धरानः कवि विष्णु वियोगीको कवितासङ्ग्रह ‘किरिच’ माथिको धरानमा विमर्श भएको छ । महेन्द्र बहुमुखी क्याम्पस, धरान नेपाली विभागको आयोजनामा उक्त विमर्श सम्पन्न भएको हो ।सो कृतिमाथि प्रा.डा. भीम खतिवडा र डा. सुभाषचन्द्र न्यौपानेले विमर्श गर्नुभएको थियो । प्रा.डा. खतिवडाले पुस्तकको रचनागर्भका बारेका कुरा गर्दै निकै मिहिनेतका साथ यो कृति बाहिर आएको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्षसमेत रहेका खतिवडाले यस कृतिभित्रका रचनाहरूले सिङ्गो समाजको प्रतिनिधित्व गरेको बताउनुभयो ।विमर्शक न्यौपानेले ‘किरिच’ लाई प्रयोगवादी कृतिका रूपमा चर्चा गर्नुभयो ।कार्यक्रममा निरोज आचार्य, प्रेसिका
इटहरी - सुनसरीको इटहरीमा तमु (गुरुङ) समुदायको महान पर्व म्हां ङी त्हे (माङी पर्व) भव्य रूपमा मनाइएको छ। तमुश्यो हयुल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरीकी अध्यक्ष हेमा तमु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख सगिता कुमारी चौधरी प्रमुख अतिथि रहनुभएको थियो।कार्यक्रममा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ, उपाध्यक्ष केशरमान गुरुङ तथा केन्द्रीय सदस्यहरू दिब्य राज गुरुङ, धिरज गुरुङ र बलिमान गुरुङको सहभागिता रहेको थियो। साथै कोशी प्रदेश अध्यक्ष होम घले, आदिवासी जनजाति महिला महासंघ कोशी प्रदे
हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्दा प्लास्टिक फेला परेको छ ।आज बिहान सवा ५ बजे अस्थायी प्रहरी पोस्ट हटिया मकवानपुरबाट खटिएको मोटरसाइकल गस्ती टोलीले चिसापानीस्थित हेटौंडा–धरान खण्डको बीच सडकमा सेतो कपडाले बेरिएको र बाहिर खतरा लेखिएको शंकास्पद वस्तु फेला पारेको थियो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बीच सडकमा शंकास्पद वस्तु भेटिएपछि डिस्पोजका लागि सेनाको टोली बोलाइएको थियो ।बिहान सवा ८ बजे उक्त वस्तु डिस्पोज गर्दा कार्टुनमा प्लास्टिक मात्रै भेटिएको र सो वस्तु राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी । देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कमजोर काठमाडौं महानगरपालिका भएको छ । सबैभन्दा धेरै अङ्क ल्याउँदै विराटनगर उत्कृष्ट ठहरिएको छ ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्याङ्कनका आधारमा काठमाडौं महानगरपालिकाले ४४ दशमलव ९७ अङ्कमात्र प्राप्त गर्न सकेको छ ।मोरङको विराटनगर महानगरपालिकाले ७८ दशमलव ११ अङ्क पाएर पहिलो स्थानमा छ । दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ । जसले ७६.३३ प्रतिशत अङ्क पाएको छ । तेस्रो स्थानमा चितवनको भरतपुर छ । भरतपुरले ६८.०४ अङ्क पाएको छ ।चौथो स्थानमा रहेको पोखराले ५८.०४ अङ्क पाएको छ । पाँ
विराटनगर: आज बिहान विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ ।बा ८ च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट प्रहरीले ४२० किलो गाँजा बरामद गरेको हो । भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार स्कोरपिओको सिट तथा डिक्कीको भागमा प्लास्टिकले बेरिएको अवस्थामा प्याक गरेर राखेको अवस्थामा ४२० किलो गाँजा बरामद भएको हो ।प्रहरीका अनुसार गाँजा कसले कहाँ लगेको हो भन्ने खुल्न बाँकी छ ।
सुर्खेत । जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ ।बाख्रा चराउन जङ्गल गएका रोकाय भीरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएका थिए । उपचारका क्रममा उनको आज आइतबार नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
इटहरी । आज नेपाली सेना दिवस हो । नेपाली सेनाको समर्पण र बहादुरीको सम्मान गर्ने एक विशेष दिनको रूपमा आजको दिनलाई लिइन्छ ।राष्ट्रिय सार्वभौमिकता र सुरक्षा सुनिश्चित गर्न गरेको नेपाली सेनाले गरेको योगदान र बलिदानको सम्मान गर्ने यो दिन महा शिवरात्रि पर्वका दिन पर्छ ।पहिले सेना दिवस माघ ५ मा राजा पृथ्वीनारायण शाहले वि.स. १८१८ मा गोर्खाली सेना स्थापना गरेको सम्झनामा मनाइन्थ्यो । नेपाल एकीकरणपछि सेना रोयल नेपाली सेनाको रूपमा नामकरण भयो । वि. सं.२०६१ देखि सेना दिवसको उत्सव माघ ५ बाट महाशिवरात्रिमा सारिएको थियो । वि.स. २०६५ मा शाही नेपाली सेनालाई नेपाली सेना नामकरण गरियो ।सेना दिवसको सबैभन्दा ठूलो
इटहरी । आज हिन्दू धर्मावलम्बी महाशिवरात्री पर्व भगवान् शिवको आराधना गरी मनाउँदैछन् । शिवरात्री पर्व हरेक कृष्ण पक्षको चतुर्दशीमा पर्ने भए पनि फागुन कृष्ण पक्षको चतुर्दशीको दिनलाई भने महाशिवरात्री भनिन्छ ।आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी शिवरात्री पर्व मनाइँदैछ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रीलाई पुराणमा वर्णन गरिएको छ ।शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिने गरिन्छ । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास
इटहरी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार कार्यसम्पादन मूल्याङ्कनमा ७ वटै प्रदेश कमजोर देखिएका छन् । कुनै पनि प्रदेशले ५० प्रतिशत अङ्क कटाउन सकेनन् ।प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि अनुसार कार्यसम्पादन सूचक मूल्याङ्कन गरी प्राप्ताङ्क सार्वजनिक गरिएको हो । आयोगका अनुसार यो अङ्कमा चित्त नबुझे आयोगमा आधार र प्रमाणसहित पुनरावलोकनका लागि निवेदन दिन सकिन्छ । यस्तो मूल्याङ्कन आगामी आर्थिक वर्ष २०८३\८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिश गर्दा लिइने आधारमध्ये एक आधारका रूपमा प्रयोग हुन्छ । धेरै अङ्क ल्याउन सरकारले
इटहरी । आज फेब्रुअरी १४ । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे । नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी यो दिवस मनाइँदैछ ।हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ ।युवायुवतीले प्रेमको प्रतीकको रूपमा रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । दिवसको आसपासमा गुलाबको फूलको राम्रो व्यापार हुने गर्दछ । युवा पुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीले प्रेम प्रस्ताव राख्न