काठमाडौंः प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै बाढीपछिको अवस्थाको बारेमा जानकारी दिनुभएको छ । बाढीपछि स्थगित बैठक आज सुचारु भएसँगै प्रधानमन्त्रीले सांसदहरूलाई बाढीपछि सरकारले गरिरहेको कामको बारेमा जानकारी दिनुभएको हो । यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठःसम्माननीय सभामुखज्यू,आज म विशेष जिम्मेवारीसहित यस गरिमामय सार्वभौम संसदको रोस्ट्रममा उभिएको छु ।आफ्ना सपनाहरू बुनिरहनु भएका नानीबाबुहरु, हाँसो–खुसीका साथ बसिरहनु भएका आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरूलाई भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै हामीबाट खोसेर लग्यो ।यस अकल्पनीय विपत्तिमा
विराटनगरः सङ्खुवासभा जिल्लामा सञ्चालित दुई ठूला बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण कम्पनीलाई कारवाहीस्वरूप ठेक्का तोड्ने चेतावनी दिएको छ ।कोशाी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले तोकिएको समयसीमाभित्र प्रगति नदेखिए ठेक्का तोडेर कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको हो । हिजो मन्त्रालयमा आयोजित विशेष छलफलमा मन्त्री आचार्यले अब कुनै पनि बहानामा ढिलाइ सह्य नहुने बताउनुभएको हो ।मन्त्री आचार्यले म्याद थप्ने परम्परा अन्त्य गर्दै गुफापोखरी–बाह्रबिसे सडक निर्माणको ०८३ कात्तिक २४ सम्ममा नतिजा नआए निर्माण कम्पनीको धरौट
काठमाडौंः भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट पोस्टमार्टमका लागि काठमाडौं ल्याइएका ११४ शवमध्ये हालसम्म १३ जनाको मात्रै सनाखत भएको छ ।रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रबाट संकलन गरिएका शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको थियो । काठमाडौँ प्रहरीका अनुसार पहिचान खुलेका १३ मध्ये १२ शव परिवारले बुझेर अन्त्येष्टि गरिसकेका छन् ।पहिचान हुन नसकेका शवमध्ये ४६ वटालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका जङ्गल क्षेत्रमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । स्थानीय प्रशासनको निर्णयपछि ती शवलाई आवश्यक कानुनी तथा फरेन्सिक प्रक्रिया पूरा गरेर व्यवस्थापन गरिएको जनाइएको छ ।
काठमाडौंः आज बसेको राष्ट्रिय सभा बैठकले रसुवा बाढीबारे विशेष प्रस्ताव पारित गरेको छ ।राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्दा सभाले सर्वसम्मत पारित गरेको हो । यही भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको छ ।विशेष प्रस्तावमार्फत राष्ट्रिय सभाले बाढी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरेको छ । घाइतेहरूको निशुःल्क उपचार गराउन आग्रह गरिएको छ । वैज्ञानिक रुपमा शव व्यवस्थापन गर्न भनिएको छ ।भौतिक संरचनाको पुर्ननिर्माणका लागि तहगत सरकारहरूबीच समन्वय गर्न आग्रह गरिएको छ । स्थानीय समुदाय, ना
भोजपुरः नेपाल प्रेस युनियन जिल्ला शाखा भोजपुरको आइतबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले अर्जुन बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।अधिवेशनबाट उपाध्यक्ष (खुला) मा दीपेन्द्र लुइँटेल, महिला उपाध्यक्षमा सरिता सुनुवार, सचिवमा दिवस श्रेष्ठ, सहसचिवमा सुष्मा राई र कोषाध्यक्षमा तारा मोक्तान चयन हुनुभएको छ ।सदस्यहरूमा कविता खड्का, एलिना श्रेष्ठ, सागर बस्नेत, सुजन अधिकारी र मनिता कार्की चयन हुनुभएको छ ।
खोर्सानेः साहित्य, सिर्जनशीलता र युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सुन्दरहरैंचा नगर बाल सञ्जालको आयोजना तथा सिद्धार्थ सेकेन्डरी स्कुल, सुन्दरवाटिका एकेडेमी, क्वेस्ट इङ्ग्लिस स्कुल र हिमालयन इङ्ग्लिस स्कुलको प्रायोजनमा ‘रोजितसँग मनका भावः कविता साँझ’ सम्पन्न भएको छ ।सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यता तथा इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राजीव गिरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कवि रोजित बस्नेतले आफ्ना विभिन्न कविता तथा सिर्जना प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा विद्यार्थी तथा अन्य सहभागीहरूले समेत आफ्ना कविता, भावना, विचार र साहित्यिक सिर्जन
काठमाडौंः भदौ १० गते आएको बाढीले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० मा २० वटाभन्दा बढी शव एउटै घरभित्र एउटै कोठामा फेला परेका छन् । सो घरमा २२ वटा शव देखिएको र हिजो पानी परेको र राति पनि भइसकेका कारणले सबै शव निकाल्न नसकिएको बताइएको छ ।घण्टीघरभन्दा अलिमास्तिको घरमा ड्रोनमार्फत् खोजी गर्दा ती शव फेला परेको बताइएको छ । हिजो ५ वटा शव निकालिएको र बाँकी आज निकालिने प्रहरीले जनाएको छ ।ती शव पहिचान गर्न नसकिने अवस्थामा भएको बताइएको छ ।
भोजपुरः हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् ।परम्परागत अन्नबालीमा सीमित रहेका किसानहरू आम्दानी बढाउने लक्ष्यसहित फलफूल खेतीतर्फ उन्मुख भएका हुन् ।लुङ्गिन क्षेत्रको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त मानिएकाले यहाँ सुन्तला खेतीको विस्तार तीव्र गतिमा भइरहेको छ ।त्यसो त किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले अनुदान तथा प्राविधिक सहयोगका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सुन्तलाका बिरुवा वितरण, बगैँचा व्यवस्थापन तालिम, मलखाद तथा रोग नियन्त्रणसम्बन्धी सहयोगले किसानलाई थप उत्साहित बनाएको गाउँपालिकाको भनाइ छ ।फलफूल खेतीमार्
केराबारीः कतिपय पुस्तकालयमा पुस्तक नपाइने वा पाठक नजाने समस्या भए पनि मोरङको केराबारीमा रहेको राष्ट्रिय पुस्तकालयमा भने त्यस्तो समस्याका बाबजुद पनि पुस्तकालय सञ्चालनमा रहेको छ ।२०२४ सालमा स्थापना भएको सो पुस्तकालयमा हाल ७ हजार भन्दा बढी पुस्तक रहेको पुस्तकालयका अध्यक्ष महाप्रसाद लुइँटेल बताउनुहुन्छ । पुस्तकालय सञ्चालनका लागि एक जना कर्मचारी हुनुहुन्छ । कर्मचारीको खर्च गाउँपालिकाले बेहोर्ने गरेको छ ।केराबारीका विद्यालयमा रहेका पुस्तकालयलाई समेत व्यवस्थित बनाउन नगरपालिकाले हालै तालिम सञ्चालन गरेको थियो । तालिमपछि पुस्तकालयमा नयाँ विधिअनुसार पुस्तक राख्ने तथा लेखकका पुस्तकको अभिलेखीकरण गर्ने कार्
लेटाङः हिरासतमा बसेका थुनुवाको अध्ययनको सहजताका लागि मोरङको इलाका प्रहरी कार्यालयमा पुस्तकालय सञ्चालन गरिएको छ ।हिरासतभित्र पुस्तकालय सञ्चालन गरेर लेटाङ प्रहरीले हिरासतलाई थुनुवा राख्ने स्थानका रूपमा मात्र बुझ्न नहुने सन्देश दिएको हो । प्रहरीले हिरासत बसाइलाई सुधार र पुनस्र्थापनाको अवसरका रूपमा प्रयोग गर्न खोजेको देखिन्छ ।हिरासतभित्र स्थापना गरिएको पुस्तकालयमा विभिन्न विधाका पुस्तकहरू राखिएका छन् । जसले थुनुवाहरुलाई समय सदुपयोग गर्न, मानसिक तनाव घटाउन र सकारात्मक सोच विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।धेरैजसो थुनुवाहरु सामाजिक, आर्थिक वा शैक्षिक कारणले