समाचार

    Showing ४८१-४९० of ६,००६ items.
  • सुन्दरहरैंचाको सार्वजनिक सुनुवाइ सम्पन्न

    दुलारीः सुन्दरहरैंचा नगरपालिकाको आयोजना तथा सरोकारवाला निकायहरूको सहभागितामा स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाउने उद्देश्यले सुन्दरहरैंचा नगरपालिकामा सार्वजनिक सुनुवाइ गरिएको छ । ।सो सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, कृषि, सामाजिक सुरक्षा तथा अन्य सार्वजनिक सेवासम्बन्धी जिज्ञासा, सुझाव र गुनासाहरू राखेका थिए ।सुनुवाइमा सहभागी नागरिकले उठाएका प्रश्नहरूको जवाफ जनप्रतिनिधि तथा कर्मचारीले दिएका थिए । उनीहरूले नगरपालिकाले सञ्चालन गरिरहेका विकास निर्माणका योजना, सेवा प्रवाहको अवस्था तथा आगामी कार्यक्

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • १८१ पटक पढिएको
  • वातावरण दिवसमा गछिया जेसीज र लाटीझोडा वनद्वारा वृक्षरोपण

    गछियाः विश्व वातावरण दिवसको अवसरमा गछिया जेसीज र लाटीझोडा साझेदारी वनको संयुक्त आयोजनामा वृक्षरोपण सम्पन्न भएको छ ।विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनको सन्देश दिइएको आयोजकले जनाएका छन् । वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लाटीझोडा साझेदारी वनका अध्यक्ष यसोन श्रेष्ठ (मिलन) ले वन तथा वातावरण संरक्षणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।गछिया जेसीजका अध्यक्ष कमल ढुंगाना (कुन्दन) ले विश्व वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।कार्

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २४७ पटक पढिएको
  • एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा

    काठमाडौं  - नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ।तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको चर्चा संगठनभित्र हुन थालेको छ।नेपाल प्रहरीमा हाल जनपदतर्फ आठ एआईजीको दरबन्दी छ। मानवस्रोत विकास विभाग, कार्य विभाग, प्रदेश समन्वय विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राष्ट्रिय प्रहरी

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • २१७ पटक पढिएको
  • इन्द्रपुर जेसीजले गर्याे वातावरण दिवसमा वृक्षरोपण

    विराटचोकः इन्द्रपुर जेसीजले विश्व वातावरण दिवसको अवसर पारेर मोरङको सुन्दरहरैँचा–९ स्थित जेसीज भवन परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम भएको छ ।इन्द्रपुर जेसीज, सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, लायन्स क्लब, पूर्वाञ्चल ल्युुब आयल प्रालि लगायत संघ संस्थाको संयुक्त आयोजनामा इन्द्रपुर जसीज परिसरमा वृक्षारोपण गरी सरसफाइ गरिएको इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेतले बताउनुभयो ।

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • १७१ पटक पढिएको
  • बाटेको धुप, अगरबत्ती र मैनबत्ती बनाउने तालिम शुरु

    गोठगाउँः सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोग र ऊर्जा सामुदायिक विकासको आयोजनामा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा बाटेको धुप, अगरबत्ती तथा मैनबत्ती बनाउने तालिम हिजोदेखि शुरु भएको छ ।१५ दिनसम्म सञ्चालन हुने तालिममा सुन्दरहरैंचाका ३२ जना महिला सहभागी छन् । प्रशिक्षार्थीलाई सुनिता छाराहाङ राईले सहजीकरण गरिरहनुभएको छ । सो तालिमको सुन्दरहरैंचा नगरपालिकाका सामाजिक शाखा प्रमुख गुणनिधि दाहालले हिजो उद्घाटन गर्नुभएको हो ।तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि दाहालले चालु आर्थिक वर्षमा नगरपालिकाले सिटिइभिटीसँग समन्वय गरेर बढी तालिम सञ्चालन गरेको जनाउनुभयो । टेलरिङ, ब्युटी

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १८० पटक पढिएको
  • हालसम्म जारी भएका कानुनको डिजिटल अभिलेखीकरणका लागि कोशीका गाउँपालिकालाई तालिम दिँदै गाउँपालिका राष्ट्रिय महासंघ

    इटहरीः कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थानीय र प्रदेशबाट हालसम्म जारी भएका कानुनको डिजिटल अभिलेखीकरण कार्यसम्बन्धी तालिम इटहरीमा सम्पन्न भएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालसँगको सहकार्यमा कोशी प्रदेशका मोरङ, उदयपुर र सुनसरीका गाउँपालिकाका सम्बन्धित जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिइएको हो ।इटहरीको स्काइ लक्स होटलमा भएको कानुन अभिलेखीकरण प्रणालीसम्बन्धी तालिममा तीन जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सूचना प्रविधि शाखाका प्रमुख तथा कर्मचारीलगायतको उपस्थिति थियो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • २०५ पटक पढिएको
  • प्रसान परियार बने ‘द पोएट आइडल–२०८३’

    बेलबारीः बेलबारी साहित्य विकास समितिले आयोजना गरेको ‘द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारले जित्नुभएको छ ।भगवती मावि बेलबारी–३ मा अध्ययनरत परियारले १० जना प्रतियोगीलाई उछिन्दै उपाधि हात पार्दा भगवती माविकै छात्रा मनु राई दोस्रो, बेलबारी–४ मा रहेको कसेनी माविकी छात्रा दिनिसा कुलुङ राई तेस्रो तथा बेलबारी–१ मा रहेको भानु मेमोरियल स्कुलकी छात्रा कृपा सुवेदीले सान्त्वना पुरस्कार जिते ।विजयी कविहरूलाई नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।विद्यालय तहमै बालबालिकामा साहित्यिक चेतना, सृजनशीलता र अभिव्यक्ति क्षमताको विकास गर्ने उद्देश्यले यस्तो प्रतियोगिताको आयोजना गर्दै आएको

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • २०५ पटक पढिएको
  • श्रीपाली बस्नेतको कोशी प्रदेश अधिवेशनबाट सानु बस्नेत अध्यक्षमा चयन

    इटहरीः श्रीपाली बस्नेत समाज, कोशी प्रदेशको प्रथम अधिवेशनले अधिवक्ता सानु बस्नेतलाई प्रदेश अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।इटहरीमा सम्पन्न प्रदेश अधिवेशनले धनकुटाकी बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा सूर्यकुमार बस्नेत (संखुवासभा), सचिवमा नवीन श्रीपाली बस्नेत (तेह्रथुम), कोषाध्यक्षमा युवराज बस्नेत (सुनसरी), सहसचिवमा ईन्दिरा श्रीपाली (धनकुटा), सहकोषाध्यक्षमा पवित्रा बस्नेत (झापा) चयन हुनुभएको छ ।११ सदस्यीय समाजको सदस्यहरुमा वासुदेव बस्नेत (मोरङ), उमेश बस्नेत (सुनसरी), भरत बस्नेत (धनकुटा), सोभित बस्नेत (सुनसरी) लगायतलाई अधिवेशनले चयन गरेको छ ।श्रीपाली बस्

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • २३५ पटक पढिएको
  • लेटाङमा उद्धार तथा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा

    लेटाङः लेटाङ नगरपालिकामा उद्धार तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । लेटाङ–५ मा निर्माण गरिएको उद्धार तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र नेपाली सेनाको पूर्वी पृतना तालिम शिक्षालयका शिक्षाध्यक्ष सगनजंग कार्कीले संयुक्त रूपमा भवन उद्घाटन गर्नुभएको हो ।विभिन्न विपत् तथा महामारीको समयमा मानिसहरुलाई उद्धार गरी आश्रय दिने उद्देश्यले निर्माण गरिएको उद्धार केन्द्रलाई अन्य समयमा ज्येष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रको रुपमा सञ्चालन गर्ने बताइए

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • १९९ पटक पढिएको
  • पीएलओ ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरको आयोजनामा सामुदायिक सरसफाइ

    विराटचोकः पीएलओ ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरको संयुक्त आयोजनामा सुन्दरहरैँचा नगरपालिका–९ स्थित फुटबल मैदानमा सामुदायिक सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम भएको छ ।सामाजिक उत्तरदायित्व तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै आयोजित कार्यक्रममा फुटबल मैदान र आसपासका क्षेत्रको सरसफाइ गरी वातावरणलाई स्वच्छ, सफा तथा व्यवस्थित बनाइएको थियो । साथै, मैदान परिसरमा रहेका झाडी तथा अनावश्यक वनस्पति हटाई खेलाडीहरूका लागि थप सुरक्षित र सहज खेल वातावरण निर्माण गरिएको आयोजकले जनाएको छ ।कार्यक्रमकै अवसरमा खेलाडीहरूको सुविधा तथा विश्रामलाई ध्यानमा राख्दै मैदानमा सानो ट्रस निर्माण गरी स्थानीय समुदायलाई ह

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • १६६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल