All Posts By खेमचन्द्र अधिकारी

    Showing ७१-८० of १,३३१ items.
  • सुनसरीका किसान जुट खेतीमा आकर्षित

    इनरुवाः सुनसरीको दक्षिण पश्चिम पालिकाका किसान जुट खेतीतर्फ आकर्षित हुन थालेका छन् ।भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । अहिले उहाँलाई जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उहाँको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् ।जुट खेती गर्दा चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात उखाल्ने काम गर्नुपर्छ । त्यसपछि जुट काटेर करिब एक हप्तासम्म पानीमा डुबाएर राख्नुपर्छ । त्यसपछि डाँठबाट रेसा निकालेर घाममा सुकाइन्छ र भोजा बनाएपछि मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ ।यो खेतीमा मेहनत धेरै छ, तर अहिले मूल्य राम्रो भए

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १४६ पटक पढिएको
  • दुई घण्टामा १२ अंक झर्याे शेयर बजार, कारोबार रकम १ अर्ब १५ करोड रुपैयाँ

    इटहरी ।  आज पनि बजार खुलेदेखि नै नेपाली शेयर बजारमा बिक्री चाप देखिएको छ । जसका कारण २ घण्टामा १२ अंकले बजार घटेको छ ।सो अवधिमा १ अर्ब १५ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै साहस ऊर्जाको ४ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि उच्च कारोबार हुनेमा सोलु हाइड्रोपावर र माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड रहेका छन् ।नेप्से सूचक २६०६ को आसपासमा रहेर शेयर किनबेच भइरहेको छ । सूचक घटेको बजारमा सर्वाेत्तम पेन्ट्सको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशत बढेको छ ।पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य ११ प्रतिशत घटेको छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २०९ पटक पढिएको
  • सुनको भाउ बढ्यो ३२०० रुपैयाँ, चाँदीको घट्यो १० रुपैयाँ

    इटहरी । आज पनि सुनको मूल्य बढेको छ । चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँ बढ्दा चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १५२ पटक पढिएको
  • साउनमा १९१ विदेशी लगानीका परियोजना स्वीकृत हुँदा ३ अर्ब ७७ करोड रुपैयाँको लगानी प्रतिबद्धता

    इटहरी ।  चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा १९१ वटा विदेशी लगानीका परियोजना स्वीकृत भएका छन् । उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार ती परियोजनाका लागि कुल ३ अर्ब ७७ करोड २८ लाख ४० हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।स्वीकृत परियोजनामध्ये सबैभन्दा धेरै सूचना प्रविधि तथा सञ्चार (आईसीटी) क्षेत्रमा छन् । आईसीटीतर्फ १२८ वटा परियोजना स्वीकृत भएका छन् । जसमा ५६ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता रहेको प्रतिवेदनमा उल्लेख छ ।पर्यटन क्षेत्रमा ३३ वटा परियोजना स्वीकृत भएका छन् । यस क्षेत्रमा १ अर्ब

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १२५ पटक पढिएको
  • ‘नझरेका फूलहरू’द्वारा गीतकार दीपा राई पुनसँग जम्काभेट कार्यक्रम

    इटहरीः ‘नझरेका फूलहरू’ को आयोजनामा शनिबार सुप्रसिद्ध कवि एवम् गीतकार दीपा राई पुनसँग ‘जम्काभेट’ नाम दिएर साहित्यिक तथा साङ्गीतिक कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।इटहरीको होटल मादेन इनमा ‘कफी सृजना र साक्षात्कार’ अन्तर्गत स्रष्टाहरू मनु मञ्जिल, हेमन यात्री, किरण टी.लिम्बू, मिश्रा गुरुङ, करुणा राई, सुविद गुरागाईँ, गायत्री लम्साल, विनोद विवश र टीका आत्रेयले आफ्ना भनाइ तथा सिर्जना प्रस्तुत गर्नुभएको थियो ।नझरेका फूलहरूका सञ्चालक केपी घिमिरेका अनुसार कार्यक्रममा मोरङ र सुनसरीका स्रष्टालाई आमन्त्रण गरिएको थियो ।

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • ९३ पटक पढिएको
  • अनेम संघ लेटाङको अध्यक्षमा पुनम मास्की मगर

    लेटाङः अखिल नेपाल महिला संघ (अनेम संघ) लेटाङ नगर कमिटीको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।शनिबार सम्पन्न नगर सम्मेलनले पुनम मास्कीमगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा केसीमाया राई, सचिवमा रत्न पौडेल, उपसचिवमा शान्ता बिक र कोषाध्यक्षमा थिरकुमारी पोख्रेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।वडागत प्रतिनिधित्व हुने गरी निम्न बमोजिम नगर कमिटी सदस्य चयन गरिएको छ ।वडा नं. १ः सुकमाया लिम्बू, बिबिता राईवडा नं. २ः राधा भण्डारी, अनु निरौलावडा नं. ३ः मनमाया गौतम, तीर्थवती राईवडा नं. ४ः सुनिता परियार, सरिता लिम्बूवडा नं. ५ः राधिका पौडेल, प्रमिला श्र

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १०७ पटक पढिएको
  • सुनको मूल्य २८०० रुपैयाँ बढ्दा चाँदीको घट्यो १० रुपैयाँ

    विराटचोकः आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँ रहेको छ ।चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १६० पटक पढिएको
  • आज पनि पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना

    इटहरी ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको हुनाले अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही स्थानमा तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तर

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ११५ पटक पढिएको
  • गछियामा सफारी चालकलाई ज्याकेट वितरण

    गछियाः मोरङको सुन्दरहरैंचास्थित गछियामा सुरक्षित चालक ज्याकेट वितरण कार्यक्रम सम्पन्न भएको छ ।गछिया ट्राफिक प्रहरी पोष्टको आयोजना तथा युवा स्वरोजगार सिटी चालक समूह गछियाको सहकार्यमा आयोजित कार्यक्रममा सिटी चालकहरूलाई सुरक्षित चालक ज्याकेट वितरण गरिएको हो ।कार्यक्रममा गछिया ट्राफिक प्रहरी पोष्टका प्रमुख सहायक निरीक्षक रामबिलास चौधरीले चालकहरूले ट्राफिक नियमको पूर्ण पालना गर्दै जिम्मेवार र सुरक्षित रूपमा सवारी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष रोशनप्रसाद ढकालले सफारी चालकहरूलाई आफ्नो पेशाप्रति जिम्मेवार

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १२४ पटक पढिएको
  • गाँजा खेतीलाई कानुनी मान्यता दिन अर्थ मन्त्रालय सकारात्मक

     काठमाडौंः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।मन्त्री वाग्लेले गाँजा उत्पादन तथा बजारीकरणको विषय केवल आय, रोजगारी र राजस्व सङ्कलनको पाटो मात्र नभई यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगको विषयसमेत भएको उल्लेख गरे । उनले गाँजा खेतीका सम्बन्धमा विज्ञहरूबाट हुने अध्ययन र निष्कर्षका आधारमा कानुन निर्माण गरी

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ११२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल