All Posts By इटहरी खबर संवाददाता

    Showing २,२२१-२,२३० of ३,०८७ items.
  • वेस्ट इन्डिज ‘ए’ आइपुग्यो नेपाल

    इटहरी - नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् ।नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र वेस्ट इन्डिज एबीच शनिबार पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचर ए‌ टोलीमा छन्। वेस्ट इन्डिज टोलीको पहिलो पटक‌ नेपाल भ्रमणमा आएको हो ।नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • ३३२ पटक पढिएको
  • नेपाल हङकङसँग ४ विकेटले पराजित ।

    सुनसरी : एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पनि पराजित भएको छ। तेस्रो स्थानको प्लेअफका लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको हो। जितका लागि नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो। हङकङको जितमा अन्श्या रथले अविजित रहँदै सर्वाधिक ६५ रनको योगदान गरे। बाबर हायातले २६ तथा एजाज खानले १२ रनको योगदान गरे। बलिङतर्फ सोमपाल कामीले ३ तथा दिपेन्द्र सिं ऐरीले २ विकेट हात पारे। त्यसअघि ओमानको अलअमिरात क्रिकेट स्टेडियममा टस जितेर सुरुवाती ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो। निकै धरासायी बनेको नेपालको ब्याटिङलाइन

    • प्रकाशित मितिः वैशाख ८, २०८१
    • ३७४ पटक पढिएको
  • नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य ।

    इटहरी – एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत हङकङलाई नेपालले एक सय ४० रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात मैदानमो टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर एक सय ३९ रन मात्रै बनाउन सक्यो ।नेपालका दीपेन्द्रसिँह ऐरीले अविजित ४४ रन बनाए । यस्तै सन्दीप जोराले २२, रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुल्सन झाले छ, आशिफ शेखले पाँच, करण केसीले तीन र ललित राजवंशीले दुई रन बनाए । हङकङका आयुष शुक्लाले तीन विकेट लिए ।हिजो यूएईसँगको खेलमा पहिलो बलमै आउट भएका कुशल भुर्तेल आज पनि एक रन पनि नजोडी आउट भए । हिजो यूएईसँगको खेलमा पनि नेपालले खराब ब्याटिङ गर्दै जम्मा एक सय २० रनको लक्ष्य दिए

    • प्रकाशित मितिः वैशाख ८, २०८१
    • २६९ पटक पढिएको
  • युएईले टस जित्यो नेपालले पहिला ब्याटिङ गर्दै ।  

    सुनसरी। ओमनमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।ओमनस्थित अलअमरेत क्रिकेट ग्राउन्ड(१ मा युएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।नेपाल समूह ुएु को विजेता र युएई समूह ‘बी’को उपविजेता हो । समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा यूएईले ३ खेलमा जित र एक खेलमा हार बेहोरेको छ । प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • ३७४ पटक पढिएको
  • एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज युएईसँग भिड्दै ।

    इटहरी  । ओमनमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज युएईसँग भिड्दै छ। खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।समूह ‘ए’ को विजेता नेपालले समूह ’बी’ को उपविजेता युएईसँग सेमिफाइनल खेल्न लागेको हो । समूह ’ए’ उपविजेता हङकङले समूह ’बी’ को विजेता ओमनसँग आजै सेमिफाइनल खेल्दैछ ।समूह चरणमा नेपाल र ओमनले चार ओटै खेलमा जित हासिल गरेका छन् । यूएई ३ खेलमा जित र एक खेलमा हार र हङकङ दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • २३८ पटक पढिएको
  • दीपेन्द्र आइसीसी टि-२० अल-राउण्डर वरियतामा ११औं स्थानमा ।

    इटहरी  – नेपाल  राष्ट्रिय क्रिकेट टोलीका अल-राउण्डर दीपेन्द्र सिंह ऐरीले आइसीसी टि-२० अल-राउण्डर वरियतामा ठूलो छलाङ मारेका छन् । दीपेन्द्रले १४ स्थान सुधार गर्दै वरियतामा ११औं स्थानमा पुगेका छन् ।दीपेन्द्र आईसीसी टी–२० को अलराउन्डर वरियतामा एसोसिएट अलराउन्डरको शीर्ष स्थानमा समेत पुगेका छन् । एसोसिएट राष्ट्र मध्य नामिबियाका जेरार्ड एरास्मस १३औं स्थानमा छन् । यसअघि उनी वरियतामा २५औं स्थानमा रहेका थिए । ओमानमा जारी एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरिरहेका दीपेन्द्रले पहिलो दुई खेलमा प्लेयर अफ द म्याच समेत जितेका थिए । यो सँगै उनले कतार विरुद्ध अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रग

    • प्रकाशित मितिः वैशाख ६, २०८१
    • २६५ पटक पढिएको
  • एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र युएई खेल्ने ।

    इटहरी ।एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईसँग खेल्ने भएको छ। बुधबार समुहका अन्तिम चरणका खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।समूह ए को बिजेता नेपालले समुह बी को उपविजेता युएईसँग खेल्दा समुह ए को उपविजेता हङकङले समुह बी को विजेता ओमानसँग खेल्नेछ।समुह ए बाट नेपाल समुह विजेता र हङकङ समुह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन्। समुह बी बाट ओमान समुह विजेता र युएई समुह विजेता बन्दै सेमिफाइनल पुगेका हुन्।नेपाल र ओमान समूहका खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगेका हुन्।युएईले भने कम्बोडियामाथि ९ विकेटको फराकिलो जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो। कुवेत ओमानसँग अन्ति

    • प्रकाशित मितिः वैशाख ५, २०८१
    • ३५६ पटक पढिएको
  • एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरबलाई ६ विकेटले हरायो ।

    इटहरी : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरबलाई ६ विकेटले हराएको छ। साउदी अरेबियाले दिएको  ७४ रनको चुनौती पछ्याउने क्रममा गुलशन झाले सर्वाधिक ३२ रन र  रोहित पौडेलले १६ रन अविजित रहे।  

    • प्रकाशित मितिः वैशाख ५, २०८१
    • २९४ पटक पढिएको
  • आईपीएलमा आज दिल्ली र गुजरात खेल्दै ।

    इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ।अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली जारी सिजनमा कमजोर प्रदर्शन गर्दै आएको छ भने शुभमन गिलको कप्तानीमा रहेको गुजरात मध्यम प्रदर्शन गर्दै आएको छ। हालसम्म दिल्ली र गुजरात दुबैले समान ६÷६ खेल खेलेका छन्। जसमा दिल्लीले २ मा मात्रै जित हात पारेको छ भने गुजरातले ३ खेलमा जित हात पारेको छ। ४ अङ्कका साथ दिल्ली अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा छ भने गुजरात ६ अङ्कका साथ माथिबाट छैटौँ स्थानमा रहेको छ।

    • प्रकाशित मितिः वैशाख ५, २०८१
    • २३३ पटक पढिएको
  • अपराजित रहँदै सेमिफाइनलमा जाने नेपालको लक्ष्य आज साउदी अरबसँग खेल्दै ।

    इटहरी  : ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दैछ। ओमानमा जारी प्रदर्शनमा नेपाल अपराजित रहँदै एक खेल अगावै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो। खेल आज नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ। साविक विजेता नेपाललले आसिफ सेखको एक हजार रन र दीपेन्द्रसिंह ऐरीको ६ छक्का तथा टिमको सन्तुलित प्रदर्शनले विपक्षीलाई दबाबमा राख्दै आइरहेको छ।  आज साउदी अरेबियालाई हराउँदै समूह विजेता बनेर अन्तिम चारमा जाने योजनामा छ।एसीसी प्रिमियर कपको समूह बीमा अप्रत्यासित नतिजा देखिएका छन्। कतारले मलेसियालाई हराएको छ भने साउदी अरेबियाले हङकङविरुद्ध सहज जित हात पारेको

    • प्रकाशित मितिः वैशाख ५, २०८१
    • ३२० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल