इटहरीः लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी नेपालको आयोजनामा तथा रिजन–२ को आतिथ्यतामा तालिम सम्पन्न भएको छ ।शनिबार प्रिमियम ग्लोबल स्कुलमा आयोजित प्रशिक्षण कार्यक्रम लियो सदस्यहरूमा नेतृत्व क्षमता तथा जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ ।तालिम कार्यक्रमको अध्यक्षता रिजन–२ चेयरपर्सन अमरदीप पौडेलले गर्नुभएको थियो । कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा लियो डिस्ट्रिक्ट प्रेसिडेन्ट प्रवेश बास्ताकोटी, लियो क्लब चेयरपर्सन निराकार पोखरेल तथा डिस्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लोकेन्द्रप्रसाद ढकालको विशेष उपस
इनरुवाः हिजो राति भएको झडपलाई नियन्त्रणमा लिने क्रममा भएको गोली प्रहारबाट एक जनाको ज्यान गएपछि स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड शुरु गरेपछि नेपाली सेना परिचालन गरिएको हो । अहिले हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ ।हिजो राति ९ बजे दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
काठमाडौंः आजदेखि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्नुभएको हो ।आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्गमा तत्काल सबै सवारीसाधन चल्न अनुमति दिइने छैन । एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै परीक्षणकालमा निःशुल्क सुरुङमार्ग सञ्चालन गर्न दिइनेछ । तीन महिने परीक्षणकाल (ट्रायल ओपनिङ पिरियड) पछि सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्याङ्कन गरेर
इटहरी । नेपाली बजारमा आज पनि सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।आज चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
इटहरी । ‘नझरेका फूलहरू’ले आयोजना गरेको ‘झरी र इन्द्रेणी’ शृङ्खलाको दोस्रो शनिबार साउन ९ गते मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० खोर्सानेमा रहेको सृजना क्याफेमा उपस्थित साहित्यानुरागीबीच सर्जक सबि मेवाहाङले एक दर्जन रचना वाचन गर्नुभयो ।तोटक, इन्द्रबज्रा, शिखरिणी, शार्दूलबिक्रीडितलगायतका छन्दमा उहाँले रचना गर्नुभएका कविता सुनेर कार्यक्रममा उपस्थित साहित्यानुरागी मन्त्रमुग्ध भएका देखिन्थे ।कविसँगै बसेर कविता सुनिरहनुभएका सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डा. दीपक न्यौपाने तथा कार्यक्रमका सभाध्यक्ष सर्जक जेबी थुलुङले ध्यान दिएर कविता सुन्
धनकुटाः धनकुटाको तल्लो टुँडिखेल पुनः सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले शनिबारदेखि मैदानको सरसफाइ तथा व्यवस्थापन अभियान थालेसँगै खेलाडी र खेलप्रेमीका लागि मैदान खुलाउने प्रक्रिया अघि बढाइएको हो ।जिल्लाको प्रमुख खेलमैदानका रूपमा रहेको टुँडिखेलमा सशस्त्र प्रहरी, नेपाली सेना, पूर्वखेलाडी, वर्तमान खेलाडी तथा स्थानीयवासीको सहभागितामा सरसफाइ अभियान सञ्चालन भएको हो । मैदानमा बढेको घाँस–झार हटाउने, सतह सफा गर्ने र खेल सञ्चालनका लागि उपयुक्त बनाउने काम भइरहेको जनाइएको छ ।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज चाम्लिङ राईले केही दिन सरसफाइ गरेपछि सामान्य मर्मतसम्भार गरी मैदान खेल गतिविध
इनरुवाः बोलबम गएको समूह र स्थानीयबीच हिजो राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थिति थप भड्किन नदिन स्थानीय प्रशासनले सुनसरीको ५ बजारमा कर्फ्यु आदेश जारी गरेको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गर्नुभएको हो । कर्फ्यु जारी भएका स्थानमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ ।प्रशासनले सुनसरीको दक्षिण क्षेत्रमा पर्ने हरिनगरा बजार क्षेत्र, भुटाहाको बजार क्षेत्र, कप
इटहरी । साउन २२ गतेदेखि देशभरका हलमा नेपाली कथानक चलचित्र ‘हली’ प्रदर्शन हुने भएको छ । हालै सो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त प्रकाश पारेको छ ।महिनावारी हुँदा किशोरीलाई विद्यालय पठाउनु हुँदैन भन्ने भ्रमको कथावस्तु यसमा रहेको बुझिन्छ । छाउपडी प्रथामा २१ दिनसम्म बुवा र छोरा मान्छेको अनुहार हेर्न हुँदैन भन्ने कुसंस्कारको कथा पनि यसमा रहेको निर्माता पूजा गुरुङले बताउनुभयो ।निर्माता जस्मिन श्रेष्ठका अनुसार एउटा हलीले देशको मुहार बदल्न सक्छ भन्ने सन्देश पनि चलचित्रमा छ । देश परिवर्तन गर्नका लागि नेताले भाषण गरेर
इनरुवाः सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडपमा गोली लागेर १ जनाको मृत्यु भएको छ । उनी देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता रहेको प्रहरीले जनाएको छ ।गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा हिजो राति करिब ११ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएका थिए । प्रहरीतर्फ ८ जना घाइते भएका छन् ।प्रत्यक्षदर्शीका अनुसार राति ९ बजे युवाहरूको एक समूह डिजे बजाउँदै
काठमाडौंः त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्नेको नाम केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सार्वजनिक गरेको छ ।साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा शुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको थियो ।सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुर मध्य थिमी–१ मा बस्ने ३३ वर्षीय सन्दीप सिंहको नाम सार्वजनिक गरेको छ ।सो प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले अरु केहीलाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो । तर उनीहरूको संलग्नता नदेखिए