इटहरी । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र आयोजना हुने विभिन्न सार्वजनिक तथा निजी कार्यक्रमहरूमा डीजे प्रयोग गर्न रोक लगाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा जिल्लाभित्र हुने मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, श्राद्धपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रम तथा अन्य कुनै पनि स्थानमा छुट्टै अनुमति वा सूचना जारी नगरिएको अवस्थामा डीजेको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ ।प्रशासनले सूचना विपरीत डीजे प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
इनरुवाः कप्तानगञ्ज घटनापछि स्थिति अझैसम्म पनि सामान्य नभएकाले जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लास्थित पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा हस्ताक्षरित आदेशअनुसार तोकिएको चार किल्ला र सिमानाभित्र कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाइने भएको हो ।प्रशासनले पूर्वमा पकली चोकदेखि पश्चिममा कोश
काठमाडौंः जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ ।श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।त्यसपछि शवयात्रा सहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने बताइएको छ ।यही साउन ७ गते नेता श्रेष्ठलाई नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीको वरिष्ठ नेता मनोनित गरिएको घोषणा गर्नुभएको थियो ।
सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, नयाँहाट–कसामगञ्ज क्षेत्रमा भएको दुःखद घटनाप्रति भोक्राहा नरसिंह गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव तथा कानुनी व्यवस्था कायम राख्न सार्वजनिक अपिल जारी गरेको छ।गाउँपालिकाले घटनामा ज्यान गुमाएका दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।गाउँपालिकाद्वारा जारी अपिलमा घटनापश्चात विभिन्न स्थानमा देखिएका तनावपूर्ण गतिविधि, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षति तथा सर्वसाधारणमा उत्पन्न त्रासप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख ग
विराटचोकः यही साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘हली’ को प्रचारप्रसार अभियान अन्तर्गत मोरङको सुन्दरहरैँचा–९, विराटचोकस्थित जेसीज भवनमा हिजो एक भव्य कार्यक्रमबीच चलचित्रको प्रचारप्रसार गरिएको छ ।सुदूर पश्चिममा रहेका छाउपडी प्रथामा आधारित सो चलचित्रले देशमा परिवर्तन ल्याउन एउटा हली नै काफी हुन सक्ने सन्देश छोडेको निर्माता जस्मिन श्रेष्ठले बताउनुभयो । जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको संयुक्त आयोजनामा सोमबार झापा र मोरङमा प्रचार कार्यक्रम गरिएको थियो । विराटचोकका स्थानीयले स्वतःस्फूर्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।विराटचोकस्थित इन्द्रपुर जेसीजको
भोजपुरः भोजपुर जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाएको र आफैँ उम्रिएका गाँजाका बोट तथा बेर्ना प्रहरीले नष्ट गरेको छ ।साउन ९ गते इलाका प्रहरी कार्यालय घोडेटार, बोया, बालङ्खा, प्रहरी चौकी हसनपुर, अस्थायी प्रहरी चौकी दुम्माना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प युँ भोजपुरबाट खटिएको संयुक्त टोलीले ती गाँजाका बोट नष्ट गरेको हो ।हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न स्थानका डाँडा पाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेका गाँजाका ४ हजार ५ सय वटा बाटे, बेर्ना तथा नाभो बोटहरू नष्ट गरिएको प्रहरीले जनाएको छ ।
इटहरी । सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका तर लामो समयदेखि विवरण अद्यावधिक नगरेका र जरिवाना तिर्न बाँकी रहेका कम्पनीहरूको जरिवाना र शुल्क मिनाहा गर्ने भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुने जनाएको हो ।कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, आर्थिक विधेयक २०८३ को दफा ४८ को व्यवस्था बमोजिम कम्पनीहरूले कानुनले तोकेको म्यादभित्र विवरण पेश नगरेको वा शुल्क तथा जरिवाना दाखिला नगरेको भए तापनि अहिले निश्चित प्रक्रिया पूरा गरेमा त्यस्ता सबै जरिवाना मिनाहा हुनेछ । जुनसुकै कम्पनी
इटहरीः लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी नेपालको आयोजनामा तथा रिजन–२ को आतिथ्यतामा तालिम सम्पन्न भएको छ ।शनिबार प्रिमियम ग्लोबल स्कुलमा आयोजित प्रशिक्षण कार्यक्रम लियो सदस्यहरूमा नेतृत्व क्षमता तथा जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ ।तालिम कार्यक्रमको अध्यक्षता रिजन–२ चेयरपर्सन अमरदीप पौडेलले गर्नुभएको थियो । कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा लियो डिस्ट्रिक्ट प्रेसिडेन्ट प्रवेश बास्ताकोटी, लियो क्लब चेयरपर्सन निराकार पोखरेल तथा डिस्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लोकेन्द्रप्रसाद ढकालको विशेष उपस
इनरुवाः हिजो राति भएको झडपलाई नियन्त्रणमा लिने क्रममा भएको गोली प्रहारबाट एक जनाको ज्यान गएपछि स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड शुरु गरेपछि नेपाली सेना परिचालन गरिएको हो । अहिले हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ ।हिजो राति ९ बजे दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
काठमाडौंः आजदेखि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्नुभएको हो ।आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्गमा तत्काल सबै सवारीसाधन चल्न अनुमति दिइने छैन । एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै परीक्षणकालमा निःशुल्क सुरुङमार्ग सञ्चालन गर्न दिइनेछ । तीन महिने परीक्षणकाल (ट्रायल ओपनिङ पिरियड) पछि सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्याङ्कन गरेर