काठमाडौं । ‘मिसेस तामाङ २०२३’को उपाधि सरिता तामाङले जितेकी छिन् । शुक्रबार काठमाडौंको नाचघरमा सम्पन्न सो प्रतियोगितामा अन्य १२ प्रतिस्पर्धीलाई पछि पार्दै सरिता ‘मिसेस तामाङ २०२३’ बनेकी हुन् ।एसके इन्टरटेनमेन्ट प्रालिद्धारा आयोजित यो प्रतियोगिताले तामाङ महिलाको व्यक्ति विकाशमा महत्वपूर्ण भूमिका खेल्ने कानून, न्याय तथा संघीय मामिला मन्त्री धनराज गुरुङले बताए ।प्रतियोगितामा फष्ट रनर अपको उपाधि दुर्गा तामाङले, सेकेण्ड रनर अपको उपाधि सुस्मिता तामाङले हाँसिल गरे । मिना तामाङ थर्ड रनर अप र मनिषा तामाङ फोर्थ रनर अप घोषित भए ।अन्तिम प्रतिश्पर्धाको निर्णायकहरुमा गायकहरु आनन्द कार्की, विश्व दोंग, रो
काठमाडौँ । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू(भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । सेती खोला हाइड्रोपावर लिमिटेडले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । एक सय रुपियाँ अङ्कित दरका ६० लाख कित्ता साधारण सेयर सर्वसाधारण र आयोजनाबाट प्रभावित भएका स्थानीयका लागि जारी गर्ने भएको छ । सेती खोला हाइड्रोपावरको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी एक अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी ८८ करोड ४६ लाख ४५ हजार रुपैयाँ रहेको छ । सेती खोला हाइड्रोपावर कम्पनी गत असार २९ गते पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । कम्पनीले कास्कीको पोखरामा पाँच अर्बको लागतमा २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आय
एजेन्सी । शरीरलाई सन्तुलित राख्न उचाइअनुसारको तौल आवश्यक पर्छ । धेरै मोटो हुनु र धेरै दुब्लो हुनु दुवै राम्रो होइन । पोषक तत्वको कमीका कारण मानिस दुब्लाउने हुनाले खानपानमा ध्यान दिन जरुरी हुन्छ ।दुब्लोपन हटाउनका लागि खानपानको रुटिन यस्तो बनाउन सकिन्छ : क्यालोरीयुक्त खाना : लन्चमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खानुपर्छ । समयमा खाना खाने गर्नाले पनि तौल सन्तुलित हुन्छ । शारीरिक परिश्रम धेरै गर्ने मानिसलाई बढी क्यालोरीयुक्त खाना आवश्यक हुन्छ । भात, गेडागुडी, दूध, पनिरलगायत डेरीजन्य पदार्थलगायतमा उच्च क्यालोरी हुन्छ । काजु-बदाम : काजु र बदाममा प्रशस्त मात्रामा प्रो
चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो ।साँझ घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शब आज बिहान बाघमारा मध्यवर्ती सामुदायिक वनमा भेटिएको हो । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका ७ लाख ४८ हजार ४०० लाख आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। सोमध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका
रोल्पा । रोल्पामा चट्याङ लागेर एक जना वडा सदस्यको मृत्यु भएको छ ।चट्याङमा परेर मृत्यु हुर्नेमा सुनछहरी गाउँपालिका –३ का दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृतक घर्तीमगर आफ्नो कान्छो भाईको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जनाएको छ ।चट्याङकौ अर्को घटनामा थप २ जना घाइते भएका छन । सुनछहरी गाउँपालिका –२ मा परेको चट्याङमा परेर एक वृद्ध महिला र अर्का बालक समेत घाइते भएका प्रहरीले जनाएको छ ।
काठमाडौँ । भारतको राजस्थानको राजधानी जयपुरमा शुक्रवार बिहान एक घण्टाभित्रै भूकम्पको तीन धक्का महसुस गरिएको छ ।समाचार एजेन्सी पीटीआईका अनुसार बिहान ४ बजेर ९ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो ।त्यसपछि ४ बजेर २२ मिनेटमा दोस्रो र ४ बजेर २५ मिनेटमा तेस्रो झटका महसुस भएको थियो । यी भूकम्पको तीव्रता ३ दशमलव १ देखि ४ दशमलव ४ रेक्टरसम्म रेकर्ड गरिएको छ ।भूकम्पबाट हालसम्म कुनै पनि मानवीय वा धनमालको क्षति नभएको प्रहरीले जनाएको छ ।
काठमाडौं । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर तोलामा १ लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार २५० रुपैयाँमा झरेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिन मूल्यमा १५ रुपैयाँले घट्दै १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनसरी । नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति शेर बहादुर देउवा साउन ६ गते सुनसरी आउने भएको छन् । सभापति शेर बहदुर देउवाको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलन हुने भएको हो । .पी कोइराला ४१ औँ स्मृति दिवसको अवसरमा सुनसरी कांग्रेसले जिल्ला सम्मेलन गर्न लागेको जिल्ला सभापति केदार भण्डारीले जानकारी दिए । पाटी सभापति शेर बहादुर देउवाले महामानव वि।पी कोइरालाको इनरुवा ९ बबियामा रहेको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम सुनसरी कांग्रेसले तय गरेको छ । सभापति देउवाले सोही दिन जिल्लास्थित कार्यकर्ता हरुसँग भेटघाट गर्ने कार्यक्रमसमेत