All Posts By इटहरी खबर सम्वाददाता

    Showing ९१-१०० of ८७८ items.
  • भौतिक र भावनात्मक रूपमा सम्पर्क नभए बुवा स्वीकार्न बाध्य हुन्न :सर्वोच्च अदालत

    काठमाडौँ । सर्वोच्च अदालतले भौतिक र भावनात्मक रूपमा सम्पर्क तथा सम्बन्ध नभएका व्यक्तिलाई बुवाको परिचय दिलाई स्वीकार गर्न कसैलाई पनि बाध्य पार्न नमिल्ने व्याख्या गरेको छ । नेपालको संविधानमा उल्लेखित नागरिकता प्राप्तिको सवालमा बुवा पहिचान नभएको सन्दर्भमा व्याख्या गर्दै सर्वोच्चले पहिचानलाई भौतिक उपस्थिति, वात्सल्य प्रेम र हेरविचार तथा जिम्मेवारीसँग जोडेको छ । कुमारी आमाबाट जन्मिएकी कृष्टिना महर्जनलाई बुवाको ठेगानामा गएर जन्मदर्ता र नागरिकताको प्रक्रिया सुरु गर्न ललितपुरको महालक्ष्मी नगरपालिका–६ ले गरेको दरपिठविरुद्धको रिटमा सर्वोच्चले यस्तो व्याख्या गरेको हो । न्यायाधीशद्वय अनिलकुमार स

    • प्रकाशित मितिः आश्विन ७, २०८०
    • ५६ पटक पढिएको
  • एसियाली खेलकुद महिला क्रिकेट : बंगलादेशलाई हराउँदै भारत फाइनलमा

    काठमाडौँ । भारतीय टोली चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई आठ विकेटको फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो । टस जिती पहिलो ब्याटिङ राजेको बंगलादेशले १७।५ ओभरमा अलआउट हुनुअघि ५१ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले ८।२ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । भारतको जितमा जेमिमाह रोड्रिग्वेजले अविजित २० रनको योगदान गरिन् । सफाली बर्माले पनि १७ रन बनाएकी थिइन् । कप्तान स्मृति मन्धनाले सात र कनिका आहुजाले अविजित एक रन बनाएकी थिइन् । त्यसअघि पहिले ब्याटिङ गर

    • प्रकाशित मितिः आश्विन ७, २०८०
    • ६८ पटक पढिएको
  • तोलामा १०० रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौँ । आज (आईतबार) सुनको मुल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रवार प्रतितोला १ लाख १२ हजार १००  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १०० रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर  १४ सय ३० रुपैयाँ कायम छ । शुक्रबार यसको कारोबार मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम थियो ।

    • प्रकाशित मितिः आश्विन ७, २०८०
    • ४५ पटक पढिएको
  • सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ ।  जिल्ला अदालत काठमाडौँमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो । यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँ सराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेस गरिएको कागजात माग गरेको थियो ।आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो । स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।  यही मुद्दाको कार

    • प्रकाशित मितिः आश्विन ७, २०८०
    • ४२ पटक पढिएको
  • नेपाल र भारतबीच प्रसारण लाइन सहप्रयोग गर्ने सहमति

    काठमाडौं । नेपाल र भारतबिच विद्युत् आदान प्रदानका लागि उपलब्ध विभिन्न अन्तर्देशीय प्रसारण लाइनको प्रयोगका विषयमा दुई देशबिच सहमति भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत ऊर्जा अधिकारीहरू सम्मिलित प्राविधिक टोली (जेटिटी) को १४ औँ संयुक्त बैठकमा यस्तो सहमति जुटेको हो ।यसअघि नेपाल र भारतबिच १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतले लाने सहमति भएको थियो । यो प्रारम्भिक सम्झौता कार्यान्वयनमा लान हाल जुटेको दुई देशीय प्राविधिक समितिको सहमति महìवपूर्ण साबित हुने छ ।सहसचिवस्तरीय उक्त बैठकमा नेपाली पक्षको नेतृत्व नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले गर्नु

    • प्रकाशित मितिः आश्विन ४, २०८०
    • ५१ पटक पढिएको
  • भारतका पूर्वमन्त्रीको घरमा करोडौँको लुटपाट, तीन नेपाली पक्राउ

    एजेन्सी । भारतका पूर्वमन्त्रीको घरमा चोरी गरेको आरोपमा तीन जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय करन बहादुर, २१ वर्षीय सर्जन शाही र ३१ वर्षीय कृष्णबहादुर रहेका छन् । घटनामा डेभिड नाम गरेका अर्का नेपाली फरार रहेको भारतीय प्रहरीले जनाएको छ ।शिरोमनी अकाली दलका पूर्वमन्त्री ८८ वर्षीय जगदीश सिंह ग्राचाको घरमा सोमबार लुटपाट भएको थियो । महाराजा रञ्जितसिंह नगरमा ग्राचासहित उनकी पत्नी, बहिनी र एक महिला कामदार सोमबार आफ्नो निवासमा बेहोस फेला परेका थिए । उनको घरमा काम गर्ने एक नेपाली कामदार फरार रहेका थिए । उनलाई केही महिनाअघि मात्र काममा राखिएको थियो ।लगत्तै लुधियाना प्रहरीले दिल्ल

    • प्रकाशित मितिः आश्विन ४, २०८०
    • ७८ पटक पढिएको
  • शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव

    काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्थामाथि असन्तुष्ट जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले सो विधेयकमा समेटिएको विषयमा छलफलका लागि बोलाएको वार्ता अस्वीकार गरेर शिक्षकहरू आन्दोलित भएका हुन् ।संविधानअनुसार शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिकालाई अस्वीकार गर्दै उनीहरूले सो विषय संसद्बाट संशोधन हुनुपर्ने प्रमुख माग राखेका छन् ।संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शि

    • प्रकाशित मितिः आश्विन ४, २०८०
    • ७४ पटक पढिएको
  • सिन्धुलीमा सर्पले टोकेर ६५ बर्सिया महिलाको मृत्यु

    काठमाडौँ । सर्पको टोकाइबाट सिन्धुलीमा ६५ बर्सिया महिलाको मृत्यु भएको छ । दुधौली नगरपालिका–६ स्थित हर्षाही बस्ने जानुकी माझीको सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । असोज ३ मा सर्पले टोकेपछि उनलाई दुधौली स्थित सर्पदंश अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा  मृत्यु भएको हो । दायाँ हातको औँलामा सर्पले टोकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका  अनुसार  परिवारले शव जिम्मा लिएर दाहसंस्कार गरेका छन् । 

    • प्रकाशित मितिः आश्विन ४, २०८०
    • ३३ पटक पढिएको
  • आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बङ्गालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका अधिकांश भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी  प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशहरूको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।आज राति देशभर आंशिक देखि सा

    • प्रकाशित मितिः आश्विन ४, २०८०
    • ६० पटक पढिएको
  • यू–१९ साफ च्याम्पियनः नेपाल–पाकिस्तान भिड्दै

     काठमाडौं । साफ अन्डर नाइन्टिन च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ।  दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारत आमने–सामने हुनेछन्। नेपाल र पाकिस्तानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ।समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। पाकिस्तानी टोली बुधबार मात्र काठमाडौं आइपुगेको छ। पाकिस्तान पहिलोपटक यो प्रतियोगितामा सहभागी हुन लागेको हो।६ टोली सहभागी प्रतियोगितामा नेपाल रहेको समुहमा माल्दिभ्स र पाकिस्तान छन्।  समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन्। समूहका शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

    • प्रकाशित मितिः आश्विन ४, २०८०
    • ६१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.