काठमाडौं । सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरे पनि केही विषय नमिलेको भन्दै फेरि सच्याइरहेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हतार हतारमा सो विधेयक संघीय संसद्मा पठाउने निर्णय गरेको थियो । तर, विधेयक संसद्मा पठाउने निर्णय भएको चार दिनसम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो विधेयक संसद्मा दर्ता गराउन सकेको छैन ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले विधेयकमा रातारात सच्याउने काम भइरहेको जानकारी दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने– ‘केही महत्वपूर्ण विषयमा राजनीतिक तहमा सहमति ज
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले आरोपितलाई थुनामा राख्न नपर्नुको आधार र कारण देखाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालयले मुलुकी ऐन, २०२० किर्ते कागजको १ र २ को कसुरमा उनीहरूविरुद्ध मुद्दा चलाएको थियो । किर्तेको आरोप प्रमणित हुँदा उनीहरूमाथि बढीमा एक वर्षको सजाय हुन्थ्यो भने सरकारी कर्मचारीलाई अधिकतम दुई वर्षसम्म सजाय गर्न मिल्छ ।न्यायाधीश ढकालको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार आरोपितलाई थुनामा राख्न नपर्ने आदेश दियो । सो दफामा ‘तीन वर्षभन्दा बढी कैद सजाय हुने’ अनुस
काठमाडौं। एसिया कप क्रिकेटमा भारत र पाकिस्तानको खेल आज पनि हुँदैछ ।हिजो वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुन लागेको हो । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ ।कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो । आज भारतले खेल यहीबाट शुरु गर्नेछ ।भारत र पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ राखिएको थियो । आज हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक–एक अङ्क बाँड्नेछन् । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले भने सुपर फोरको पहि
काठमाडौँ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज रा
साथीहरू गाउँमा जन्मे हुर्के । कहिल्यै यसो सरसापट बाहेक खासै ऋणमा भए जस्तो लागेन । युवावस्थामा विदेश गए । कतिले आय आर्जन गरे । कतिले देशमै व्यवसाय वा पेसा गरेर सहर झरे । सहरमा जायजेथा जोडे। त्यति बेला पनि खासै ऋण लगाएनन् । समयले कोल्टे फेर्यो । विभिन्न शीर्षकमा तिनै साथीहरू बेलायत आएर सपरिवार बसेका छन् । अहिले धेरैका कपाल फूलेका छन् । यता दुख्ने र उता दुख्ने लगायत कोलेस्ट्रोल देखि रक्तचाप वा कति लाई त मधुमेह सम्मले पिरोलेको छ । छोराछोरीले नेपाली बुझे पनि बोल्न हिचकिचाउँछन् । नातिनातिनाले नेपाली बुझ्ने कुरो भएन । पारिवारिक भाषा समेत झन्डै अङ्ग्रेजी नै भइसक्यो ।मुस्किलले कहिलेकाहीँ प्रत्यक
काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको जनाएको हो ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १४ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैया
ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ। आर्थिक वर्ष २०७९–८० मा तीन करोड १९ लाख १६ हजार आठ सय रुपैयाँ भेटी संकलन भएको हो।नोट पैसा दुई करोड ८५ लाख ६२ हजार चार सय ९८ रुपैयाँ, सिक्का सटहीबाट आठ लाख १५ हजार छ सय रुपैयाँ, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार चार सय तीन रुपैयाँ र भेटीवापतको भारु १० लाख ८४ हजार तीन सय रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।अघिल्लो आर्थिक वर्षमा दुई करोड १४ लाख रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ ।
इटहरी । नागरिक समाज इटहरीले इटहरी उपमहानगरपालिकाले वृद्धि गरेको करको विरुद्धमा दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।मङ्गलवार नागरिक समाज इटहरीले पत्रकार सम्मेलन मार्फत कर वृद्धि विरुद्धका दबाबमूलक कार्यक्रमहरू भाद्र २० गते देखि चरणबद्ध रूपमा २४ गते सम्म गर्ने घोषणा गरेको हो । २० गते जनप्रतिनिधिहरूलाई कर वृद्धि दर घटाउने एसएमएस पठाउने, २१ गते सामाजिक सञ्जालबाट कर वृद्धिको विरोध पोस्ट गरी सेयर गर्ने, २२ गते इटहरी उपमहानगरपालिकामा मौन धर्ना दिने , २३ गते सरोकारवालाहरूसँग छलफल तथा बृहत् भेला गर्ने र २४ गते नो ट्याक्स घोषणा गर्ने कार्यक्रम तय गरेको छ ।
काठमाडौँ । आज (आईतबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दैै गत शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको जनाएको हो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो ।यससँगै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।
गत दुई दशकको तीव्र विकासले गर्दा भारत अहिले विश्व कै प्रमुख अर्थतन्त्रमा पर्दछ! केही दशकमै एक दुई नम्बरमा पर्ने आँकडा प्रशस्त छन् यदि सही नेतृत्व प्राप्त भइरह्यो भने! तर भारत, चीन, रसिया, ब्राजिल जस्ता देशले अर्थ तन्त्रमा जति नै सुधार गरे पनि हरेक जनता सामु त्यसको सकारात्मक पहुँच हुँदैन किनकि त्यहाँको सामाजिक सुरक्षा पद्धति अझै तेस्रो विश्वका मुलुक सरहको छ !३० वर्ष अघि एक जना पनि बिलिनियर नभएको भारतमा अहिले झन्डै दुई सय जति छन् र यो सङ्ख्या तीव्र रूपमा बढ्दो छ ! यसको विपरीत भारत मै सत्र लाख बढी नागरिक घरबारविहीन छन् । चन्द्र यानको सफलता तिनलाई मतलब छैन । हुन त मध्यम वर्गीय जनता उत्तिकै बढ्दै छ