All Posts By इटहरी खबर संवाददाता

    Showing २,३७१-२,३८० of ३,०८७ items.
  • आज सुनको मूल्य स्थिर

    काठमाडौं । आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको जस्तै एक लाख १० हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदीको प्रतितोला कारोबार मूल्य एक हजार ३९० रुपैयाँ तोकिएको छ । 

    • प्रकाशित मितिः भदौ १, २०८०
    • १३२ पटक पढिएको
  • आज कोशी प्रदेशसभाको बैठक बस्दै

    विराटनगर । कोशी प्रदेशसभाको बैठक  आज (शुक्रबार) दिउँसो १ बजेका लागि बोलाइएको छ ।  बैठकका लागि तीनवटा कार्यसूची निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बाबुराम गौतमले सभामुख पदबाटले दिएको राजीनामा पत्रको जानकारी गराउने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद बिस्तार सम्बन्धी पत्र बाचन गर्ने कार्यसूची छ । यस्तै प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ८१ को उपनियम (१) बमोजिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट क

    • प्रकाशित मितिः भदौ १, २०८०
    • १५६ पटक पढिएको
  • बझाङको खिराताडीमा भूकम्पको धक्का महसूस

    काठमाडौँ । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्पको धक्का महसूस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीवार बेलुका ९ः१३ बजे बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

    • प्रकाशित मितिः भदौ १, २०८०
    • ९६ पटक पढिएको
  • श्रीमानद्वारा धारिलो हतियार प्रहार गरी घाँस काट्दै गरेकी श्रीमतीको हत्या

    बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् । घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको  छ ।

    • प्रकाशित मितिः भदौ १, २०८०
    • २३१ पटक पढिएको
  • इटहरीको टेङ्ग्रा खोला नजिक सङ्खुवासभा मादीकी सिता लिम्बुको शव फेला

    इटहरी ।  इटहरी उपमहानगरपालिका ४ मा सीता लिम्बुको शव बेवारिसे अवस्थामा भेटिएको छ । सङ्खुवासभा जिल्ला मादी नगरपालिकाकी लिम्बुको शव बुधवार राती टेङ्ग्रा खोला नजिक फेला परेको हो ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार स्थायी घर सङ्खुवासभा रहेकी लिम्बू इटहरी ४ मा बसोबास गर्दै आएकी थिइन ।परिवार सहित इटहरी बसेकी उनको शवको पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • १३९ पटक पढिएको
  • धनुषामा साथीमार्फत घुस लिने इन्जिनियर चौधरी नगद र चेकसहित पक्राउ

    जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका एक इन्जिनियर र उनका साथी घुस रकम र चेकसहित पक्राउ परेका छन् ।पक्राउ पर्नेमा इन्जिनियर रमेश कुमार चौधरी र उनको साथी गुरुदेव यादव छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले उनी दुवै जनालाई घुस लिंदैगर्दा पक्राउ गरेको हो ।घुस बापत लिएको एक लाख रुपैयाँ नगद र एक लाख ७५ हजारको चेक बरामद भएको अख्तियार स्रोतले जनाएको छ । वाल निर्माण कार्यको भुक्तानी बापत इन्जिनियर चौधरीले साथीमार्फत घुस लिएलगत्तै पक्राउ परेका हुन् ।पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास लगिएको छ ।

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • १५१ पटक पढिएको
  • सन नेपाल लाइफको आईपीओ आजदेखि

    काठमाडौं । विहीबारदेखि सन नेपाल लाईफको प्राथमिक सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई जारी पूँजी ३ अर्ब २० करोडको ३० प्रतिशत बराबरको सेयर बिक्री खुलाएको हो ।इन्स्योरेन्सले १०० रुपैयाँ अंकित ९६ लाख कित्ता सेयरमा १३९ रुपैयाँ प्रिमिय मूल्य थपेको छ । यससँगै, सर्वसाधारणले कम्पनीको आईपीओ खरिद गर्न प्रतिकित्ता २३९ रुपैयाँ लगानी गर्नुपर्छ । कम्पनीले वैदेशिक रोजगारीमा पुगेका नेपालीहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ ।वैदेशिक रोजगारीमा जानेहरुका लागि सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको हो । सामूहिक लगानी कोषलाई ५ प्रतिशत र

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • १२४ पटक पढिएको
  • पुष्पको ‘निष्ठुरी’मा साक्षी (भिडियोसहित)

    काठमाडौँ । गायक तथा संगीतकार पुष्प गजमेरको ‘निष्ठुरी’ बोलको गीतको भिडियो बजारमा आएको छ । गीतमा शब्द, संगीत समेत गायक पुष्प गजमेरकै छ । चान्द सिंहको एरेन्ज रहेको गीतको भिडियोमा भिडियोमा साक्षी लम्साल र रमेश दियालीको अभिनय देख्न सकिन्छ । साक्षी पछिल्लो समय रुचाइएकी मोडल हुन् । थुप्रै भिडियो अभिनय गरेकी साक्षी यसमा अहिले सम्मकै फरक अबतारमा देखा परेकी छन् । प्रकाश धितालको निर्देशन रहेको भिडियो हिमालयन म्युजिक एकेडेमीले बजारमा ल्याएको हो । प्रवासमा रहेर नेपाली गति गाउदै आएका गायक गजमेरले यसअघि दर्जन बढी गीत बजारमा आएका छन् ।

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • १७४ पटक पढिएको
  • टीकापुर घटना रेशम चौधरीको नेतृत्वमै भएको सर्वोच्चको ठहर

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई सर्वोच्च अदालतले  गम्भीर प्रश्न उठाएको छ ।सर्वोच्च अदालतले बहुचर्चित टीकापुर घटनासम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै त्यसलाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको हो ।सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य स

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • १०९ पटक पढिएको
  • तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो (बुधबार) छापावाल सुनको मूल्य  तोलामा  १ लाख ११ हजार २००  रुपैयाँमा कारोबार  भएको सुनको मूल्य आज (बिहिबार) तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला छापावाल  १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ । हिजो बुधबार तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ६५० रुपैयाँ कायम थियो ।यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ काय

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • १४५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल