काठमाडौँ । भारतमा आज ७७ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । दिवस मनाउनका लागि राजधानी नयाँदिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ १० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो । भारतले हरेक वर्ष अगस्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गर्छ । दिवसको अवसरमा लाल किल्लामा हुने कार्यक्रमलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने तयारी छ ।
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत् १ लाख ९५ हजार ३२७ जनाले सेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् ।यो आईपीओका लागि कुल १३ लाख ६१ हजार १५४ जनाले आवेदन दिएकामा १२ लाख ८३ हजार ५९६ जनाको आवेदन मात्र योग्य ठहरिएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।यस कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको (१९ लाख ८८ हजार २३६ कित्ता) साधारण सेयर बिक्रीमा ल्याएको थियो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि
गुल्मी । अरिङ्गालको टोकाइबाट गुल्मीमा १ जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका –४ का २१ वर्षीय शैलेस सिंह ठकुरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो।सोमबार बेलुका साथीहरुसंग देवीस्थान सामुदायिक वनको जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा अरिङ्गालले टोक्दा ठकुरी घाइते भएका थिए। घाइते ठकुरीको तम्घास अस्पतालमा उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कर्यालय गुल्मीले जनाएको छ ।
काठमाडौँ । अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीको प्रेम र रोमान्सले भरिपूर्ण गीत ‘मेरो कथाको’ सार्वजनिक भएको छ । गीतमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’का विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर छ ।प्रेमील शैलीको गीतमा शब्द गीतकार गोपाल लोहार छ । गीतमा संगीत तथा संगीत संयोजन वरिष्ठ संगीतकार रन्जित गजमेरले गरेका छन् । सुदिप बरालको छायाँकन रहेको गगीतको भिडिया बन्दे प्रसादले सम्पादन गरेका हुन् ।कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा रहेको भिडियो गोलो प्रडक्शनले सार्वजनिक गरेकोछ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालिकानगर शाखाका कल्पना खत्री, कालिकानगर शाखाका प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमडा गौतम तथा दीपक विष्ट ९नागरिक बैंक मुद्दा० रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनका अनुसार पक्राउ परेका ६ जनामध्ये दीपक विष्टलाई काठमाडौंबाट र अन्यलाई रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।
काठमाडौं । सय किलो सुनकाण्ड भनेर प्रख्यात भएको सुन गालेर जोखेर हेर्दा ६० किलो ७ सय ८९ ग्राम मात्र पाइएको छ ।मोटरसाइकलको ‘ब्रेक सु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पगालेर जोख्दा ६० किलो ६ सय ८९ ग्राम फेला परेको हो ।गत ३ साउनमा विमानस्थलबाट जाँच पास भए पनि बरामद भएको सुन करिब १०० किलो रहेको राजस्व अनुसन्धान विभागले अनुमान गरेको थियो । ब्रेक सुमा समिश्रण गरेर ल्याइएको सो सुन अझै पनि शुद्ध गर्दै गाल्न बाँकी रहेकाले अझै तौल केही घट्ने अनुमान गरिएको छ ।६० किलो सुन पनि ब्रेक सु प्याडबाट निकालिएको ढिका सुन मात्र भएको र अझै गाल्न बाँकी नै रहेकाले घट्न
मुगु । मुगु जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुईजना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गापा–७ सिप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन् । त्यस्तै, सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन् ।गमगढी बजार र नेपालगञ्ज जान जिप चढेका पाँचजना हुम्लीमध्ये चार जनाको मृत्यु भएको छ । सोमबार बेल
इटहरी । नव गायिका रीता राउतको नयाँ तीज गीत तीजमै नाचिन्छ, कम्मर भाँचिन्छ सार्वजानिक भएको छ ।सुरेशचन्द्र दाहालको शब्द रचना, राजन क्षेत्रीको संगीत, विनोद बाजरालीको एरेन्ज रहेको गीत पूर्वेली इन्टरटेनमेन्टमार्फत हिजो (आईतबार) सार्वजनिक भएको हो ।वसन्त बस्नेतको निर्देशन, विशाल श्रेष्ठको सम्पादन रहेको उक्त गीतमा रुपा थापाको अभिनय रहेको छ । गीत मोरङको सुन्दरहरैँचास्थित नयाँ वृन्दाबनको गौशालाका विभिन्न स्थानहरूमा छायांकन गरिएको छ ।
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको बैठक भदौ १ गतेका लागि बोलाएको छ । गत असार १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगीत भएको प्रदेशसभाको बैठक भदौं १ गते दिउँसो १ बजेका लागि बोलाएको हो ।तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारबाट माओवादी केन्द्र र जसपा बाहिरिएपछि बजेट अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएका थिए ।विश्वासको मत लिने प्रयोजनका लागि उनले साउन १४ गतेबाट तेस्रो अधिवेशन आह्वान गरेका थिए । पहिलो बैठकमा बजेट अध्यादेश पेस भएको थियो । दोस्रो बैठकमा उनले विश्वासको मत परीक्षण हुँदा विश्वासको मत पाएनन् ।त्यसपछि बनेका मुख्यमन्त्री उद्धव थापाले
काठमाडौँ । गायक तथा संगीतकार किशोर शिवाकोटीको नयाँ गीत ‘इलामैको चिया बगान’ सार्वजनिक भएको छ । गीतमा गायक शिवाकोटीलाई गायिका बानिका प्रधानले स्वरमा साथ दिएकी छन् । सर्वजीत राई र शिव माप्चनको शब्द रहेको गीतमा एरेन्ज पविधन खालिङको छ । गीतको भिडियोमा इलामको सुन्दर दृश्य उतारिएको छ । चिया बगान भित्र हुने सुख दुःखका कथा समेटिएको भिडियो कमल राईले निर्देशन गरेका हुन् । भिडियोमा जंग मगर र नग्मा श्रेष्ठको अभिनय छ । भिडियोमा एक प्रेमीले जोडीको रोमाञ्चक प्रेमकथा पनि बुनिएको छ । भिडियोको छायांकन तथा सम्पादन योगेश दाहालले गरेका हुन् । भिडियोमा जंग र नग्माको अलावा रेनुका हुमागाई, दीपक रा