विराटनगर । विराटनगरबाट सशस्त्र प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डल रहेका छन् । सशस्त्र प्रहरी बल बीओपी रानीको टोलीले विराटनगर–१६ हुलास मेटल चोकबाट उनीहरुलाई मंगलबार दिउँसो ३ बजेतिर पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट तीन किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिएका छन् । प्लाष्टिकमा प्याक गरिएको गाँजा स ९ प ९६०६ नम्बरको मोटरसाइकलमा राखेर भारतको जोगवनी कटाउन खोज्दै गर्दा सशस्त्रले पक्राउ गरेको हो । पक्राउ
काठमाडौं । सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।यस्तै, चाँदीको मूल्य १० रुपैयाँ घटेको छ। आज चाँदी १२ सय ३० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयको भवनबाट खसेर एक छात्रा गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार विद्यालयको तीन तलामाथिबाट खसेर बुधबार बिहान कक्षा १० मा अध्ययनरत १६ वर्षीया युनिका चौधरी घाइते भएकी हुन्। उनी सप्तरीको बोदेवरसाइन गाउँपालिका–३ घर भई सुन्दरहरैँचा–१२ स्थित भोला खतिवडाको घरमा डेरा गरि बस्दै आएकी थिइन् ।विद्यालय भवनको तीन तलामाथिबाट बिहान ६ः१५ बजेतिर आफैँ हामफालेर घाइते भएको जानकारी प्रहरीलाई विद्यालयले दिएको थियो। घाइते छात्रालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा राखिएको छ। खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेक
काठमाडौँ । चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई सङ्क्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमुनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बन्धित रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरूको भनाइ छ ।सङ्क्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन । यो सङ्क्रमणबाट अहिल
काठमाडौं । चलचित्र छायांकार विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । पाण्डेको आज (बुधबार) बिहान गंगालाल अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघले जनाएको छ । घरमा असहज भएपछि उनलाई अस्पताल लगिएको थियो ।उनको पार्थिव शरिरलाई अन्तिम संस्कारका लागि अहिले पशुपति आर्यघाटमा राखिएको छ । अन्तिम श्रद्धान्जलीका लागि हाल आर्यघाटमा फिल्मकर्मी र आफन्त उपस्थित रहेको प्राविधिक संघले जनाएको छ ।नेपाली चलचित्रहरु कागबेनी, स्वर र भुइँमान्छेको छायांकन पाण्डेले गरेका हुन् । हाम्रो टीम, क्वीज मेनिया, फूलको थुंगा, हिमालय फेसन एड्भेन्चरजस्ता टिभी कार्यक्रम र छोटा फिल्ममा समेत उनले काम गरिसकेका छन् ।
काठमाडौं । झापा घर भई वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको छ ।पोल्याण्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका राजवंशीको मृत्युको कारण भने खुलाइएको छैन । उनको शव अन्त्येष्टिको लागि नेपाल ल्याउने अन्तिम तैयारी भइरहेको छ।उनको परिवारलाई सहयोग गर्न एनआरएनए पोल्यान्डको खातामा सहयोग रकम जम्मा गर्न सकिने गैर आवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डले जनाएको छ ।
इटहरी । इटहरीस्थित सुष्मा कलेजमा १२ कक्षामा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छन् । इटहरी ४ स्थित दिदी भिनाजुको घरमा बस्दै आएकी २१ वर्षीया श्रद्धा घिमिरेले सोमबार साँझ आत्महत्या गरेकी हुन् । उनी अध्ययनको लागि दिदी भिनाजुकोमा बस्दै आएकी थिइन् । दिदी भिनाजु बाहिर काममा गएको समय पारेर उनले कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी हुन् । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार ३/४ बजेको समयमा फोन गर्दा फोन रिसिभ नभएको र साँझ ५ बजेतिर कोठा खोल्दा नखोलिएपछि ढोका फोरेर हेर्दा उनी सलको पासो लगाएको अवस्थामा भेटिएकी थिइन् । मृतकको पोस्ट
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ। एमाले नेताहरुले मंगलबार निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन्। दल दर्ताका लागि पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यद्वय डा.राजन भट्टराई र कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य तथा निर्वाचन विभागका उपप्रमुख निरज आचार्य लगायत नेताहरू सहितको टोली निर्वाचन आयोग गएको थियो। प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गराउने नेकपा
संखुवासभा । संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा चैनपुर नगरपालिका–९ पिलुखोलाका २१ वर्षीय दिपक शेर्पा पक्राउ परेका छन् । मादी नगरपालिका–६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।घटनाको विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
मोरङ । प्रहरीले मोरङको रतुवामाई नगरपालिका ४ पैयामारीबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरी चौकी झुर्कियाबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्त तर्फ साइकलमा सवार रहेका दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका ७ का १९ वर्षीय राहुलकुमार शर्मा र मोरङको उर्लाबारी नगरपालिका ७ का २२ वर्षीय युगल लिम्बू रहेका छन् ।उनीहरुलाई चेकजाँच गर्ने क्रममा निषेधित लागूऔषध नाईट्राभेट १६५ ट्याब्लेट र ट्रामाडोल २४५ पत्ता बरामद गरी साइकलसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले