालमा भेन्टिलेटर सेवा समेत विस्तार गरिएको छ ।प्रसूति सेवा सञ्चालन गर्ने तयारी पनि भइरहेको बताइएको छ । यसै वर्षदेखि आई.सी.यू., एन.आई.सी.यू. र पी.आई.सी.यू. सेवा समेत सञ्चालनमा ल्याउने लक्ष्य राखिएको मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद गणेश कार्कीले जनाउनुभएको छ ।सांसद कार्कीका अनुसार सहुलियत यातायात सेवा पनि सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको छ । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षण अस्पताल, कर्मचारी सबैको सहकार्यमा नयाँ सेवा बिस्तारको काम भइरह

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १८७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल