All Posts By इटहरी खबर संवाददाता

    Showing ९१-१०० of ३,०९७ items.
  • नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

    सुनसरी - स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ। डच टोलीले ७ विकेट गुमाएर १७४ रन बनाएको लक्ष्य नेपालले ४ विकेट गुमाएर पूरा गर्‍यो। कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए। नेपालका करण केसीले २ विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार र दोस्रो खेलमा स्कटल्यान्डसँग जित निकालेको थियो।

    • प्रकाशित मितिः असार ५, २०८२
    • ५२६ पटक पढिएको
  • भोजपुरमा ‘अखिल आइकन’ वक्तृत्वकला: शिक्षा सुधारमा अनेरास्ववियूको प्रभावकारी पहल

    भोजपुर — अनेरास्ववियू  भोजपुरको आयोजनामा सम्पन्न ‘अखिल आइकन’ मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता शिक्षाको गुणस्तर सुधारमा प्रेरक बन्न पुगेको छ।‘भोजपुरको शिक्षाको अवस्थाः चुनौती र सुधारका उपायहरू’ विषयमा आयोजित प्रतियोगितामा जिल्लाका १९ विद्यालयका ५१ विद्यार्थीले सहभागिता जनाए।प्रतियोगितामा बिद्येश्वर मावि गोगनेकी स्नेहा राई प्रथम, यशोधरा मावि टक्सारकी कोपिला प्रधान द्वितीय, युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमीका संयोग कार्की र अनपूर्ण वागधान रणदिपा मावीका छात्र आविष्कार घिमरे तृतीय भए। विजेताहरूलाई क्रमशः १५ हजार, १० हजार र ५/५हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।कार्यक्रममा व

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • ६८८ पटक पढिएको
  • रतुवामाई नगरपालिकाबाट १ करोड १० लाख रुपैयाँ बराबरको कृषि उपकरण वितरण

    मोरङ — कृषिमा यान्त्रीकरण र आधुनिकीकरण प्रवर्द्धन गर्ने उद्देश्यसहित मोरङको रतुवामाई नगरपालिकाले १ करोड १० लाख रुपैयाँ बराबरको कृषि उपकरण वितरण गरेको छ।बुधबार रतुवामाई–७ मा आयोजित एक समारोहका बीच उक्त उपकरणहरू ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको साझेदारीमा वितरण गरिएका हुन्।कार्यक्रममार्फत नगरपालिकाका १० वटा वडामा रहेका १६० कृषक समूह तथा कृषिफर्महरूलाई विभिन्न कृषि उपकरण प्रदान गरिएको हो। वितरण गरिएका उपकरणहरूमा १५० थान च्यापकट्टर मेसिन, २० थान स्प्रे ट्यांकी, ११२ थान मकै छोडाउने मेसिन र १६५ थान मकै रोप्ने मेसिन समावेश छन्।उपकरण हस्तान्तरण नगरप्रमुख नागेश्वरप्रसाद सिंह र प्रमुख प्रशासकीय अध

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • ३७२ पटक पढिएको
  • नेपाल बनाम नेदरल्याण्ड्स आज लिग-२ भिडन्त, सम्मान जोगाउनैपर्ने खेल

    इटहरी — विश्वकप लिग–२ मा संघर्ष गरिरहेको नेपाली क्रिकेट टिम आज नेदरल्याण्ड्ससँग स्कटल्याण्डको डुनडीमा भिड्दैछ। खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ।सिरिजको पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले हराउँदै आत्मविश्वास बढाएको नेपालका लागि आजको खेल निर्णायक सावित हुन सक्छ। अहिलेसम्म नेपाल र नेदरल्याण्ड्सबीच भएका ५ एकदिवसीय खेलमध्ये नेपालले २ जितेको छ भने ३ खेल नेदरल्याण्ड्सले जितेको छ।१३ खेलबाट ८ अंकसहित नेपाल अंक तालिकाको सातौं स्थानमा छ। नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ। अमेरिका २८ अंकसहित शीर्ष स्थानमा रहेको छ।आज मैदानमा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • ५३१ पटक पढिएको
  • The Black Giant Squirrel’s Remarkable Journey in Sunsari District”

    The black giant squirrel (Ratufa bicolor), the world’s largest squirrel found in Nepal’s forests, is a rare and captivating wildlife species. Recently, it has been spotted at two strikingly different altitudes in Sunsari District—189 meters in Char Kose Jhadi and 1,103 meters in Osho Park, Dharan. This unusual altitudinal range highlights the squirrel’s incredible adaptability, thriving in ecosystems ranging from subtropical Terai to temperate mid-hill forests.A Rare and Unforgettable EncounterIn October 2014, during a birdwatching trip near Char Kose Jhadi Talatalaiya wetland, we were fortuna

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • २,६९५ पटक पढिएको
  • रामप्रसादराई गाउँपालिका शून्य बेरुजु नजिक, सुशासनमा प्रदेशमै अगाडि

    भोजपुर -भोजपुरको रामप्रसादराई गाउँपालिका महालेखा परीक्षकको ६२औं प्रतिवेदन अनुसार ०.१२% मात्र बेरुजु देखिएको छ।कोशी प्रदेशको गाउँपालिकामध्ये सबैभन्दा कम बेरुजु देखिएको यस पालिका देशभर छैठौं स्थानमा छ। एलआईएसए मूल्याङ्कनमा ९३ र वित्तीय जोखिम मूल्याङ्कनमा ८५.५ अंक ल्याउँदै जिल्लामा पहिलो भएको छ।पालिकाले सेवा प्रवाह, पारदर्शिता, न्यायिक समिति, सामाजिक सुरक्षा, शिक्षा, कृषि, पूर्वाधार र जनसहभागितालाई प्राथमिकतामा राख्दै प्रभावकारी प्रशासनिक सुधार गर्दै आएको छ। सुशासन र उत्तरदायिता स्थानीय सरकारको उदाहरणीय अभ्यास बन्न पुगेको छ।

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ७८६ पटक पढिएको
  • सस्तो मूल्यमा बलियो जुत्ता पाइने मेला जेठ ६ सम्म चल्ने

    इटहरी : इटहरीमा जारी जुत्ता चप्पल मेला जेठ ६ गतेसम्म सञ्चालनमा हुने भएको छ ।इटहरीको पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्सको अण्डरग्राउण्डमा चैत २० गतेदेखि मेला सञ्चालनमा आएको हो । नेपाली ब्राण्डका जुत्ता चप्पलहरू ५० प्रतिशत सम्मको छुटमा विक्री भइरहेका छन् । फ्याक्ट्रीबाट सिधै मेलामा ल्याएर विक्री गरिने जुत्ताहरू वारेन्टीका साथ विक्री भइरहेको आयोजना नेपाली जुत्ता घर प्रालिले जनाएको छ ।  नेपाली जुत्तालाई नेपालीको खुट्टामा पुर्‍याउने उद्देश्यले सञ्चालित मेला निक्कै लोकप्रिय भएको छ । बिएफ डियर हिल, सुल्याण्ड, स्मार्ट सुज, फस्ट वाल्क, क्रसरोड, रन सुज लगायत ब्राण्डका जुत्तामा उत्पादकले

    • प्रकाशित मितिः जेठ १, २०८२
    • ५२९ पटक पढिएको
  • शिशिर स्मृति प्रतिष्ठानद्वारा साहित्यिक स्रष्टा सम्मानित

    बर्दिवास - शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बर्दिवासमा आयोजना गरेको विशेष कार्यक्रममा प्रा. डा. सुमन कर्माचार्यलाई “शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान–२०८१” प्रदान गरिएको छ। रु. १५,५५५ राशिको यो सम्मान उनले साहित्य, शिक्षा र समाजसेवामा पुर्‍याएको योगदानका लागि दिइएको हो।३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य शारदा थापा थिइन् भने सभापतित्व प्रेम घिमिरे ‘अग्नि कवच’ले गरेका थिए।कार्यक्रममा भारतबाट आएका लेखक कामरुदिन नदाफले दुई विशेष क्षमता भएका विद्यार्थीलाई जनही रु. ५५५५ सहयोग गरेका थिए भने मिना देवकोटाले सुस्मिता कट्वाललाई रु. २५५५ छात्रवृत्ति प

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ५२५ पटक पढिएको
  • इटहरीको जुक्ता मेलामा ५० प्रतिशत छुट, फ्याक्ट्रीबाट सिधै मेलामा

    इटहरी - इटहरीको पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्सको अण्डरग्राउण्डमा विभिन्न ६ वटा ब्राण्डका जुक्ता विक्री भइरहेका छन् । बिएफ डियर हिल, सुल्याण्ड, स्मार्ट सुज, फस्ट वाल्क, क्रसरोड, रनसुज लगायत ब्राण्डका जुत्तामा उत्पादकले ५० प्रतिशत सम्म छुटमा विक्रीमा राखिएका हुन् । फ्याक्ट्रीबाट सिधै मेलामा ल्याएर विक्री गरिने जुत्ताहरू वारेन्टीका साथ विक्री भइरहेका छन् । नेपाली जुत्तालाई बजारमा पुर्‍याउने उद्देश्यले सञ्चालित मेला विगतका बर्सहरूमा जस्तै देशैभरी चलिरहेको छ । देशैभर विभिन्न सहरहरूमा एकैसाथ मेला लागिरहेकाले जुत्ता उत्पादन कारखानाले उत्पादन र विक्रीलाई सँगसँगै लगेका छन् ।  नेपालमै उत

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • ८२६ पटक पढिएको
  • एरिना समूहले ईटहरीलाई बेस बनाएर १०० विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने

    इटहरी-  देशको सार्वजनिक यातायात प्रणालीलाई हरित र दिगो बनाउने लक्ष्यका साथ, एरिना समूहले ईटहरीलाई केन्द्रीय केन्द्र बनाएर १०० वटा विद्युतीय (ईभी) सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भएको  छ।यो पहल नेपालको पूर्वी क्षेत्रमै पहिलो ठूलो स्तरको ईभी सार्वजनिक यातायात आयोजना हो। एरिना समूहका अनुसार, आधुनिक सुविधासहितका यी गाडीहरूले यात्रुलाई स्वच्छ, शान्त र दिगो यात्रा अनुभव दिनेछन्।समूहका प्रबन्धक समिर कार्कीले बताएका छन्, “हामी जलवायु परिवर्तन विरुद्धको अभियानमा योगदान दिने तथा देशको यातायात प्रणालीलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ अगाडि बढिरहेका छौं।”ईभी सवारी सञ्चालनसँगै चार्जिङ स्ट

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ८३५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल