All Posts By इटहरी खबर संवाददाता

    Showing २,४३१-२,४४० of ३,०८७ items.
  • ‘ए झरी’को फिमेल भर्सनमा मालाको हट अवतार

    काठमाडौँ । ‘ए झरी’ बोलको गीत कुनै समय लोकप्रिय थियो । युवा श्रोता तथा दर्शकको मनमा बस्न सफल गायक नवीन के भट्टराईको उक्त चर्चित गीत फिमेल भर्सनमा आएको छ । गायक नवीन के भट्टराईले झन्डै डेढ दशकअघि गाएको ‘ए झरी’ गीतलाई पछिल्लो समयकी चर्चित गायिका अमृता लिम्बूले फिमेल भर्सनमा ल्याएकी हुन् ।गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडल पुष्प खड्का र अभिनेत्री तथा मोडल माला लिम्बूले अभिनय गरेका छन् । प्रेम र प्रकृति भावलाई दर्साएको भिडियोमा पुष्प र मालाको केमेस्ट्री दमदार देखिएको छ । ‘ए झरी’ गीतमा सङ्गीत अर्जिनल भर्सनलाई नै राखिएको छ, अर्थात सङ्गीत संयोजनमा कुनै तोडमोड गरिएको छैन । जसमा शम्भुजीत बास्कोट

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १७६ पटक पढिएको
  • सुन तस्करी प्रकरणबारे एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो १२ बजे बस्ने तय भएको हो । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका हुन् । आज प्रतिनिधिसभा बैठक पनि बस्दै छ । त्यसअघि ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । संसद भवन बानेश्वरमा बस्ने बैठकले तस्करीको सुन प्रकरणबारे धारणा बनाउँन बैठक बोलाइएको एक नेताले बताए । प्रतिनिधि सभाको बैठक आजै दिउँसो १ बजे बोलाइएको छ ।  

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १३५ पटक पढिएको
  • रोल्पामा खोलाले बगाएर ५१ वर्षीय पुरुषको मृत्यु

    काठमाडौं । रोल्पामा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ ।रोल्पा गंगादेव ५, बथानका ५१ वर्षीय फौदबहादुर बुढाको ढुङ्ग्रीखोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।लोधचौरस्थित फूलबारी जाने खोलाले बगाएर खोलाको पुर्वीछेउमा रहेको मछाइनोको रुखमुनि अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १०, २०८०
    • ११६ पटक पढिएको
  • प्रताप र रिज्योनाको ‘माइत जाने हो’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । तीज नजिकिँदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यहीबीचमा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेको हो। मित्र केसीले लेखेको गीतमा विष्णु तामाङको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । गीतमा माया प्रेमका प्रेमिल भाव प्रस्तुत गरिएको छ। विजय गुरुङ निर्देशन गरेको भिडियोमा सुबोध श्रेष्ठ, विजय गुरुङ, विना राउत र आभा थापाले नाचेका छन्। उनीहरूको नाचलाई दर्शकले रुचाएका छन्। प्रकाश थापाले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १४६ पटक पढिएको
  • मौसम पूर्वानुमान :आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी  भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।आज राति पनि देशभर आं

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १२५ पटक पढिएको
  • नेपालमा डेंगुका बिरामी चार हजार नाघे, सुनसरीमा मात्र दुई हजार ५००

    काठमाडौं । नेपालमा डेंगुका बिरामी चार हजार नाघेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल चार हजार २८९ जनामा डेंगुका बिरामी छन् । महाशाखाका अनुसार असार ३० गते दुई हजार ९३० जनामा डेंगु सङ्क्रमण भएको थियो । कोशी प्रदेशमा दुई हजार ७५४, बागमती प्रदेशमा सात सय ७६, गण्डकी प्रदेशमा ३४४, सुदूरपश्चिम प्रदेशमा ३१६, लुम्बिनी प्रदेशमा १६६, मधेश प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेंगुका बिरामी रहेका छन्। डेंगु सङ्क्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र तीन हजार ६७१ बिरामी रहेका छन् । सुनसरी दुई हजार ५४२, धादिङ ४०१, क

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १७७ पटक पढिएको
  • सुडानमा हवाई आक्रमण, १६ जनाको मृत्यु

    काठमाडौँ । सुडानका युद्धरत जनरलहरूले गरेको हवाई आक्रमण र तोप आक्रमणबाट मङ्गलबार खार्तुम क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।सुडानमा १०० दिनभन्दा लामो युद्धपछि भएको पछिल्लो बमबारीमा मृत्यु भएकासहित युद्धका कारण देशभर कम्तीमा तीन ९०० जनाको मृत्यु भएको छ ।खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा रहेका सर्वसाधारणका घरमा गोलाबारी हुँदा ‘यस मूर्खतापूर्ण युद्धमा आज १६ जना नागरिकको मृत्यु भएको छ,’ खार्तूमको छिमेकमा रहेर काम गर्ने ‘नेइबरहुड ग्रुप’ले भनेको छ । यो सुडानमा रहेका केही लोकतन्त्र समर्थक ‘प्रतिरोध समितिहरू’ मध्ये एक हो । यसले प्याच इन्टरनेट, भूमि लाइनहरू, वा युद्ध सुरु

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १४८ पटक पढिएको
  • धरानमा जुवा खेलिरहेको अवस्थामा वडाध्यक्ष र शिक्षक सहित ११ जना पक्राउ

     धरान । धरान–१० पुतली लाइन स्थित एक बेकरी क्याफेमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले वडाध्यक्षसहित ११ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भोजपुर जिल्ला आमचोक गाउँपालिका वडा–६ का अध्यक्ष बमबहादुर बस्नेत, लक्ष्मी माध्यमिक विद्यालय पाङ्चाका शिक्षक अशोक राई छन् ।उनीहरूसँगै पक्राउ पर्नेहरूमा राजेन्द्र श्रेष्ठ, अशिष कुमार राई, विपिन गुरुङ, भरत थापा, जस बहादुर राई, कुमार राई, सागर राई, कविराज राई, रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।उनीहरूलाई मङ्गलवार नै म्याद थप गरिएको अनुसन्धान कार्य अघि बढाइएको ब

    • प्रकाशित मितिः साउन १०, २०८०
    • ११८ पटक पढिएको
  • तोलामा २०० रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

    काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख १२ हजारमा कारोबार भएको छापावाल सुन आज तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २ सयले बढेर प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः साउन ९, २०८०
    • १४१ पटक पढिएको
  • प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.४८ विन्दुले बढेको छ । यससँगै सूचक २२०२.९९ विन्दुमा आएको छ । ४ लाख ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको १२ सय ६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २५ पटक कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

    • प्रकाशित मितिः साउन ९, २०८०
    • ११४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल