All Posts By इटहरी खबर सम्वाददाता

    Showing १३१-१४० of ८९१ items.
  • ब्राजिलको अमेजनको जङ्गलमा विमान दुर्घटना, १४ जनाको मृत्यु

    काठमाडौँ । ब्राजिलको अमेजनको जङ्गलबीच बार्सेलोस सहरमा शनिवार भएको एक विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।  दुर्घटनाग्रस्त विमान  खराब मौसमका बीच अमेजोनासको मानुसबाट बार्सेलोस जाँदै थियो । अधिकारीका अनुसार भारी वर्षाका कारण विमान ल्यान्ड गर्ने कोसिस गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो ।  दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ । यसमा चालक दलका दुई सदस्यसहित  १२ यात्री थिए जसमा केही पर्यटक रहेको बताइएको छ । समाचार एजेन्सीका अनुसार सबै यात्री ब्राजिलियन मूलका थिए । उनीहरु बार्सेलोसमा स्पोर्ट फिसिङका लागि जाँदै थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • ७५ पटक पढिएको
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलमा समान तीन–तीन रुपैयाँ प्रतिलिटर मूल्य बढाएको हो ।मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय ८३ रुपैयाँ तथा डिजेल मट्टीतेल समान एक सय ७३ रुपैयाँ पुगेको छ । 

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • ३३ पटक पढिएको
  • स्वीजरल्याण्डको हिउँमा अनिलाको ‘बादलसँगै’ (भिडियोसहित)

    काठमाडौँ । गायिका अनिला राईले ‘बादलसँगै’ बोलको आफ्नो गीतको  भिडियो स्वीजरल्याण्डमा छायाँकन गरेकी छन् । उक्त गीतको भिडियोलाई उनले आफ्नै अफिसियल युट्युब च्यानल ‘अनिला राई अफिसियल’ मार्फत हालै सार्वजनिक गरेकी हुन् ।बेलायतलाई कर्मथलो बनाउँदै आएकी अनिला नेपाली गीतसंगीत क्षेत्रमा पनि सक्रिय रहँदै आएकी छन् । हालैका दिनमात्र उनका झण्डै एक दर्जन गीतको भिडियो शृंखलावद्ध रुपमा रिलिज भएको थियो । यसैबेला अनिलाले स्वीजरल्याण्ड घुम्न गएको मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्माण गरेकी हुन् ।गायिका अनिला केही साताअघि परिवारसहित स्वीजरल्याण्ड घुम्न गएकी थिइन् । सोही मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्म

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ६३ पटक पढिएको
  • तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । आज (शुक्रबार) सुनको मुल्य ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहिबार) प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रति तोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ५० पटक पढिएको
  • मादक पदार्थ सेवन गरी छोराद्वारा बुबाको हत्या

    दाङ । मादक पदार्थ खाएका घोराही उपमहानगरपालिका–५  दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले बाबुको हत्या गरेका छन् । सन्तोषले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको प्रहरीले जनाएका छन् ।  प्रहरीका  अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो ।  सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ । 

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ६७ पटक पढिएको
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट ४२ वर्षीया महिलाको मृत्यु

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुर्नेमा बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढा रहेकी छिन् ।  उनको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।  आज बिहान ८ बजेतिर च्याउ टिप्न गएको बेला गैँडाको आक्रमण परेर बेलमतीको घटनास्थलमै मृत्यु भएको हो । ऐरका अनुसार निकुञ्जको टोली अहिले घटनास्थलमा पुगेको छ । मृतक बुढासँगै अन्य दुई महिला पनि आज बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनका अनुसार द

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ४७ पटक पढिएको
  • बालबालिकाका मुद्दा १२० दिनभित्रै टुंग्याउन सर्वोच्चका परमादेश

    काठमाडौं । सर्वोच्च अदालतले बालबालिकाका मुद्दा कानुनअनुसार १२० दिनभित्रै किनारा लगाउन परमादेशको आदेश जारी गरेको छ । बालवालिकाको मुद्दा छिन्न नसक्दा पुर्पक्षमा लागि अनावश्यक रूपमा बाल सुधारगृहमा राख्न थालिएपछि निश्चित समयभित्र मुद्दा टुंगाउन जिल्ला अदालतका नाममा सर्वोच्चले आदेश जारी गरेको हो ।न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बन्दी प्रत्यक्षीकरणसम्बन्धी परेको रिट निवेदनको व्याख्या गर्दै त्यस्तो फैसल गरेको हो । मुद्दा पुर्पक्षका लागि बालसुधार गृह भक्तपुरमा राखिएका १७ वर्षीय बालकसँग सम्बन्धित मुद्दाको फैसला गर्दै सर्वोच्चले यस्तो आदेश

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ३६ पटक पढिएको
  • एसीसी यू—१९ प्रिमियर कप खेल्ने प्रारम्भिक टोलीको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिता बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बिहीबार बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा गरेको हो ।घोषित टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्ब्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा रहेका छन् ।यसैगरी बन्द प्रशिक्षणका लागि घोषित टोलीमा प्रज्ज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादब, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौडेल, अविनाष तिवा

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ३७ पटक पढिएको
  • आज राष्ट्रिय बाल दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदै

    काठमाडौं ।  आज (शुक्रबार) राष्ट्रिय बाल दिवस बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो ।त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।बालबालिकाको हक, हित र बाल अधिकारको शंरक्षण तथा सम्बर्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धीका प्रावधान, राष्ट्रिय एबं अन्तर्राष्ट्रिय प्रतिबध्दता र नेपालको संबिधान र कानूनले प्रत्याभुत गरेका बालबालिकाको हक हितको कार्यान

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • २३ पटक पढिएको
  • झापामा डेंगुका कारण थप एक जनाको मृत्यु

    झापा । झापामा डेंगुका कारण थप एक जनाको मृत्यु भएको छ ।बिर्तामोड नगरपालिका–५ मा डेंगु सङ्क्रमणबाट एक जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।बहालमा बस्ने भारत घर भएकी करिब ३५ वर्षीया महिलाको डेंगुको सङ्क्रमणबाट मृत्यु भएको हो ।डेंगु सङ्क्रमण भएको पुष्टि भएपछि उपचारका लागि भारतको सिलगढी लैजाँदै गर्दा उनको मृत्यु भएको बताइएको छ । यससँगै बिर्तामोडमा डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जनाइएको छ ।झापामा डेंगुका झापामा ६ जनाको मृत्यु भइसकेको छ ।

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ५५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.