खेलकुद

    Showing ११-२० of ५७३ items.
  • इटहरीवासी खेलाडी आशिष राईको उपचारमा ध्यान दिन रास्वपा सांसद प्रकाशचन्द्र परियारको ध्यानाकर्षण

    इटहरीः हिजोको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले राष्ट्रिय खेलाडीको उपचार र राज्यको जिम्मेवारीबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।सचेतक परियारले खेललाई विश्वमै ‘सफ्ट पावर’ अर्थात् सौम्य शक्तिका रूपमा लिन थालिएको उल्लेख गर्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने खेलाडीको उपचारमा राज्यले बेवास्ता गर्न नहुने बताउनुभएको हो । खेलाडीले देशका लागि पदक र प्रतिष्ठा ल्याउने तर गम्भीर चोट लागेपछि उपचारका लागि आर्थिक अभाव झेल्नुपर्ने अवस्था विडम्बनापूर्ण भएको उहाँको भनाइ थियो ।‘खेल फेरि एआईले होइन, खेलाडीले नै खेल्ने हो । पदक उनीहरूले नै ल्याउने हो’, बैठकम

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १३७ पटक पढिएको
  • बेलबारी फुटबल क्लब बन्यो दोस्रो एसईई कप २०८३ को विजेता

    लेटाङः चिसाङ फुटबल क्लब, लेटाङको आयोजनामा लेटाङ–६ स्थित सुकेचौरी खेलमैदानमा सम्पन्न दोस्रो एसईई कप २०८३ को फाइनलमा बेलबारी फुटबल क्लबले खेरुवा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।उपाधि जितेसँगै बेलबारी एफसीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता खेरुवा एफसीले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विभिन्न विधागत पुरस्कार प्रदान गरिएको खेल संयोजक आशिष राईले जानकारी दिनुभयो ।स्थानीय युवा खेलाडीहरूको प्रतिभा पहिचान तथा फुटबल खेलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले

    • प्रकाशित मितिः साउन २३, २०८३
    • १७७ पटक पढिएको
  • बेलबारी फुटबल क्लब बन्यो दोस्रो एसईई कप २०८३ को विजेता

    लेटाङः चिसाङ फुटबल क्लब, लेटाङको आयोजनामा लेटाङ–६ स्थित सुकेचौरी खेलमैदानमा सम्पन्न दोस्रो एसईई कप २०८३ को फाइनलमा बेलबारी फुटबल क्लबले खेरुवा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।उपाधि जितेसँगै बेलबारी एफसीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता खेरुवा एफसीले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विभिन्न विधागत पुरस्कार प्रदान गरिएको खेल संयोजक आशिष राईले जानकारी दिनुभयो ।स्थानीय युवा खेलाडीहरूको प्रतिभा पहिचान तथा फुटबल खेलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १४० पटक पढिएको
  • मितेरी डेभलपमेन्ट बैंकको नाफा बढे पनि घट्यो लाभांश क्षमता

    इटहरी । मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२\८३ मा व्यवसायको आकार बढाएको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ३६.०७ प्रतिशत र ग्राहक कर्जा २९.२५ प्रतिशत बढ्दा खुद ब्याज आम्दानी ५०.२६ प्रतिशत बढेको छ । नाफा बढे पनि वितरणयोग्य नाफा ५.०१ प्रतिशत र वार्षिकीकृत वितरणयोग्य प्रतिशेयर आम्दानी ५ प्रतिशतले घटेको छ ।बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको ब्याज आम्दानी १७.९८ प्रतिशत बढेर ६७.४२ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद नाफा ८.९८ प्रतिशत बढेर रु. १४.१२ करोड पुगेको छ । सञ्चालन मुनाफा पनि ८.६३ प्रतिशत बढेर रु. २०.१७ करोड पुगेको छ ।बैंकको वितरणयोग्य नाफा

    • प्रकाशित मितिः साउन १५, २०८३
    • ४८५ पटक पढिएको
  • धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ

    धनकुटाः धनकुटाको तल्लो टुँडिखेल पुनः सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले शनिबारदेखि मैदानको सरसफाइ तथा व्यवस्थापन अभियान थालेसँगै खेलाडी र खेलप्रेमीका लागि मैदान खुलाउने प्रक्रिया अघि बढाइएको हो ।जिल्लाको प्रमुख खेलमैदानका रूपमा रहेको टुँडिखेलमा सशस्त्र प्रहरी, नेपाली सेना, पूर्वखेलाडी, वर्तमान खेलाडी तथा स्थानीयवासीको सहभागितामा सरसफाइ अभियान सञ्चालन भएको हो । मैदानमा बढेको घाँस–झार हटाउने, सतह सफा गर्ने र खेल सञ्चालनका लागि उपयुक्त बनाउने काम भइरहेको जनाइएको छ ।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज चाम्लिङ राईले केही दिन सरसफाइ गरेपछि सामान्य मर्मतसम्भार गरी मैदान खेल गतिविध

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २०० पटक पढिएको
  • यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान

    इटहरी । फिफा विश्वकप २०२६ ले स्पेनलाई दोस्रो पटक विश्वकप विजेता बनाएको छ । सँगसँगै विश्व फुटबलका धेरै पुराना कीर्तिमान पनि तोडिएका छन् । फिफाले समावेश गरेको कीर्तिमानअनुसार यी हुन् विश्वकप फुटबल २०२६ मा बनेका कीर्तिमानहरूःएम्बाप्पेः सर्वाधिक गोलकर्ताफ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिता सकिँदासम्म २२ गोल गर्दै जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान तोडे ।विश्वकप शुरु भएपछि शुरुमा लियोनल मेसीले यो कीर्तिमान तोडे पनि प्रतियोगिता सकिँदा एमबाप्पे मेसीभन्दा अगाडि रहँदै शीर्ष स्थान कब्जा गरे ।मेसीका तीन विश्व कीर्तिमानअर्जेन्टिनाका कप्

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ५४८ पटक पढिएको
  • स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित विराटनगर विमानस्थलबाट उपसचिव पक्राउ

    विराटनगरः साउन ३ गते आइतबार विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन् । उनी नेपाल सरकारका उपसचिव हुन् ।विराटनगरबाट काठममाडौं जाने क्रममा उनी पक्राउ परेको विवरण प्रहरीले आज मात्रै सार्वजनिक गरेको हो । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङको झोलामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट फेला परेपछि प्रहरीले रकमको स्रोतको खोजी गरेको थियो ।तामाङले स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो ।

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ३१८ पटक पढिएको
  • सन् २०३० को विश्वकप फुटबल ६ वटा देश र ३ वटा महादेशमा हुने, विश्वकपको शतवार्षिकी मनाइने

    इटहरी ।  २०२६ को विश्वकप सकिएसँगै अब फुटबल समर्थकहरूको ध्यान २०३० को फिफा विश्वकपतर्फ केन्द्रित भएको छ ।विश्वकप फुटबल प्रतियोगिता हुन थालेको १०० वर्ष पूरा हुने हुनाले आगामी विश्वकप प्रतियोगिता इतिहासमै पहिलोपटक छ वटा देश र तीन महादेशमा आयोजना हुने भएको हो ।सो विश्वकप जुन महिनामा शुरु हुने बताइएको छ । विश्वकपका विशेष खेलहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुने भएका छन् । मुख्य प्रतियोगिता स्पेन, पोर्चुगल र मोरक्कोमा सञ्चालन हुने र जुलाइ २१ मा फाइनल खेल खेलाइने बताइएको छ ।प्रतियोगिताको आयोजक राष्ट्र स्पेन, पोर्चुगल र मोरक्को रहने भएका छन् । विश्वकपको शतवार्षिकी मनाउन पहिलो चरणका एक–ए

    • प्रकाशित मितिः साउन ८, २०८३
    • १,३१८ पटक पढिएको
  • नामिबियासँग नेपाल ८ विकेटले पराजित, दोहोरियो कमजोर प्रदर्शन

    इटहरी । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा शुरु भएको नयाँ शृंखलाको पहिलो खेलमै नेपालले निराशाजनक सुरुआत गरेको छ ।घरेलु मैदानमा दुई महिनाअघि उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चारको आशा जगाएको नेपाल विदेशी भूमिमा भने पुरानै कमजोरी दोहोर्याउँदै नामिबियासँग ८ विकेटले पराजित भयो । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १५७ रनमै समेटियो भने नामिबियाले १५८ रनको लक्ष्य मात्र दुई विकेट गुमाएर ७४ बल बाँकी छँदै पूरा गर्याे ।नेपालको ब्याटिङ सुरुदेखि नै दबाबमा रह्यो । ओपनर कुशल भुर्तेल र इशान पाण्डे सस्तैमा आउट भएपछि नेपालको इनिङ्स धराशायी बन्न पुग्यो । कप्तान रोहित पौडेल (३२) र दीपेन्द्र सिंह ऐ

    • प्रकाशित मितिः साउन ६, २०८३
    • २५१ पटक पढिएको
  • विश्वकप फुटबलमा स्पेन विश्वविजेता बन्दा इराक पुछारमा, यस्तो छ अन्तिम वरीयता

    इटहरी ।  विश्वकप फुटबलमा स्पेनले दोस्रो पटक ट्रफी उचालेसँगै फिफाले विश्वकप २०२६ मा सहभागी सबै ४८ टोलीको अन्तिम वरीयता सार्वजनिक गरेको छ ।फिफाले समान चरणबाट बाहिरिएका टोलीको अन्तिम स्थान निर्धारण गर्दा प्रतियोगिताभरको कुल अंक, गोल अन्तर र गोल सङ्ख्यालाई आधार मानेको जनाएको छ ।समूह चरणको पहिलो खेलमा स्पेनले केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो । त्यसपछि उसले लगातार सात खेल जित्दै उपाधि उचालेको हो । उसले साउदी अरेबिया, उरुग्वे, अस्ट्रिया, पोर्चुगल, बेल्जियम, फ्रान्स र अर्जेन्टिनालाई पराजित गर्दा प्रतियोगिताभरमा १ गोल मात्रै खाएको थियो ।उपविजेता बनेको अर्जेन्टिनाले समूह चरणका सबै खेल ज

    • प्रकाशित मितिः साउन ५, २०८३
    • १५५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल