इटहरी । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको हुनाले देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेको छ ।महाशाखका अनुसार आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती, गण्डकी र कर
विराटनगर–७ मा अवस्थित सामाजिक संस्था **‘हाम्रो प्रयास’*को आयोजनामा अर्गानिक नुहाउने साबुन, सर्फ, लिक्विड झोल, फिनेल तथा ह्याण्डवास (हर्पिक) बनाउने एक साताको सीपमूलक तालिम सुरु भएको छ। विराटनगर महानगरपालिकाको सहयोग तथा सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम बैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ।तालिमको उद्घाटन वडा नं. ७ का अध्यक्ष मधु बाबु तिवारीले संस्थाको कार्यालय परिसरमा पञ्चदीप प्रज्वलन गरी एक विशेष कार्यक्रमबीच गरेका हुन्। उद्घाटन समारोहमा उनले सहभागीहरूलाई सीप सिकेर स्वरोजगार बन्न प्रेरित गर्दै भने, “यो तालिम केवल प्रमाणपत्रका लागि मात्र होइन, सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुस्। उत्पादन
धरानः आज सम्पन्न सातौँ अधिवेशनबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समिति संयोजकमा पुनः सरोज श्रेष्ठ चयन हुनुभएको छ ।धरानमा सम्पन्न अधिवेशनले श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवगठित कार्यसमितिको सहसंयोजकमा टेकप्रसाद खनाल, सचिवमा नेत्रबहादुर थापा र कोषाध्यक्षमा हरि थापा चयन हुनुभएको छ । खुला सदस्यहरूमा कृष्णबहादुर कार्की, दुर्गाराम अर्याल, दिनेश निरौला, गोपाल बराल, कुशलराज दाहाल, रुद्रबहादुर बराल, भरत खतिवडा र ओमभक्त मैनाली चयन हुनुभएको छ ।वरिष्ठ सदस्यहरूमा मिलन विश्वकर्मा, हिमाल पाण्डे, विष्णुप्रसाद दुलाल, इन्द्रबहादुर बस्नेत तथा महिल
इटहरी । सूचना जारी गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा कडाइका साथ लागू गर्न निर्देशन दिएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायातलाई कानुन बमोजिमको छुट उपलब्ध गराउन कडा विभागले पत्राचार गरेको हो ।पछिल्लो समय सरकारको ‘हेलो सरकार’ पोर्टल र विभागको ‘गुनासो पेटिका’ मा विद्यार्थीहरूले परिचयपत्र देखाउँदा पनि छुट नपाएको र व्यवसायीले दुव्र्यवहार गरेको भन्दै धेरै गुनासाहरू दर्ता भएका थिए । यसै सन्दर्भमा विभागका निर्देशक गणेशमान सिंह राईले हस्ताक्षर गरेको पत्रमा भनिए
इनरुवाः नेपाल भारत सीमा क्षेत्र सुनसरीको बर्जु गाउँपालिका–३ खरीटोलबाट करिब ८ सय मिटर दक्षिणबाट सशस्त्र प्रहरीले आज बिहान पौने ३ बजे १६० केजी गाँजा बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न व्यक्ति भने फरार हुन सफल भएका छन् ।केही व्यक्तिहरुले टाउकोमा बोकी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी १६० केजी (१२ पोका) तयारी अवस्थामा रहेको गाँजा सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म कप्तानगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नन्दकिशोरप्रसाद महतोको कमाण्डमा खटिएको ५ जना र सशस्त्र प्रहरी बल, नेपाल बिओपी अमडुवाबाट सशस्त्र प्रहर
विराटनगर । विराटनगर महानगरपालिका ले बजार क्षेत्रको अव्यवस्थित फुटपाथ अतिक्रमण अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ। सरोकारवाला निकायसँगको समन्वय बैठकले वैशाख ११ गतेदेखि मुख्य बजार तथा आसपासका क्षेत्रमा कडाइका साथ फुटपाथ व्यवस्थापन लागू गर्ने निर्णय गरेको हो।मेयर नागेश कोइराला को उपस्थितिमा सम्पन्न बैठकले प्रारम्भिक चरणमा दुई दिन माइकिङमार्फत व्यवसायी र सर्वसाधारणलाई सचेत गराउने तथा त्यसपछि पूर्ण रूपमा कार्यान्वयनमा जाने रणनीति तय गरेको छ। महानगरले सडकपेटीमा भइरहेको अव्यवस्थित व्यापार, सटरबाहिर सामग्री राख्ने प्रवृत्ति र ट्राफिक अवरोधलाई लक्षित गर्दै नियम कडाइ गर्ने जनाएको छ।नगर प्रहरी
इटहरी । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा देशका हिमाली भू–भागसहित कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भू–भागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम सफा रहनेछ ।महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी
इटहरी । सुन्दरहरैंचा र बेलबारीका ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको जीवनी अध्ययन गरिएर तयार पारिएको कृति ‘जीवनकथा अग्रजका’ प्रकाशित भएको छ । लेखक तथा अनुसन्धाता केशु विरहीले कृति लेख्नुभएको हो । विरही कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष हुनुहुन्छसो कृति बैशाख १८ गते शुक्रबार बिहान ११ बजे एक विशेष कार्यक्रमका साथ सुकुना बहुमुखी क्याम्पसको सभाहलमा लोकार्पण गरिने प्रकाशक संस्था कोसी साहित्य–कला परिषद्का सचिव नवराज पोखरेल ‘नवशिला’ बताउनुहुन्छ । मोरङका दुई पालिकाका ऐतिहासिक तथा सामाजिक व्यक्तिका विषयमा तयार पारिएको सो कृतिको लोकार्पणमा पनि दुवै पालिकाका सामाजिक तथा सांस्कृतिक व्यक्तिहरूक
पथरीः मोरङको पथरीशनिश्चरे–१ स्थित श्रीकृष्ण प्रणामी गोपीकृष्ण आश्रममा निर्माण हुने ध्यान केन्द्रको शिलान्यास गरिएको छ ।जगतगुरु १०८ कृष्णमणिजी महाराजले ध्यान केन्द्रको शिलान्यास गर्दै दिगो, वातावरणमैत्री र समुदायमैत्री संरचना निर्माणमा जोड दिनुभएको छ ।आश्रमका अनुसार ध्यान केन्द्रले योग, ध्यान तथा सामाजिक गतिविधि सञ्चालनमा सहयोग पुग्नेछ भने स्थानीय स्तरमा सामाजिक सद्भाव र सहकार्यलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।करिब ७४ लाख रुपैयाँ लागत अनुमान गरिएको सो बहुउद्देश्यीय भवनमा सभाहल, प्रतिमा मन्दिर र परिक्रमा पेटी निर्माण गरिने बताइएको छ ।
उर्लाबारीः मोरङको रतुवामाईमा हिजो राति प्रहरीले हवाइ फायर गरी एक जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले हवाई फायर गरेको जनाएको छ । रतुवामाई नगरपालिका–१ हटियाडाँडामा राति करिब ८ः२० बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले हवाइ फायर गरेको जनाइएको छ ।भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकल चालकले प्रहरीलाई देख्नासाथ भाग्ने प्रयास गरेपछि इन्स्पेक्टर कैलाश लिम्बूले चाइनिज पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेका थिए ।हवाई फायरपछि प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको